हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिममा भने दिउँसो आंशिक बदली हुनुका साथै एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सामान्यतयाः मौसम सफा रहने जनाइएको छ।
आगामी २४ घण्टामा तराई र उपत्यका क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरोको सम्भावना छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रामा सावधानी अपनाउन भनिएको छ।
प्रकाशित: २ पुस २०८१ ०७:४७ मंगलबार