नेपाली चलचित्रमा पछिल्लो समयमा चलेकी नायिका हुन् स्वस्तिमा खड्का । उनले ‘दुई रुपैयाँ’ चलचित्रमा खेलेपछि दर्शकमाझ लोकप्रिय बनेकी स्वस्तिमाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् ।
पुस्तक
मलाई थुप्रै किताबहरु मन पर्छ । म किताबहरु पढ्न रुचि भएकै कलाकार हुँ जस्तो लाग्छ । मैले पछिल्लो समयमा पढेका केही पुस्तकहरु छन् । एउटा हास्य अभिनेता हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ मलाई एक दम मन परेको किताब हो ।
लेखक
सुबिन भट्टराई लेखनमा मलाई मन पर्ने लेखक हुन् । उहाँका लेखनमा युवापुस्ता पनि लोकप्रिय छन् ।
भेट्न मन लागेको व्यक्ति
मलाई त्यस्तो भेट्न मन लागेको व्यक्ति भन्ने नै छैन । भेट्न मन लाग्ने भनेको मेरो घर परिवार नै हो ।
भेटिरहन मन लाग्ने व्यक्ति
भेटिरहन मन लाग्ने भनेको मेरो निश्चल र मेरो परिवार
नेता
विश्वेश्वरप्रसाद कोइराला मलाई मन पर्ने नेता हुन् । अरू पनि उत्तिकै राम्रा नेताहरु हुनुहुन्छ । सबै प्रिय नै लाग्छ ।
ब्याग
यही भन्ने छैन । आफूलाई सजिलो लाग्ने जुनै पनि ।
घडी
सानो चिटिक्क परेको जुन लगाउँदा सुहाउँछ ।
चस्मा
जुनसुकै होस् तर राम्रो र सुहाउँदिलो ।
सपिङ गर्ने ठाउँ
दरबारमार्ग एरिया हो । विशेष यही भन्ने छैन । मन परेको सामान जहाँ पनि किन्छु ।
हेर्न मन लागिरहने फिल्म
आफैंले खेलेको ‘दुई रुपैया’ । जहाँ मेरो छोटो रोल भए पनि रमाइलो छ ।
अभिनेता
पछिल्लो समयमा सबै राम्रा कलाकारहरु हुनुहुन्छ । सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत, असिम शाह । यही भन्ने छैन एक से एक राम्रा लाग्छन् ।
अभिनेत्री
करिष्मा मानन्धर । सदावहार नायिका भएकाले उहाँ सुन्दर लाग्छ । सधैँ क्युट ।
निर्देशक
निश्चल बस्नेत । उहाँले धेरै सोचेर मात्र काम गर्नु हुन्छ । काम गर्दा सहज तरिकाले कलाकारहरुलाई सिकाउनु हुन्छ । त्यसैले पनि मन पर्छ ।
गायक
सबै सदावहार लाग्छ । सबै उत्तिकै राम्रा हुनुहुन्छ । यही भनेर छुट्टयाउन नि सक्दिन । सबैको आ–आफ्नै गायन शैली छ ।
गायिका
अरुणा लामा, तारादेवी, पछिल्लो समयमा अञ्जु पन्त लगायत थुप्रै हुनुहुन्छ ।
गायक सुन्न मन लागिरहने गीत
‘दुई रुपैयाँ’ फिल्मको मन पर्ने गीत हो । कुटुमा कुटु । जुन गीत म सधैँ गुनगुनाइ रहन्छु । मलाई चिनाउने गीत पनि यही हो ।
कलर
पिंक कलर, ब्लाक कलर मन पर्छ ।
सवारी साधन
काठमाडौंका लागि सजिलो स्कुटर र बाहिरफेर हिँड्नका लागि कार नै राम्रो लाग्छ ।
खाना
दाल भात तरकारी मेरा लागि फेबरेट हुन् । अरु त सधैँ खाने पनि होइन । नेवारी खानाहरु पनि राम्रो लाग्छ ।
ड्रेस
मलाई जुन कन्फर्टेबल लाग्छ । त्यही ड्रेस मन पर्छ । कुर्था सुरुवाललगायत क्याजुअल ड्रेसभन्दा फरक नपर्ला । जे लगायो त्यही मन परेजस्तो लाग्छ ।
पर्व
मलाई तीज, दसैं, तिहार एकदम मन पर्ने चाडपर्व हुन् । टाढा–टाढा गएका आफ्ना आफन्तको जमघट गराउने काम यी चाडपर्वले गराउने भएकाले मलाई मन पर्छ ।
प्रस्तुति : भोला अधिकारी
प्रकाशित: २२ आश्विन २०७५ ०९:०१ सोमबार