अन्य

वेस्टर्न फास्टफुड मोह

कोहि गफ गर्दै थिए, कोहि यो उर्खमौलो गर्मी छल्न चिसो पिइरहेका थिए, परिवार मिलेर वयस्ट्रन फास्ट फुडको मजा लिदै थिए ।

यो दृश्य हो कुमारीपाटी स्थित बिएफसीको (बाइट्स् फ्राइड चिकेन) । अम्बि फैशल इन्टिरियल डिजाइनर हुन् उनी बिएफसीमा चौथो पटक वयस्र्टन फास्ट फुड खान आएकी हुन् । पहिलो पटक बिएफसीमा वयस्र्टन परिकार खादा नँया, छुट्टै खानाको स्वाद महसुस भएको उनले बताइन् ।  बिएफसीमा खानाको स्वाद निकै मन पर्यो, फुड प्रतिको सन्तुष्टिले बिएफसीमा आउने उनी बताउँछिन् ।

उनी भन्छिन्,‘मलाइ यँहाको वयस्र्टन फास्ट फुड निकै मन पर्छ । स्वाद पनि निकै मिठो त छदै छ, तर बिशेष गरी हलाल गरेको खाने कुरा हुने भएकाले यहाँ हामी प्राय आउछौ ।’ उनले बिएफसीमा हट विइङ्स्, ग्रिल चिकेन बर्गर र डाइट कोक खाइन् । श्रिमान र छोरीको साथमा आएकी उनी बिएफसीको खानामा निकै सन्तुष्ठ रहेको बताइन् । उनका श्रिमान बकेट हट एन्ड क्रिस्पी खानमा मस्त देखिन्थे । ‘मुस्लिम समुदायको लागि राम्रो खाने ठाँउ पाउन अली मस्किल छ, कुमारीपाटीमा यति स्वादिलो खाना पाउने बिएफसी पहिलो हो ।’ उनले भने ।

मुस्लिम समुदायको लागि पारीवारिक वातावरणमा वयस्र्टन फास्ट फुडको स्वाद लिन पाउनु खुसीको कुरा रहेको उनी बताउछन् । उनी भन्छन्, ‘म बाँच्नको लागि खान्छु, खानको लागि भने बाँच्दिन, कहिले काँहि बाहिर खाना खान जान मन लागे कँहा खान जाने भनेर सोच्नु पथ्र्यो जब देखि बिएफसी आउन थाल्यौ ढुक्क छौ, यहाँको खानाको स्वाद निकै स्वादिलो छ ।’व्यस्त जिवनशैलीमा  मानीसहरु हरेक कुरा छिटो र छरितो खोज्ने समय आएको छ । लगाउने लत्ता देखि युवापुस्ताले गर्ने फेसन सम्म वयस्र्टन संस्कारले छोपेको छ ।

खानामा पनि वयस्र्टन फास्ट फुड रुचाउनेको जमात पनि दिनानुदिन बढ्दै गएको छ । समय निकालेर आरामले बसेर खाने  समय नहुने भैसकेको छ, । व्यस्त जिवनशैलीमा रेडिमेड खाना छिटो, छरिदो र मिठो खोज्नेहरुको भिड शहरका रेस्टुरेन्टहरुमा देख्न सकिन्छ ।कुमारीपाटिको कोरियन सपको ठ्याक्कै अपोजिट तर्फ अन्डरग्राउन्डमा रहेको छ बिबिएफसी, जँहा वयस्ट्रन फास्ट फुडका पारखीहरुको भिड लाग्ने गर्छ ।  ।

वाङ्दी लामा, मोहोम्मद नाजिव उद्धिन र दिपक देव सिङ थापा बिएफसीका सञ्चालक हुन् । खानालाई आर्ट एन्ड साइन्स भन्न रुचाउने लामा भन्छन्,‘आर्ट एन्ड साइन्सको कम्बिनेसन मिलाउन सकियो भने खाना स्वादिलो हुन्छ ।’ वाङ्दी लामा बिदेश बसेर नेपाल आएका हुन् । बिदेशका धेरै रेस्टुरेन्टहरुमा काम गरेका उनी खानाको बारेमा धेरै कुरा ज्ञान लिन पाएको उनी बताउछन् ।

उनीले म्याग्डोनलस्, क्यानेडियन फुड हुदै फ्रान्सेली फुडमा काम गर्दा गर्दै धेरै कुरा सिकेको मौका पाएको उनी बताउछन् ।  उनी भन्छन्, ‘म्यागडोनस्मा काम गर्दा धेरै ट्रेनिङहरु लिए, काम गरे पनि धेरै पढ्नु पर्यो ।’ बाहिरका देशहरुमा धेरै समय बिताए पछि नेपालमा नै रेस्टुरेन्ट खोल्ने बिचार आएको उनी बताउछन् । उनी भन्छन्,‘नेपालमा पाइने वयस्र्टन फुडको रिसर्च गर्दा ठ्याक्कै रियल स्वाद पाएनौ, रियल स्वाद के हो त ? वयस्र्टन फास्ट फुडको रियल स्वाद खुवाउने उद्देश्यले बिएफसी सञ्चालन गरेका हौ ।’

बिएफसी सञ्चालनमा आएको तिन महिना मात्र भएको भएपनि वयस्र्टन फास्टफुडमा रमाउनेको भने घुइचो लाग्ने गरेको हुन्छ । बिएफसीमा पाइने खानाका परिकारहरु अन्तरार्टष्ट्रिय स्तरको खाना पाइने बिएफसीका सञ्चालक वाङ्रदी लामा बताउछन् । कुमारीपाटी स्थित अन्डर ग्राउडमा रहेको बिएफसी रेस्टुरेन्टमा वयस्र्टन फास्टफुडका पारखीहरुको लागि राम्रो च्वाइस हुन सक्छ । 

झट्ट नाम सुन्दा के कस्तो हो भन्ने मनमा प्रश्न उठ्न सक्छ, बिएफसीमा बिभिन्न  वयस्र्टन फास्ट फुडका परिकारहरु खान सकिन्छ । यहाँको बर्गरमा प्रयोग गरिने ससहरु सबै बिदेशबाट ल्याइने सञ्चालक बताउछन् । तिनजना साथीहरु मिली सञ्चालन गरेको बिएफसीमा वयस्र्टन फास्ट फुड उपलब्ध रहेको छ । प्रत्येक हप्ताको मंगलबार र बुधबार बिभिन्न स्किम दिएको बिबिएफमा वयस्र्टन फास्टफुड खान आउने संख्या बढ्दो रहेको व्यापारी बताउँछन्।

सुरुवातको तुलनामा अहिले वयस्र्टन फास्टफुड प्रतिको मोह निकै बढेको सञ्चालक अनुभब सुनाउछन् । उनी भन्छन्,‘बच्चा देखि पाका उमेर सम्मको मानीसहरुले वयस्र्टन फास्ट फुड खान निकै रुचाएको छ ।’ पपकर्न, हट एन्ड क्रिस्पी, चिकेन रोल, जिङ्गरीङ बर्गर, क्लासिक बर्गर बढी रुचाएको उनी बताउछन् । बिबिएफमा पारिवारीक वातावरण सगै वयस्ट्रन फस्ट फडको फ्युजन बनाउन सुरु गरेको उनी बताउछन् ।

सुवास लम्साल बिएफसीको किचेनमा काम गर्छन् । हसिला सुवास भन्छन्,‘किचेनमा काम गर्दा सरसफाई र क्वालीटिमा बिशेष ध्यान दिनु पर्छ ।’ उनी बिएफसीको किचनमा चिकेन आइटम बनाउछन् । बिभिन्न ठाँउमा तालिम लिएका उनी काम गर्दा खुसी लाग्ने बताउँछन् ।

उनी भन्छन्,‘हामीले तयार गरेको खाना खाएर ग्राहक खुसी भएको देख्दा काम गर्ने मनोबल बढेर आउछ ।’ किचनमा काम गर्दा कुन परिकार बनाउने हो त्यसमा बिशेष ध्यान दिनु पर्ने उनी बताउछन् । ‘मासुको आइटम तयार गर्दा स्वास्थ्य, सरसफई र स्वादको कुरा लाई बिशेष ध्यान दिनु पर्ने हुन्छ ।’ उनले भने ।


बिएसीमा पाइने केहि स्वादिला परिकारहरु
स्न्याक्स्
पपक्रन चिकेन : पपक्रन चिकेन, चिकेनको आइटमहरु मध्य स्वादिलो आइटम हो । चिकनको छातीको भागको मासुलाई मसिनो बनाई  बिभिन्न प्रकारका मरमसला राखी २ घन्टा म्यारिनेट गरि तयार गरिन्छ । पपक्रन चिकेन फ्राइ गरेर तयार पारिएको स्वादिलो स्न्याक्स् हो । पपक्रन चिकेनलाई सिजनिङले आउटलेट दिएर तयार पारिएको हुन्छ । पपक्रन चिकेन क्रिस्पि र स्पाइसी हुनाले स्न्याक्स्को रुपमा बढी खाइने व्यापारी बताउछन् । उनी भन्छन्,‘पपक्रन चिकेन हाम्रोमा आउने ग्राहकहरुले स्न्याक्स्को रुपमा बिशेष रुचाउछन्, पपक्रन चिकेन हाम्रोमा बढी  खाइने परिकार हो ।’

हट विङस् : हट विङस् चिकेनको विङस्बाट तयार गरिन्छ । बिभिन्न प्रकारका मसलालाई विङस्मा मिलाएर, म्यारीनेट पछि फ्राइ गरेर तयार गरिन्छ । विङस्को भाग मनपराउनेहरुको लागि हट विङस् राम्रो बिकल्प हुन सक्छ । चिकेनको आइटमहरु मध्य हट विङस् को माग गर्ने हरुको पनि ठुलो जमात रहेको सञ्चालक बताउछन् । हट सस्को प्रयोग पनित गर्न सकिने र सामान्य खान पनि मिल्ने भएर प्राय हरेक उमेरका समुहले खान रुचाउने उनी बताउछन् ।

बोनलेस स्ट्रिप्स् : बोनलेस स्ट्रिप्स् छातीको भागको प्रयोग गरेर तयार गरिन्छ । बोनलेस् भन्ने बिक्ति कै हड्डी बिनाको आइटम हो । बोनलेस स्ट्रिप सबै उमेर समुहको प्रिय खानाको परिकार भए संगै बिशेष गरेर बच्चाहरुले खान मन पराउने व्यापारी बताउछन् । उनी भन्छन्,‘बोन लेस हुनाले अन्य उमेरको भन्दा बच्चाहरुको माग बढी छ, स्पाइसी कम हुनाले पनि बच्चाहरुको रोजाइमा पन सफल भएको हो ।’ बोनलेस स्ट्रिप्स् क्रिस्पि र कम स्एपाइसी स्वादको हन्छ ।

चिकेन रोल : चिकेन रोल रोटिमा चिकेनलाई रोल गरेर तयार गरिन्छ । चिकेन रोलमा प्रयोग गरिने ब्रेड ट्रोटिला बेड हो । ट्रोटिला ब्रेड बाहिर बाट मगाउने गरेको सञ्चालक बताउछन् । ट्रोटिला ब्रेड मकै, गहुबाट तयार पारिन्छ । ट्रोटिला ब्रेडको स्वादमा  चिकेन र ससको स्वादको छुट्टै कम्बिनेसन हुनाले यसको स्वाद निकै सानदार हुन्छ ।


बर्गरः बर्गर अहिलेको आधुनिक जिवनशैलीमा बढी प्रयोग गरिने खानाको परिकार हो । शहरीयाहरुको स्वादिलो खाजाको रुपमा बर्गर निकै प्रचलित छ । बर्गरका थरीथरीका स्वादहरु उपलब्ध रहेका छन् । जिंगलीङ् बर्गर, रोयल बफ बर्गर, ग्रिल चिकेन गरि फरक फरक स्वादमा बर्गर खान सकिन्छ । म्यागडोनलको स्वाद बनाएको सञ्चालक बताउछन् ।

उनी भन्छिन्,‘चिकेन प्याट्टिजमा प्याट्टिजलाई ग्रिल गरेर ग्रिल चिकेन बर्गर तयार गरिन्छ ।’ बर्गर र हटडगको स्वादका पारखीको उपस्थिती पनि बढो राम्रो रहेको व्यापारी बताउछन् । तुलनात्मक रुपमा हट डग भन्दा बर्गरको माग बढी रहेको उनी बताउछन् । चिकेन स्वर्टी, चिकेन क्लासिक बर्गर, चिज बर्गर, ह्याम बर्गर, चिकेन हट डग, बफ हट डगका परिकारहरु उपलब्ध रहेका छन्।


बकेट  हट एन्ड क्रिस्पी, बोनलेस स्ट्रिपस्, ग्रिल्ड चिकेन गरेर बकेटमा दिने गरिन्छ । बकेटमा दुई, चार, छ र बाह्र पिस हट एन्ड क्रिस्पी राखिएको हुन्छ । ग्रहकको रुची र संख्या अनुसार बकेटमा मगाउन सकिन्छ । बोनलेस स्ट्रिप विथ थ्रि डिप्स् र ग्रिल चिकेन पनि खान सकिन्छ।


कम्बो मिल्स्ः चिकेन जिंगलीङ मिल्स्, रोयल बफ मिल्स्, भेज राइस् मिल्स् भनेर तयार गरिएको हुन्छ । परिवारको लागि डिनरको रुपमा बिशेष प्रयोग गरिने यो मिल पारिवारीक गेटटुगेदरको लागि बढि माग रहेको उनी बताउछँन्।
 

 

प्रकाशित: ८ असार २०७५ ०३:०६ शुक्रबार

वेस्टर्न फास्टफुड मोह