अन्य

तयार भयो बिस्केट जात्राको रथ

भक्तपुरको पाँचतले मन्दिरअगाडि राखेर तयार पारिएको भैरवनाथको रथ । तस्बिर : कृष्ण

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको मुख्य आकर्षण मानिने भैरवनाथको रथ तयार भएको छ ।
प्रसिद्ध पाँचतले मन्दिरअगाडि राखेर झन्डै ३० फिट अग्लो प्यागोडा शैलीको रथ निर्माण भएको हो।

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि (यो वर्ष चैत २७ गते मंगलबार) भैरवनाथको रथ तानेर जात्रा सुरु गरिन्छ । ९ दिन आठ रात लामो बिस्केट जात्रा वैशाख ५ गते यही रथ तानेर सकिन्छ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले रथ निर्माणको क्रममा काठको काम सम्पन्न भएको जानकारी गराए । उनका अनुसार काठबाट जोडेर रथ बनाउने काम सम्पन्न भएको छ।

रथलाई रंगोरोगन गर्ने, रङबाटै विभिन्न आकृति दिने, गजुर हाल्नेलगायत काम भने बाँंकी  कार्यालय प्रमुख सुवेदीले जनाए । ‘सानातिना काम जात्रा सुरु हुने दिनको बिहानसम्म पनि चल्छ, कार्यालय प्रमुख सुवेदीले नागरिकसँग भने, ‘अहिले पनि काठबाहेकका अन्य कामहरू भइरहेका छन्।’

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तत्कालीन भक्तपुर राज्यमा तीन सय वर्षभन्दा बढी समय राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।

कार्यालय प्रमुख सुवेदीका अनुसार रथ बनाउनका लागि काठको काम फागुन २९ गतेबाट नै सुरु भएको थियो । त्यो दिनदेखि आधा दर्जन सिकर्मीले दैनिक रूपमा रथ निर्माण गर्दै आएका थिए । रथ निर्माणका लागि काठ बाहेकका कामका लागि छुट्टै जनशक्ति आवश्यक पर्छ ।
रथ काठैकाठले जोडेर बनाइन्छ । रथमा किल्ला ठोकिएको हुँदैन । सबै काठकै चुकुल राखेर बनाइएको हुन्छ।

प्रत्येक वर्ष जात्रा सम्पन्न भएपछि रथ बनाउन प्रयोग गरिएको काठलाई बिगारेर पाँचतले मन्दिर पछाडिको टहरामा थुपारिन्छ । प्रत्येक वर्ष नयाँ बनाउनु परेपछि पनि त्यही थुपारिएको काठको पुनःप्रयोगबाट रथ बनाइन्छ । जात्राको क्रममा बिग्रे–भाँचिएका काठहरू मात्रै नयाँ राखी रथ निर्माण गरिन्छ।

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि (यो वर्ष चैत २७ गते मंगलबार) भैरवनाथको रथ तानेर जात्रा सुरु गरिन्छ । ९ दिन आठ रात लामो बिस्केट जात्रा वैशाख ५ गते यही रथ तानेर सकिन्छ।

जात्राको पहिलो दिन रथलाई पाँचतले मन्दिरको दुवै साइटका टोलीवासीले डोरी राखेर तान्ने गरिन्छ । दुवै टोलवासीले आ–आफ्नो टोलतिर लाने प्रयासस्वरूप प्रतिस्पर्धात्मक रूपमा तानिने भएकाले जात्रा रोमाञ्चक हुन्छ ।भक्तपुरको पाँचतले मन्दिर टौमढी क्षेत्रलाई भक्तपुर नगरको बीच भाग मानिन्छ ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तत्कालीन भक्तपुर राज्यमा तीन सय वर्षभन्दा बढी समय राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । त्यतिबेला भक्तपुर नेपालको राजधानी नगरको रूपमा रहेको थियो।

तर, १८२६ सालमा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँदै गयो । त्यसपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो ।अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत जिल्लाबाट सयौं मानिसहरू आउने गरेका छन् ।

 

प्रकाशित: २६ चैत्र २०७४ ०२:५९ सोमबार

तयार बिस्केट जात्राको रथ