अन्य

पत्रकारिताका भोगाइ र अनुभूतिको संगालो

वरिष्ठ पत्रकार होमनाथ दाहालको भनाइ सापटी लिएर भन्ने हो भने पुरुषोत्तम दाहालद्वारा लिखित पुस्तक ‘मेरो पत्रकारिता’मा चार दशक लामो पत्रकारिता क्षेत्रमा भोगेका र देखेका तिता मिठा प्रवृति र पात्र समेटिएका छन् ।

जतिबेला उनी पत्रकारितामा प्रवेश गरे, त्यतिबेलादेखि उनले देखेका र भोगेका प्रवृत्ति लेखेका छन्।हरेक मानिसका आ–आफ्नै दृष्टिकोण हुन्छन् । सायद त्यसैकारणले होला एउटा चित्रकारले चित्रको बयानमा भिन्नता देखेको । यो तर्क पुस्तकको सन्दर्भमा पनि लाग्न सक्छ । 

कारण– पुस्तक हेरेपछि त्यसबारे प्रतिक्रिया हरेकमा भिन्नता पाइन्छ । यसो हेर्दा पुस्तक आफूमा अमूर्त हुन सक्छ कि सक्दैन भन्ने मनमा प्रश्न उठ्न सक्छ । सायद, पुस्तक जस्तो चिज अमूर्त हुन सक्दैन । किनभने त्यसमा उठाउन खोजिएको कुरा स्पष्ट र खुलस्त पारिएको हुन्छ । पुस्तकमा दाहालले आफ्ना भोगाइ र अनुभूति खुलस्त पारेका छन् । वा भनौं इमान्दारपूर्वक व्यक्त गरेका छन् ।  उनले करिब चार दशक पत्रकारितामा खर्चिएका छन् । उनको परिचय यतिमै सीमित छैन, मानवअधिकारकर्मी, साहित्यकार र राजनीतिज्ञको परिचय पनि पाएका छन् ।पुस्तकमा उनले पत्रकारिता सुरु गरेदेखि अहिलेसम्मका भोगाइबारे उल्लेख गरेका छन्।

ओखलढुङगास्थित विगुटार–७ बाट काठमाडौँको कंक्रिट जंगलमा प्रवेश गर्दाको अवस्थामा अवस्थामा उनको आर्थिक अवस्था र जीवन जिउने क्रममा अति संघर्ष गर्नुप¥र्याे । त्यसको विस्तृत व्याख्या पुस्तकमा भयो÷भएन, दाहाल नै जानुन् । तर, जति गरे त्यसले पनि उनीप्रति सहानुभूति र सम्मानको भाव जगाउँछ । यसको कारण हो– उनको अविचलित मानसिकता । आज उनको जुन पहिचान छ त्यसका लागि यो संघर्ष सम्मनवत आवश्यक थियो । कंक्रिटको जंगल उनको आधारमा शिविर थियो।

सायद, यो अवस्थाको उल्लेख पनि पत्रकारिताको प्रवेशको भूमिकाका लागि आवश्यक थियो । वस्तवमा त्यो सत्य पनि हो । उनको पत्रकारिताको प्रारम्भ रोजगारीका लागि भएको थियो । समयले त्यसलाई पत्रकारितामा समादित ग¥यो । र, त्यसले व्यावसायिक रूप लियो । त्यहि व्यावसायले उनलाई मानवअधिकारकर्मी, राजनीतिज्ञ र साहित्यकारसमेत बनायो । त्यसका लागि चार व्यक्तित्व तुलसीप्रसाद भट्टराई, चन्द्रलाल झा, होमनाथ दाहाल र किशोर नेपाल समेत आभारका पात्र रहेका छन्।

जीवनमा असफल बाँच्नेहरू एकदिन सफल भएर मर्छन् । र, सफल भएर बाँच्नेहरू असफल भएर मरेका छन् । प्रश्न सफल र असफलको आधारमा के हुन् केलाउनु मात्र हो । सफलताको तात्पर्य सम्मानसँग जोड्ने हो भने माथिका सबै भनाइहरूको अर्थ अन्य रूपमा खोज्नुपर्ने हुन्छ । होइन भने यसलाई हेर्ने दृष्टिकोणमा पनि परिर्वतन ल्याउनुपर्ने हुन्छ  । दाहालका सन्दर्भमा पनि सफलता र असफलताको यही आँकलन उचित होला । उनको प्रारम्भलाई हेर्नेले उनको वर्तमानलाई सफल भन्नै पर्छ।  

भनिन्छ– कि पढेर जानिन्छ कि परेर । उनी परेर जानिएका पत्रकार हुन् । उनी आफै पनि यी कुरा स्वीकार्छन् । पत्रकारिताका लागि आवश्यक शैक्षिक योग्यताको उनमा कमी नरहेता पनि यसप्रतिका दृष्टिकोणमा उनले यसको आदर्श पक्षलाई विशेषरूपमा आत्मसाथ गरेका छन् । तसर्थ पत्रकारिताको जीवनमा खतरनाक स्थिति आइपर्दा पनि उनी विचलित भएनन् । न त कुनै प्रलोभनलाई स्वीकारे।

पुस्तकमा पत्रकारिताको कतिपय उदेकलाग्दा प्रसंगलाई मात्र समेटिएको छैन, यसमा राजाको विगत र उसको प्रजातन्त्रप्रतिको अनिष्ठ कम्युनिष्ठहरू दरवार र भारतबाट सञ्चालित भन्ने कुरा पनि उजागर गरिएको छ ।
 

‘नेपाल टाइम्स’बाट पत्रकारिता सुरु गरेका दाहालले ‘देशान्तर’, ‘नेपालवाणी’, र ‘राजधानी’ दैनिकबाट धेरै अनुभवहरू संगाले । उनलाई पत्रकारका रूपमा माथि उठायो– रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम र ‘राजधानी’ दैनिकले । पुस्तकमा सवै पत्रिकामा रहेर कार्य गरेको र त्यहाँका भोगाइबारे उल्लेख भए पनि रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम र ‘राजधानी’ दैनिकबाट चेलाबाट गुरुका रूपमा स्थापित भएको महसुस गर्न सकिन्छ।

पुस्तकमा पत्रकारिताको कतिपय उदेकलाग्दा प्रसंगलाई मात्र समेटिएको छैन, यसमा राजाको विगत र उसको प्रजातन्त्रप्रतिको अनिष्ठ कम्युनिष्ठहरू दरवार र भारतबाट सञ्चालित भन्ने कुरा पनि उजागर गरिएको छ । प्रजातन्त्रप्रतिको आन्दोलन, सायागृह नेपाली कांग्रेसभित्रको विग्रह, मदन भण्डारी गुप्तवास बस्दा अंचलाधीशकहाँ पुग्थे भन्ने जिज्ञासाले पुस्तकलाई रोचक मात्र बनाएको छैन,  तत्कालीन समयको राजनीतिक, आर्थिक र सामाजिक अवस्था बुझन सहयोग पुर्याएको छ।

अन्तमा पत्रकार दाहालको समग्र जीवन र उनले आत्मासाथ गरेको व्यावसायप्रति आफ्नो दृष्टिकोण राख्नुपर्दा वरिष्ठ पत्रकार किशोर नेपालको अराजकतावादी विचारका पक्षमा  सहमत जनाउँदै दाहालमा पनि त्यसको गहिरो प्रभाव रहेको अनुभूत हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

प्रकाशित: ३० असार २०७५ ०३:०१ शनिबार

पत्रकारिताका भोगाइ अनुभूतिको संगालो