अन्य

टुटल : यात्रुलाई सेवा, बाइकरलाई आम्दानी

उपत्यकामा अस्तव्यस्त छ, सार्वजनिक यातायात । समयमै गाडी पाइँदैन । हतार भएर कतै जानु छ भने केही समय कुरेपछि यात्रुले भरिभराउ भएको गाडी आउँछ । ठेलमेल गर्दै चढे पनि समयमै गन्तव्यमा पुगिँदैन।

उपत्यकावासीले दैनिक भोग्ने समस्या हुन् यी । यस्तै समस्याबाट आजित हुने वा हतारै हुँदा ट्याक्सी विकल्पमा छ । ट्याक्सी गाडीभन्दा धेरै महँगो पर्ने हुँदा सबैले हायर गर्न सक्दैन् ।यसैको विकल्पमा चर्चित बन्दै गएको छ–टुटल अर्थात् मोटरसाइकल ट्याक्सी । अंग्रेजी शब्द ‘टुटल’ मोबाइल एप्सको नाम हो । यसैमा जोडिएर मोटरसाइकलको पछाडिको सिटलाई उपयोग हुने गरेको छ । यसले बाइकवालालाई आम्दानी दिन्छ । यात्रुलाई सस्तोमा सेवा दिन्छ । अर्कोचाहिँ, ‘सेयरिङ कल्चर’को पनि विकास गर्छ ।

डोटीमा जन्मिएका शिक्षित भट्टले डेढ वर्षअघि टुटल सञ्चालनमा ल्याए । सार्वजनिक यातायातबाट आजित भएका यात्रुको रोजाईमा पर्यो–टुटल । अहिले दैनिक दुई हजार जनाले टुटलको सेवा लिन्छन् । सयौं मोटरसाइकल चालकले पूर्णकालीन रोजगारी पाएका छन् । हजारौं वाइकर टुटुलसँग जोडिएर फुर्सद समयलाई सदुपयोग गर्दै आम्दानीको स्रोत बनाएका छन्।दूरसञ्चार तथा बैंकमा लामो समय काम गरेका इन्जिनियर भट्टलाई केही फरक खालको काम गरौं भन्ने लाग्यो । सुरुमा साझा यातायातलाई ट्याकिङ गर्ने एप्स बनाए । यसपछि उनको आँखा पुग्यो, मोटरसाइकल पछाडि खाली रहेको सिटमा । र, बन्यो टुटल एप्स।

दूरसञ्चार तथा बैंकमा लामो समय काम गरेका इन्जिनियर शिक्षित भट्टलाई केही फरक खालको काम गरौं भन्ने लाग्यो । सुरुमा साझा यातायातलाई ट्याकिङ गर्ने एप्स बनाए । यसपछि उनको आँखा पुग्यो, मोटरसाइकल पछाडि खाली रहेको सिटमा । र, बन्यो टुटल एप्स ।‘मोटरसाइकलमा हुने खाली सिट उपयोग गरेर सेवा दिन सकिन्छ, जस्तो लाग्यो सकिने देखियो,’ उनले भने, ‘सोही अनुसार जनवरी २०१७ बाट टुटल एप्सको सुरु गरेका हौं ।’ सस्तो र छिटो हुने भएपछि टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेको उनले बताए ।
 

‘मोटरसाइकलमा हुने खाली सिट उपयोग गरेर सेवा दिन सकिन्छ, जस्तो लाग्यो सकिने देखियो,’ उनले भने, ‘सोही अनुसार जनवरी २०१७ बाट टुटल एप्सको सुरु गरेका हौं ।’ सस्तो र छिटो हुने भएपछि टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेको उनले बताए ।‘हामीजस्तो हिँड्नुपर्ने मान्छेको लागि टुटल एकदमै राम्रो लाग्यो,’ टुटलका नियमित प्रयोगकर्ता बानेश्वरका रमेश मगरले भने, ‘टुटलको सेवा छिटो र सस्तो छ ।’ उनले दैनिक तीन–चार पटकसम्म टुटलको प्रयोग गर्दै आएका छन् । टुटल प्रयोग गर्दा सार्वजनिक यातायातमा कुरिरहनु नपर्ने समयको बचत हुने र हत्तार हुँदा पनि ट्याक्सीको जस्तो महँगो भाडा तिर्न नपर्ने उनी बताउँछन् ।

टुटलमार्फत् बाइकमा यात्रा गर्दा न्यूनतम ३ किलोमिटरसम्म ६० रूपैयाँ लाग्छ । तीन देखि ६ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपैयाँ र त्योभन्दा बढी भएमा प्रति किमी २५ रूपैयाँ लाग्छ । उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत बाइकरले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । बाइकर र यात्रुले मोबाइल एप्स्मार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै पनि कारोबार गर्न सकिन्छ।

टुटलका धेरै प्रयोगकर्ताचाहिँ दृष्टिविहीन छन् । ‘ट्याक्सी महँगो हुने, सार्वजनिक यातायात डोर टू डोरमा सेवा नहुने,’ उनले भने, ‘त्यसको लागि विकल्प भने टुटल हुने रहेछ । ढोकाबाट ढोकामै पुराइदिने ।’ यसैले गर्दा पनि दृष्टिविहीनले टुटलको सेवा रुचाएको टुटलको अनुमान छ । त्यसैगरी सेवा लिनेमा महिला पनि बढी छन् । महिलाको लागि महिला चालक समेत टुटलले व्यवस्था गरेको छ ।

टुटलमा अहिले ७ हजार बाइकर जोडिइसकेका छन् । झण्डै २५ सय बाइकर भने पूर्णकालीन रोजगार नै बनेका छन् । यसरी पूर्णकालीन रोजगार बन्नेले मसिक ४५ हजार रूपैयाँसम्म कमाउने गरेका छन् । ‘मैले दैनिक २० देखि ५० जनालाई सेवा दिन्छु,’ बाइकर दीपक मानन्धरले भने, ‘मासिक हिसाब गर्दा सरदर ४०÷४५ हजार रूपैयाँ कमाई हुन्छ ।’
पूर्णकालीन बाइकरले मात्रै होइन, आंशिक रूपमा गर्नेले पनि राम्रो कमाई गर्दै आएका छन् । पूर्व सरकारी कर्मचारीदेखि विद्यार्थी समेत छन् । केशव प्याकुरले पूर्व नेपाली सेना हुन् । भ्याएको समयमा उनी टुटलमा जोडिएर यात्रुलाई पुर्याउने काम गर्छन् । ‘टुटलमा जोडिएर दैनिक हजार देखि १२ सयसम्म कमाउने गरेको छु,’ अवकास पाएका नेपाली सेना प्याकुरेलले भने, ‘लगानी पनि धेरै नहुने, यात्रुलाई गन्तव्य पु¥याएर पैसा र धन्यवाद पनि पाइने । यो पेशा धेरै राम्रो लाग्यो ।’

टुटलमार्फत् बाइकमा यात्रा गर्दा न्यूनतम ३ किलोमिटरसम्म ६० रूपैयाँ लाग्छ । तीन देखि ६ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपैयाँ र त्योभन्दा बढी भएमा प्रति किमी २५ रूपैयाँ लाग्छ । उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत बाइकरले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । बाइकर र यात्रुले मोबाइल एप्स्मार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै पनि कारोबार गर्न सकिन्छ ।

उनी जस्तै टुटल पार्टनर अर्थात् बाइकर हुन् चक्र रावल । कलेज पढ्दै गरेका रावलले टुटलमार्फत् बाइकको सेवा दिएर दैनिक हजार हाराहारी कमाउँदै आएको बताए । ‘टुटल रोजगारीको नयाँ अवसर पनि हो,’ टुटलका परिकल्पनाकार भट्टले भने, ‘जसले सानो लगानीबाट फुर्सदको समय सदुपयोग गरेर आम्दानी गरिरहेका छन् ।’ टुटल यातायात कम्पनी नभएर प्रविधिको सहायताबाट गरिएको नयाँ सोचको व्यवसाय रहेको उनले बताए।

कसरी लिने टुटल सेवा

‘टुटल एउटा एप्स हो । यो सेवा प्रयोग गर्न स्मार्ट फोनमा ‘टुटल एप्स डाउनलोड गर्नुपर्छ । त्यसमा आफ्नो मोबाइल नम्बरलाई युजर नेम बनाएर खाता खोलिसकेपछि चाहेको स्थानमा ‘टुटलमा रजिस्टर भएका बाइकको सेवा लिन सकिन्छ ।एप्समा आफू रहेको र पुग्ने ठाउँ उल्लेख गरेर ‘बुक गरेको छोटो समयमै त्यस स्थानमा उपलब्ध टुटल पार्टनर अर्थात् बाइकरले सम्पर्क गर्छन् । आफूलाई कति समयपछि सेवा चाहिएको हो, त्यही अनुसार पनि बुक गर्न सकिन्छ । एप्समा पुग्ने स्थानसम्मको दूरी, त्यसका लागि लाग्ने रकम पनि उल्लेख हुन्छ ।

यात्रुले टुटल र बाइकरले टुटल पार्टनर एप्स टुटलमार्फत सेवा दिन वा लिनको लागि छुट्टाछुट्टै एप्स डाउनलोड गर्नुपर्छ । यात्रुको लागि टुटल एप्स छ भने बाइक हुने बाइकरले सेवा दिएर आम्दानी गर्न चाहेमा टुटल पार्टनर एप्स डाउनलोड गर्नपर्छ । यसरी बाइकरले खाता खोल्दा लाइसेन्स नम्बर र त्यसको तस्बिर अपलोड गर्नुपर्छ ।

बाइक हुनेले टुटल पार्टनर एप्स डाउनलोड गरेर पूर्णकालीन वा आंशिक समय टुटलको सेवामा दिन सकिन्छ । एप्समा यात्रुले गरेको अनुरोध आउँछ । उक्त अनुरोध स्विकार गरेर सेवा दिन सकिन्छ । कार्यालय समयपछि आफूलाई पायक पर्ने ठाउँमा पनि सेवा दिन सकिन्छ । यसको लागि सोही अनुसार यात्रुले एप्समा उपलब्ध भएको अनुरोधलाई स्वीकार गरेर जानुपर्छ । यसरी कार्यालयबाट फर्कदाको समयमा टुटल दिँदा सेवा पनि हुने तथा पेट्रोल खर्च उठ्छ ।

प्रकाशित: १८ श्रावण २०७५ ०३:४८ शुक्रबार

टुटल यात्रुलाई सेवा बाइकरलाई आम्दानी