मृत्युबाट पार तरी पुगेका ब्रह्म भावमा ।
परमानन्दमा ती छन् उनको तुलना कहाँ ।।
वासनोपसम– ५
म को हुँ ? यो विचाराग्नि जब भित्र उदाउँछ ।
मनको वासनारूप वृक्षबीज डढाउँछ ।।
विचार ब्रह्मको गर्ने बुद्धि जो धैर्यशील छ ।
त्यसलाई आधिले स्पर्श कहिल्यै किन गर्दछ ।
चित्रको लहरालाई वायु के छुन सक्दछ ।।
विचार आत्मविद्याको विज्ञ ज्ञान बताउँछन् ।
मिठास दूधमा जस्तै यसैमा ब्रह्म पाउँछन् ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)
प्रकाशित: १९ फाल्गुन २०७४ ०३:०७ शनिबार