अन्य

बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारीकाे नाचगान, कुर्सी र टेबुल बाेकेर हिँडे

बंगलादेशको राजधानी ढाकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासमा प्रवेश गरी लुटपाट मच्चाएका छन्।

सोमबार दिउँसो हजारौं प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास गणभवनमा पसेर नाचगान गर्दै त्यहाँ भएका कुर्सी, टेबुल र सोफाहरु उठाएर लगेका हुन्।

बीबीसीका अनुसार, प्रधानमन्त्री शेख हसिना सेनाको हेलिकप्टरमा चढेर देश छाडेपछि प्रदर्शनकारीहरूले निवासमा लुटपाट गरेका थिए।

हसिनाले पदबाट राजीनामा दिएर देश छाडेसँगै बंगलादेशका सेना प्रमुख वाकर उज-जमानले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन्।

देशवासीका नाममा सम्बोधन गर्दै सेनाप्रमुखले अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको जानकारी दिएका छन्। उनले शान्ति सुव्यवस्था कायम राख्न सबैलाई आग्रह गर्दै धैर्य गर्न अपिल गरेका छन्।

बंगलादेशमा कोटा प्रणालीको खारेजीको माग गर्दै सुरु भएको आन्दोलन चर्किँदै गएको छ। 

यो पनि पढ्नुहोस्

बंगलादेशमा सैनिक शासन लागू, अन्तरिम सरकार गठन

यो पनि पढ्नुहोस्

बंगलादेश छाडेर भारत पुगिन् शेख हसिना

प्रकाशित: २१ श्रावण २०८१ १६:३५ सोमबार