पशुपतिनाथ क्षेत्रको गौशलातिरको भागमा एउट हरियाली पार्क छ । देख्दै सुन्दर लाग्ने कृपालु आध्य उड्यान पार्कले पशुपति क्षेत्रमा पुग्नेका ध्यान खिच्छ।
तर, पार्क सञ्चालनमा नआउदाँ धेरैको जिज्ञास छ– कहिले आउला सञ्चालनमा अनि पाइएला पार्कमा रमाउन।
बुधबार पाशुपत क्षेत्रमा भेटिएकी बाग्लुङकी मिना माया मगरको पार्कमा नियलिरहेका थिइन । उनले भन्दै थिईन् ‘कहिले देखि यति राम्रो पार्कमा घुम्न पाईने हो।’
उनको त्यो रहर भने पशुपतिनाथ क्षेत्र विकास कोषले दसैंपछि पुरा गर्ने भएको छ । कोषका सदस्य सचिव डा.प्रदिप ढकालका अनुसार पार्क सर्वसाधरणको लागि दसैंपछि खुला गरिनेछ । पार्कको कम्पाउण्ड र मुल गेट बाहेक सबै भौतिक संरचना तयार भइसकेको छ।
कोषसँगको सहकार्यमा राधा माधव समितिले उक्त पार्कको निर्माण गरेको हो । विश्व सम्पदा सुचिको क्षेत्र भएकाले पुरातात्विक विभागको मापडण्ड अनुसार पार्कको निर्माण गरिएको छ।
करिब सय रोपनी क्षेत्रफलमा निर्मित पार्क प्रवेश शुल्क लिन वा नलिने बारे भने कोषले निर्णय नगरको सदस्य सचिव ढकालले बताए।
राधा माधव समितिका साधक टिका बहादुर बुढाथोकीका अनुुसार पार्कभित्र गोडमेलको लागि १६ जना कर्मचारीहरु राखिएको छ । समिति कोषलाई पार्क हस्ताणतरण गर्न आतुर रहेको बुढाथोकीले बताए।
करिब ५ करोडको लगानीमा बनेको पार्कमा पोखरी, इनार, बुद्धचित्ता रुख, पुल, पलासको फूल, कमलको फूल, गमला, विभिन्न बोट विरुवा, विश्राम स्थल, शौचालय लगायतको सुविधा छ।
बेद तथा झण्डै आधा दर्जन हिन्दु धर्मसँग जोडिएका कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको पार्क विश्वकै पहिलो आधात्मिक पार्क रहेको समितिका रामचन्द्र चौधरीले दाबी गरे। ‘हामीले इन्टरनेटमा खोज्दा यस्तो पार्क कुनै देशमा पनि बनेको पाएनौं,’ उनले भने, ‘बैज्ञानिक ढंगबाट आध्यत्मिक रुपमा बनेको यो पार्क नै पहिलो रहेको अनुमान हाम्रो छ।’
१ करोडको भक्ति स्तम्भ
पार्कभित्र एक करोड लागतमा भक्ति स्तम्भ पनि निर्माण गरिएको छ।
बेद र विभिन्न धार्मिक कथामा आधारित सबै धर्मलाई समेट्ने गरी भक्ति स्तम्भ बनाइएको चौधरीले जानकारी दिए। उनका अनुसार उक्त स्तम्भ शिव लिंगको नामबाट चिनिए पनि सबै धर्मलाई स्तम्भले समेट्न खोजेको छ।
प्रकाशित: ८ भाद्र २०७५ ०६:१९ शुक्रबार