अन्य

‘विदेश जाने रहर छैन’

रौतहट, गौरका २८ वर्षीय रामप्रवेश साह खेती सकाएर राजधानीमा काम गर्दैछन्। जडीबुटीमा डेरा गरेर बस्ने उनी साइकलमा मुढा, कुचो लगायतका घरायसी सामग्री डुलाएर बेच्छन्। यसैका कमाइ जम्मा गरेर चाडपर्व रमाइलोसँग मनाउने उनको सोच छ।

गाउँमा उनीजस्तै थुप्रै साथीभाई दुवई, कतारलगायतका खाडी मुलुकमा काम गर्छन् । तर, रामप्रवेश भने विदेश नजाने सोचमा छन् । खेतीको सिजनमा खेती र अन्य समयमा यस्तै पार्टटाइम बिजनेस गरेर पैसा कमाउने उनको सोच छ। ‘स्वदेशमा काम गर्दा पैसा पनि हुने, घर परिवार पनि खुसी हुने,’ उनले भने, ‘त्यसैले विदेश जाने रहर छैन।’

प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: ५ आश्विन २०७५ ०५:०४ शुक्रबार

रौतहट उद्यम