धेरै फिल्ममा दोहोरिएको कहानी जुन रिलमा मात्रै सीमित छैन रियलमै छ । एक जवान केटा अथवा हिरो जो आइएससी पढ्दैछ र हिरोइन एसएलसीको तयारीमा छिन् । हिरोइनको परिवार सम्पन्न छ, घरमै शिक्षकको व्यवस्था गर्न सक्ने । धमाधम एसएलसीको तयारीका बेला घरमा पढाउन आउने शिक्षकको बिहे पर्छ र उनी आफ्ना भाइ पर्नेलाई पढाउन जिम्मा लगाएर महिना दिनका लागि छुट्टिन्छन् । भाइ अर्थात् हिरो हिरोइनलाई पढाउँछन्, हिरोइन पनि स्कुलमा शिक्षकले पढाएको भन्दा अझै सजिलो तरिकाले पढाएको बुझ्छिन् ।
सिन फेरि ४ वर्ष बितेपछिको देखिन्छ । बीचमा केही कन्ट्याक नभएका हिरो हिरोइनको कलेजमा भेट हुन्छ, हिरो एमए पढ्दै र हिरोइन बीएड पढ्दै गरेको अवस्थामा । बिस्तारै हिरो हिरोइनको माया झाँगिन्छ तर बीचमा बाधा बनेर आइदिन्छ ‘जात’ । हिरो जनकपुरका जमिन्दारको छोरो, हिरोइन काठमाडौंकी नेवारकी छोरी । अन्त्यमा दुवै मिलेर परिवारविनै रमाइलो बिहे गर्छन् । त्यो बिहेमा न जन्ती छ, न मण्डप छ, न त छ बाजागाजा नै । बीचमा आगो बालेर सँगै मर्ने, सँगै बाँच्ने कसम खान्छन्, साथमा हिरोका एकदुई साथीभाइ मात्र ।
त्यसपछि सुरु हुन्छ हिरो हिरोइनको संघर्ष । यो कहानी हो आजभन्दा ४० वर्षअगाडि अन्तरजातीय विवाह गरेका वृषेशचन्द्र लाल र विजयाको । वृषेशको जिन्दगी त जेलनेलमै बित्यो, ६ महिना, एक वर्षजति जेल बसेर केही समय घरमा बिताउँथे वृषेश । एमदमै थोरै समय घरमा बिताएका वृषेश राजनीतिमै व्यस्त थिए तर जेलबाहिर बसेर फरक वातावरणमा घुलमिल हुने विजयाको कहानी रिलले उतार्नै सक्दैन ।
बीएडको पढाइ अपूरै छाडेर उनी वृषेशसँग गएकी थिईन्, माइतीले बोलाएपछि पहिले पढाइ पूरा गरिन्, त्यसपछि निमाविको कोटामा नाम निकालेर महेन्द्र भृकुटीमा पढाउन थालिन् । वृषेश जेलबाट निस्केपछि पनि खाली हात भने कहिल्लै बस्थेनन्, ब्रिज कोर्ष पढाउने गर्थे । उनले जागिर खान सुरु गरिसकेकी थिइन् तर वृषेश जेलबाट निस्केपछि फेरि जागिर छुटाएर जनकपुर नै लगे । फेरि दोस्रो छोरी जन्मिईन् । देशमा भएको राजज्ञनीतिक उथलपुथलसँगै उनको जीवनमा पनि उथलपुथल भइरहेकै थियो । छोरी जन्मिएपछि वृषेशलाई पार्टीले केन्द्रमा सारिदियो । यो २०३८ सालतिरको कुरो हो । उनको कान्छो छोरो भने काठमाडौंमै जन्मिए । दुई छोरी तराईमै जन्माएकी उनी निकै कमजोर बनिसकेकी थिईन् । विजयाले भनिन्, ‘त्यहाँको सुत्केरी स्याहार्ने तरिका र यहाँको सुत्केरी स्याहार्ने तरिका बिलकुलै फरक छ, त्यहाँ सुत्केरीलाई भन्दा बच्चालाई बढी प्राथमिकता दिइन्छ, यहाँ दुवैलाई उत्तिकै स्याहारिन्छ । काठमाडौंमै छोरो जन्मिएकोले भने विजयालाई माइतको आमाले सुत्केरी स्याहारिन् र उनको स्वास्थ्य अवस्था पनि तन्दुरुस्त भयो ।
‘पछि मेयरमा समेत टिकट नदिएपछि, उहाँ स्वतन्त्र उठेर मेयर बन्नुभयो,’ विजयाले भनिन् । नेपाली कांग्रेसमा बीपीका नजिकका वृषेश पछि तमलोपाका उपाध्यक्ष बने र अहिले राष्ट्रिय जनता पार्टी राजपामा छन् ।
विजया लामो श्वास तान्दै भन्छिन्, ‘फरक समुदायमा बिहे गर्दा सबैले वचन लगाउने रहेछन्,’ उनले भनिन्, ‘मेरा माइतमा अझै पनि आफन्तहरू नेवार समुदायमा कोही केटा पाएकी थिइनस् र मधेसी रोजेकी भन्छन्, उताका आफन्तहरू पनि कोही पाइनस् र यता आएकी भन्छन् ।’ त्यस्तो बेला निकै नराम्रो लाग्ने रहेछ । उनले अझै थपिन्, ‘लभ भनेकै यस्तै रहेछ, न अनुहार हेर्यो, न जात हेर्यो न त उमेर नै ।
विजयाले लामो समय जनकपुरमै बिताइन् । त्यहाँ निजी विद्यालयमा पढाउँदै आफ्ना छोराछोरी पढाइन्, हुर्काइन् । अहिले छोराछोरी हुर्किएर पनि नातिनातिना घरभरि भइसके । सबै विदेशतिरै बस्छन् । ‘वृषेशको राजनीतिक करियर पनि राम्रो छ, विजयाले भनिन्, ‘उहाँ निकै सोझो हुनुहुन्छ, राजनीति भनेको छक्कापञ्जा गर्नेकै लागि रहेछ,’ उनले थपिन्, ‘क्षेत्र नम्बर पाँचमा उहाँकै नाम सिफारिस भएको थियो, संविधानसभा चुनावमा तर त्यो नाम काटेर डा. रामवरण यादवलाई दिइयो । ‘पछि मेयरमा समेत टिकट नदिएपछि, उहाँ स्वतन्त्र उठेर मेयर बन्नुभयो,’ विजयाले भनिन् । नेपाली कांग्रेसमा बीपीका नजिकका वृषेश पछि तमलोपाका उपाध्यक्ष बने र अहिले राष्ट्रिय जनता पार्टी राजपामा छन् ।
विजयाले दुई छोरीलाई एसएलसी पास नगरुञ्जेलसम्म निजी विद्यालयमा आफैसँग राखेर पढाइन् जुन जनकपुरमै थियो । तर छोरालाई भने काठमाडौं राखेर पढाइन् । उनले जोड दिँदै भनिन्, ‘मैले छोरा र छोरीलाई भेदभाव गरेर कसैलाई काठमाडौं र कसैलाई जनकपुर पढाएकी होइन, छोरो सानैदेखि जिन्दावाद र मुर्दावाद भन्न थालेको थियो, ऊ पनि राजनीतिमा लाग्ला भनेर मैले काठमाडौं राखेर पढाएँ । उनले लामो श्वास तान्दै भनिन्, ‘श्रीमान एक महिना घर र एक वर्ष जेल बसेको आफ्नै आँखाले देखेकी थिएँ, उहाँ जेल जाँदा मैले कस्ताकस्ता अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरेको थियो, बिहे गरेको केही समयमै छुट्याएर राखिदिएका थिए परिवारले । छोराले त्यसो नगरोस् भनेरै मैले आफूदेखि छोरालाई टाढा राखेर पढाएँ ।
विजयाले आफ्नो दुःख सम्झँदै भनिन्, ‘मैले इन्टरकास्ट बिहे गर्दा त्यहाँको संस्कृति बुझ्न गर्नुपरेको संघर्ष सम्झेर कान्छी छोरीलाई इन्टरकास्ट म्यारिज नगर भनेकी थिएँ, तर उनको रोजाइलाई हामीले अस्वीकार भने गरेनौ ।
आमाबुबाको अन्तरजातीय बिहे भएकाले छोराछोरीको थर उनीहरूले राखेका छैनन् । जेठी छोरीको नाम कान्ता कादम्बिनी । कान्छी छोरीको नाम प्रिया प्रियम्बदा र छोराको नाम अमित रञ्जन राखेका छन् उनीहरूले । छोराछोरी सबै आ–आफ्नो व्यवसायमा लागिसकेका छन् । जेठी छोरी र छोराले आफ्नै जातसँग बिहे गरे तापनि कान्छी छोरी प्रियाले भने सुदूरपश्चिममा बाहुन डा. कृष्ण जोशीसँग विवाह गरेकी छन् । विजयाले आफ्नो दुःख सम्झँदै भनिन्, ‘मैले इन्टरकास्ट बिहे गर्दा त्यहाँको संस्कृति बुझ्न गर्नुपरेको संघर्ष सम्झेर कान्छी छोरीलाई इन्टरकास्ट म्यारिज नगर भनेकी थिएँ, तर उनको रोजाइलाई हामीले अस्वीकार भने गरेनौ । विजयाले भनिन्, ‘अहिले छोरी ज्वाइँ दुवैजना अमेरिकामा छन्, इन्टरकास्ट बिहे भए तापनि अहिलेसम्म प्रियालाई समस्या भने परेको छैन ।
बीपी कोइरालाका नजिकका मानिस भएकाले बीपीका सन्देश वृषेशसम्म विजया नै पु¥याउने गर्थिन् । उनले भनिन्, ‘सान्दाजु पनि मलाई निकै रुचाउनुहुन्थ्यो र विश्वास पनि गर्नुहुन्थ्यो, त्यसैले केही महत्वपूर्ण कुरा उहाँसम्म पुर्याउनुपर्यो भने मेरै सहारा लिनुहुन्थ्यो, म त्यो खबरलाई जेलमा उहाँसम्म पुर्याइदिन्थें ।
समयको परिवर्तनसँगै धेरै कुरा परिवर्तन भइसके । अन्तरजातीय विवाह पनि हिजोआज सामान्यजस्तै बन्न त थालिसक्यो तर अझै केही शिक्षित परिवारमा जातीय अहं भने हट्न सकेको छैन । आजभन्दा ४० वर्षअगाडि त्यो पनि पहाडी रहनसहनमा जन्मेहुर्केकी एउटी युवती मधेसमा पुगेर गर्नुपरेको संघर्ष कल्पनाभन्दा माथिकै हुन्छ । त्यस्तो अवस्थामा अन्तरजातीय बिहे गरेर सफल यी जोडीलाई त मान्नैपर्छ ।
प्रकाशित: १७ फाल्गुन २०७४ ११:३० बिहीबार