वीरगन्ज नगवाका ३३ बर्षीय बब्लुप्रसाद गुप्ताले घर छाडेर काममा निस्केको १२ बर्षभन्दा बढी भइसक्यो । विभिन्न पहाडी भुभागमा पुगेर विभिन्न प्रकारका काम गरे । अहिले उनी भक्तपुरको जगातीमा खाजा पसल चलाउँदै छन्।
उनको पसलमा माछा, मासु, भुजा पकौडा बन्छ । ग्राहक प्राय भक्तपुर क्षेत्रमा बसेर काम गर्ने तराई क्षेत्रका बासिन्दा हुन्छन् । भक्तपुरका स्थानीयले पनि उनको पसलमा पुग्छन् । उनलाई भक्तपुर राम्रो लाग्छन् । तर भाषाका कारण भने सोचेजति व्यापार नभएको उनी सुनाउँछन्।
‘धेरै मानिसहरु नेवारी भाषा बोल्नु हुन्छ,’उनले भने, ‘मलाई यो भाषा सिक्न निकै मुश्किल परेको छ।’
प्रस्तुतीःउपेन्द्र लामिछाने
प्रकाशित: १ भाद्र २०७५ ०५:२३ शुक्रबार