अन्य

५२ वर्षपछि ४ साथीको पुनर्मिलन, मित्रताको अद्भूत संयोग

हामीमध्ये धेरैलाई स्कुल र कलेजका साथीहरू थाहा छैन, समय बित्दै जाँदा हामीसँगै हुर्किएका साथीहरू समेत बिर्सिन्छौं। केही वर्षको भेटघाट नहुँदा पुराना मित्रता पनि ओझेलमा पर्दछन्। तर, यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको एउटा पुरानो तस्विरले अनौठो संयोग र मित्रताको कथा बयान गरेको छ।  

पाँच दशक पहिले बेलायतको टोर्क्वे समुद्र तटमा खिचिएको एक तस्विरमा चारजना युवतीहरू हाँस्दै हातमा हात समातेर घुमिरहेका छन्। यो तस्विर २०२४ मा ती महिलाहरू (मेरियन बामफोर्थ, सु मोरिस, क्यारोल एन्स्ब्रो, मेरी हेलीवेल र सुसन)द्वारा पुन: सिर्जना गरिएको हो।  

सन् १९७२ मा, ती चार साथीहरूले टोर्क्वेमा एक हप्ता रमाइलो गर्दै माछा मार्न, केटाहरूसँग जिस्कन, सूर्यको घाममा आराम गर्न र नयाँ सम्झनाहरू कैद गर्ने क्रममा उक्त तस्विर लिएका थिए। आज पनि यो तस्विर उनीहरूको दशकौं लामो मित्रताको प्रतीक बनेको छ।

यस वर्ष, उनीहरूले साथिको ७० औं जन्मदिनको अवसरमा टोर्क्वे फर्केर पुरानो तस्विर पुन: सिर्जना गरे। अहिले उनीहरुका तस्विर सामाजिक सञ्जालमा भाइरल हुँदैन्। उनीहरुको तस्विरले मित्रता र जीवनका अनगिन्ती अनुभवहरूको उत्सवको रूपमा नयाँ जीवन प्राप्त गरेको छ। 

प्रकाशित: २१ मंसिर २०८१ २१:०० शुक्रबार

#friendship #Reunion