अन्य

उपयोगी घरेलु सर्वत

असारको समय छ, कुन समय पानी पर्छ, कुन समय घाम लाग्छ कुनै भर नै हुदैन् । खाने कुरा खादा पानी परेको समयमा अघि पछि भन्दा बिशेष ध्यान दिनु पर्ने डा. अरुणा उप्रेती बताउँछिन् ।

उनी भन्छिन्, ‘मौसम चिसो भएपनि शरिरमा भने पानीको कमी भइरहेको हुन्छ । पानीको कमीले शरिरमा बिभिन्न समस्या उत्पन्न हुन सक्ने हुनाले बिशेष ध्यान दिनु आवश्यक पर्ने उनी बताउँछिन् ।

गर्मीको मौसममा बाहिर पाइने पिय पदार्थ भन्दा घरमा नै बनाएको पिय पदार्थ पिउनु उपयुक्त मानीन्छ । गर्मीमा पानीको कमीले शरिरमा बिभिन्न प्रकारका रोग लाग्न सक्ने उप्रेती बताउछिन् । उनी भन्छिन्, ‘अधिकाशं शरिरमा रोग लाग्ने कारण पानीको कमीले गर्दा हुने गछ, शरिरलाइ आवश्यक पियपदार्थ (पानी) पिउने हो भने निरोगी हुन सकिन्छ ।’पानी बाट बिभिन्न प्रकारका सर्वत घरमा नै बनाउन सकिन्छ । नेपाली घरमा सहजै उपलब्ध गर्न सकिने विभिन्न प्रकारका फलफुल, अन्य परिकारको प्रयोग गरेर सर्वत बनाउन सकिन्छ ।

स्वस्थ्यकर जिवन यापन गर्नको लागि प्रयाप्त मात्रामा पानी पिउने, शारीरिक व्यायाम, सन्तुलित भोजन, आवश्यक आराम, निद्राको सन्तुलन मिलाउनु पर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउछिन् । अचेल शहरका मानीस कामबाट शारिरीक थकान मात्र नभएर, मानसिक तनाबले ग्रिजीरएको देख्न सकिन्न्छ । उनी भन्छिन्, ‘ खानाको सम्बन्ध मुख संग मात्र हुदैन, तन र मनको सम्बन्ध हुन्छ, भावना संग जोडिएको हुनाले खानेकुरामा लापरवाहि गर्नु हुदैन ।’

गर्मी मौसममा खाने कुरामा जती सतर्क हुनु पर्छ, पिउने पदार्थमा पनि निकै सर्तक हुनु पर्छ ।  शरिरको ८० प्रतिशत पानीको आवश्यक हुने भएकाले खानामा भन्दा पानी पिउने बिषयमा बिशेष ध्यान दिनु पर्छ । असारको महिना मौसम परिवर्तन हुने ठेगान नहुने हुनाले निकै सतर्क हुन आवश्यक हुन्छ ।

जहाँ पायो त्यहि जथाभावी खाने कुरा खानाले, बाहिरको पियपदार्थ पिउनुले नै यो मौसममा शरीरमा बिभिन्न प्रकारका रोगले समस्या उत्पन्न हुने चिकित्सक बताउँछन् । मौसम अनुसारको फलफुल, तरकारी र घरमा बनाउन सकिने सर्वतको प्रयोग गनुपर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउछिन् । उनी भन्छिन्, ‘हामी प्राय घरमा भन्दा बाहिर काममा व्यस्त हुन्छौ, तसर्थ खानपानको समयको तालमेल मिलेको हुदैन त्यस्कारण छिट्टै शारिरीक एवम मानसिक थकान महशुष हुन्छ, कमजोरी महशुष हुन्छ तसर्थ खाने र पिउने समय मिलाउनु अति आवश्यक हुन्छ।’

हामीले बहिर आने खानाका परिकार दूषित, बासी छ की भन्ने कुरामा जती सचेत हुन्छौ पिउने पानीमा पनि उतिनै सचेत हुनु पर्छ । हरेक मौसममा मौसम अनुसारको फलफुल, तरकारी, खानु पर्ने देखिए पनि पानी भने सदाबहार शुद्ध नै पिउनु पर्ने हुन्छ ।

गर्मी मौसममा दूष्ति पानी कै कारण झाडा पखाला, हैजा, आउ, टाइफाइ लगाएतका खतरकाक रोगको बिगिबिगि हुने उनी बताउछिन् । उनी भन्छिन्, ‘ गर्मी मौसममा तिर्खा मेटाउनका लागि बिभिन्न केमिकलले बनाएका पिय पदार्थ, सर्वत, लस्सि लगायत थरी थरीका पियपदार्थ खाने गर्छौ जुन स्वाश्थ्यको लागि बिष बराबर हुनसक्छ ।’

परिवार सगै लिएर बाहिर खानपानको लागि जाने चलन निकै बढेको पाइन्छ, बालबालिकालाई बजारीया पियपदार्थको पारखी नै भएको देख्न सकिन्छ जुन निकै खराब हो । गमी मौसममा घरमा नै बिभिन्न थरीका स्वादमा सर्वत बनाएर पिउने बानी बसाल्नु पर्ने डा. उप्रेती बताउछिन् ।

उनी भन्छिन्, ‘घरमा खाने र पिउने असल बानी बसाल्नलाई घरमा नै बनाएर खुवाउनु पर्छ, एउटै श्वाद खान दिक्क मानेमा नँया नँया स्वादमा बनाउन सकिन्छ जसले गर्दा पारीवारीक सम्बन्ध कसीलो त पार्छ नै श्वास्थ्य पनि राम्रो हुन्छ ।’ श्वास्थ्यको बिषयमा सतर्क बन्नलाई अविभावकले सकृयता देखाउन सक्नु पर्ने उनी बताउँछिन् ।

बजारमा उपलब्ध हुने पेयपदार्थले शरीरलाई हानि गर्ने केमिकल प्रचुर मात्रामा प्रयोग गरिन्छ जसमा चिनीको मात्र धेरै हुने भएकाले शरिरलाई नकारात्मक असर गर्छ । बजारमा पाइने पिय पदार्थको बिकल्पमा घरमा नै उपलब्ध विभिन्न स्वादका पिय पदार्थ बनाउएर पिउनु श्वास्थ्यकर मानिन्छ । ‘हामी अक्सर मुखको श्वादको लागि खाना खाने गर्छौ जुन गतल हो, यस्ता खानाका परिकारले शरीरलाई अश्वस्थ्य मात्र बनाउदैन्, जटिल तथा दीर्घकालीन रोग समेत निम्त्याउँछ,’ पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन्।

घरमा बनाउन सकिने सर्वतहरु
पुदिनाको सर्वत
पुदिना गर्मी मौसममा पाइने निकै श्वास्थ्यकर परिकार हो । पुदिनामा भिटामीन ‘ए’ को मात्रा बढी हुनाले गर्मी मौसमा शरिरको लागि निकै श्वास्थ्यकर मानिन्छ । पुदिनालाई मसिनो गरि पिसेर होस या पुदिनाको पात नै प्रयोग गरेर होस् श्वाद अनुसारको सर्वत बनाउन सकिन्छ । 

गर्मीको समयमा शरिरमा हुने समस्या संग लड्ने शक्ति प्रदान गर्छ । पुदिनाको सर्वत मात्र नभएर थरीथरीका पुदिनाको अचार, छोप लगायत धुलो बनाएर पानी संग खादा बिभिन्न किसिमका रोगहरुसंग लड्ने शक्ति प्रदान गर्छ । पुदिनाले शरीरको छाला चम्किलो र फ्रेस बनाचउने मात्र नभएर शरिरको पाचन प्रणालीमा समेत निकै फाइदा गर्ने चकित्सक बताउँछन्।

कागतीको सर्वत
गर्मी होस् या चिसो मौसम कागतीको प्रयोग हरेक पल गर्न सकिन्छ । कागती नेपाली भान्छामा सजीलै उपलब्ध हन्छ । प्रत्येक दिन दुइवटा कागती खानु शरिरलाई निकै फाइदा हुने डा. अरुणा बताउँछिन् । 

कागतीको रसमा शुृद्ध पानी मिलाई रुचि, स्वाद अनुसार अन्य सामाग्री पनि मिलाएर पिउन सकिन्छ । कागतीमा नुन, चिनी, मह, गुद, मिश्रीरी लगायत श्वाद र रुचि अनुसार हरेक मौसममा पिउनु उपयुक्त मानिन्छ । डा. उप्रेतीका अनुसार चिसो समयमा कागती र तातो पानी, गर्मी मौसममा कागती र चिसो पानिको प्रयोग गर्नु स्वाश्थ्यका शिसावले निकै फाइदाजनक मानीन्छ।

फलफुलको सर्वत
मौसम अनुसारको फलफूल खानु श्वास्थ्यको लागि राम्रो मानीन्छ । गर्मी मौसममा बिशेष गरी तरभुजा, काक्रा, नरिवलको झोल, उखुको रस, केरा, आप लगायतका फलफुलको जुस घरमानै बनाएर खान सकिन्छ । घरमा नै तयार पारिएको फलफूलको जुसमा कुने पनि केमिकल नराखिने हुनाले बजारमा उपलब्ध जुस भन्दा घरमा तयार गरिएको जुस पिउनु निकै लाभदायी मानिन्छ ।

दैनिक फलफूलको प्रयोग गर्नाले शरिलाई आवश्यक भिटामिन, फाइबर, मिनिरल्स प्राप्त गर्न सकिन्छ । मौसम भन्दा पहिला नै बजारमा उपलब्ध हुने फलफूल खानु श्वाश्थ्यको लागि हानीकारक हुने पोषणविद् डा. अरुणा उप्रेती बताउछिन् । उनी भन्छिन्, ‘पैशा कमाउने होडमा व्यापारीले मौसम भन्दा पहिला नै फलफूल ल्याइसकेका हुन्छन् , जुन साझै खादा श्वाश्थ्यमा खराब गर्छ तसर्थ फलफूल किन्दा, खादा बिशेष ध्यान दिएर मात्रै खानुपर्छ ।’
 दही, मही
बजारमा उपलब्ध हुने दही, मही श्वाश्थ्यकर हुन्छ भन्न सकिदैन, तसर्थ सकेसम्म दहि घरमा नै बनाउनु पर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउछिन ।

बजारमा पाइने दही बासी हुन सक्ने भएकाले बिहेष ध्यान दिनु पर्ने उनी बताउछिन् । दहीलाई पानी संग मिलाएर बिभिन्न थरीका सर्वतको परिकार बनाउन सकिने उनी बताउछिन् । दहीमा पानी मिसाएर महि बनाएर पिउनु श्वास्थ्यको लागि निकै लाभदायी मानीनछ ।

मोहीको एउटै श्वादबाट दिक्क लागे बिभिन्न तरिकाले नयाँ श्वादको बनाउन सकिन्छ । दहीमा पानी, पुदिनाको पेस्ट, श्वाद अनुसार नुन र मरिचको प्रयोग गरेर पनि पिउन सकिन्छ । घरमा नै उपलब्ध हुने फलफूल र दही मिक्स गरेर पनि खान सकिन्छ । घरमा बनाइने हरेक पियपदार्थ, शुद्ध र सफा हुने भएर श्वास्थ्यको लागि निकै राम्रो हुने  डा. उप्रेती बताउँछिन् ।

 

प्रकाशित: २९ असार २०७५ ०२:५३ शुक्रबार

उपयोगी घरेलु सर्वत