अन्य

डरमाथि जित पाउँदा...

भोटेकोशी पुलको प्लेटबाट बन्जी जम्प गर्ने स्टेजमा मस्ष्तिकले परिवार, देवता वा कुनै विचार सोच्न सक्दैन । खाली, मात्र खाली मथिंगल । बन्जी जम्प गर्न सबै चिज त्यागेरै हाम फाल्नुपर्छ । त्यतिबेला केही सम्झने शक्ति हुन्न । बन्जी जम्प गरेको तीन–चार सेकेन्डमा १६० मिटरको पुल छोडेर भोटेकोशीको तीरमा पुग्छौं । टाउको तला, खुटा माथि, यसपछि महसुस हुन्छ ‘म बाँचेछु’ र ठूलो स्वरमा कराइन्छ।

यसपछि खुटामा बाँधेको डोरीलाई बन्जी क्रु (प्राविधिक)ले तीन पटक तल र माथि झट्काउँछन् । पहिलो झट्काईमा आङ सिरिङ हुने नै भयो । दोस्रो झट्काइमा पिङ खेलेको अनूभूति गराउँछ र तेस्रो पटक पनि झट्काइन्छ । यति बेलासम्म टाउको तल, खुटा माथि नै हुन्छ । दुई हात दायाँ बायाँ पैmलाउनुपर्छ भनेर बन्जी क्रु विनोद प्रधानले जानकारी दिइसकेको थिए । आकाशमा चिल उडेझैं भोटेकोशीमाथिको बन्जी जीवनकै साहसिक जीतको खेल हो।

गत शनिबार, द लास्ट रिसोर्टले बन्जी जम्प गर्नका लागि स्पोन्सर गरेको थियो । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री हिसिला यमीले भोटे कोशीमा बन्जी जम्प गरेको तस्बिर र भिडियोले निकै छोएको थियो । यहि तस्बिर र भिडियो हेरेर नै म बन्जी जम्फ गर्न कस्सिएको थिएँ।

बन्जी जम्प गर्ने साहससहित भोटेकोशी पुगेपछि त्यहाँको हावापानी, खोलाको बगाई, भाटेकोशीमा मिसिन झर्दै गरेको झर्नाहरूले पुलकित बनायो । तर, भोटेकाशी र पुलको दूरी हेर्दा मनमा चिसो पसिसकेको थियो । वारिपारि भीरको पहरा, तल भोटेकोशी उर्लेको दृष्य । प्राकृतिक छटा, बन्जी र मानव डरको त्रिकोणात्मक मानसिक द्वन्द्व भइरहेको अवस्थामा मेरो मनले भनिरहेको थियो, ‘बन्जी जम्प गर्नै पर्छ।’

बन्जी जम्प गर्ने साहससहित भोटेकोशी पुगेपछि त्यहाँको हावापानी, खोलाको बगाई, भाटेकोशीमा मिसिन झर्दै गरेको झर्नाहरूले पुलकित बनायो । तर, भोटेकाशी र पुलको दूरी हेर्दा मनमा चिसो पसिसकेको थियो । वारिपारि भीरको पहरा, तल भोटेकोशी उर्लेको दृष्य । प्राकृतिक छटा, बन्जी र मानव डरको त्रिकोणात्मक मानसिक द्वन्द्व भइरहेको अवस्थामा मेरो मनले भनिरहेको थियो, ‘बन्जी जम्प गर्नै पर्छ।’

काठमाडौंबाट सञ्जय हमालको नेतृत्वमा भोटेकोशी पुगेका टोलीलाई बन्जीका प्राविधिक प्रधानले बन्जि जम्फ गर्ने तरिका र यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए । केही साथीले छातिमा हात राख्दै भने, ‘बन्जी जम्प गरेर माथि आउन सकेन भने।’
०००

थ्रि, टु, वान एण्ड बन्जी भनेपछि भोटेकोशी पुलबाट ‘बन्जी जम्प’ गर्नुपर्छ । तर, त्यो आँट मैले गर्न सकिनँ । कसैले भीरको डिलमा लगेर पछाडिबाट धकेलिदियो भने स्वभाविकरूपमा धकेल्ने मान्छेलाई समात्छौं । मैले पनि यसै गरेँ । उहाँ हास्नुभयो, ‘बन्जी भनिसके त, आकाशको चिलझैँ टाढा हेरेर बन्जी जम्प गर्नुस् ।’ मेरो लागि ठूलै ढाडस थियो । दोस्रो पटक फेरि थ्रि, टु, वान एन्ड बन्जी भनेपछि थाहै नपाएर तल झरेछु । र, सम्झै ‘म बाँचेछु’ । तीन सेकेन्डका लागि यो समय डरको भीर भत्काउनैपर्छ । यसपछि शून्य दिमागले प्राकृतिक बन्जीको रोमाञ्चक सागर देख्छ, सागरमा डुबुल्की मादै नुहाउँछ र डोरी समाउँदै तैरिएर फेरि अघिकै पुलको बन्जी प्लेटमा आइपुग्छ । बन्जी प्लेटबाट फेरि तला फर्किएर हेर्दा, डरमाथि जीतको भोटेकोशी सुसाइरहेको आभास हुन्छ। 

हातमा सेल्फ क्यामरा बाँधिएको थियो । बन्जी गरेको एक मिनेटपछि निकै बोलेछु । बन्जी गर्ने धेरैले डराएर हात फैलाउन सक्दैनन् । हात फैलाउन सकेन भने सेल्फ क्यामराले धेरै दृश्य कैद गर्न नपाउने प्राविधिकले जानकारी गरिसकेको थियो । जब जम्प गरेर कोशीमाथि र बगर देखिन्छ, त्यो दृश्य आफैमा प्राकृतिक रोमाञ्चक हुन्छ।

बन्जी जम्पपछिको अनुभूति एउटा पुस्तक नै हो । जहाँ प्रकृतिसँगको खेलमा एउटा सानदार जीत पाएको अनुभूति हुन्छ।

प्रकाशित: २० आश्विन २०७५ ०४:०२ शनिबार

बन्जी_जम्प भोटेकोशी