मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ।
तर तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १ पुस २०८१ ०७:२३ सोमबार