नेपाल टेलिकमले सामाजिक सञ्जालहरूमा फैलाइएको विभिन्न अफवाहसँग सचेत रहन आग्रह गरेको छ ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पाँच हजारसम्मको नगद तथा उपहारको व्यवस्था भएको भनेर नेपाल टेलिकमको आधिकारिक लोगोसमेत प्रयोग गरी अफवाह फैलाएको उल्लेख गर्दै टेलिकमले सचेत रहन आग्रह गरेको छ ।
'विभिन्न फेसबूक ग्रुप र म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकाले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ,' बुधबार टेलिकमले सूचना जारी गर्दै भनेको छ ।
टेलिकमले कम्पनीको आधिकारिक ब्लुटिकसहितको फेसबूक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्रै आधिकारिक मान्न पनि आग्रह गरेको छ ।
सूचना हेर्नुहोस्-
प्रकाशित: ३ पुस २०८१ २१:०९ बुधबार