सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन् भने किशोरहरूमा १४ वर्षदेखि मात्र यस्तो परिवर्तन देखिन्छ । किशोरीहरूमा पट्ठो चौडा हुने, स्वर अभैm सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने, तिघ्रा सुलुत्त पर्ने हुनुका साथै मानसिक, भावनात्मक तथा व्यावहारिक परिवर्तन पनि धेरै हुन्छ । किशोरहरूमा शरीर हलक्क बढ्छ, उचाइ बढ्छ । यसका साथै मुखमा डण्डिफोर आउने, रुद्र घण्टी बढ्ने, स्वर धोद्रो हुने, काँध चौडा हुने, दाह्री जुँगा आउने, लिङ्ग एवं अण्डकोष बढ्ने, वीर्य उत्पादन हुने, लिङ्ग उत्तेजित हुने, स्वप्न दोष हुने हुन्छ । किशोरकिशोरी दुवैमा यौनाङ्ग र काखी मुनि रौं पलाउनुका साथै पसिना ग्रन्थी सक्रिय भई पृथक खालको गन्ध निस्कन्छ ।
किशोर किशोरी वयमा विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने, यौनसम्बन्धी खोजीनीति गर्ने हुन्छ । यसको अलावा एक्लै बस्ने, स्वतन्त्रता चाहने, दिवा स्वप्न देख्ने, मुड परिवर्तन भइरहने, गोपनियता चाहने, स्तन एवं लिङ्गको बढी चिन्ता गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने हुन्छ ।
भ्यालेन्टाइनका बेला सिधै लिङ्ग योनि सम्पर्कमै हाम फाल्नु पर्दछ भन्ने छैन । विशेषतः पुरुष लभरको यौन स्वार्थले प्रेम सम्बन्धमै समस्या नआउला भन्न सकिन्न । त्यसैले यौन सम्पर्कबाहेक यौन आनन्द प्राप्त गर्ने अन्य उपाय पनि छन् र महिला पुरुष दुवैका शरीरमा यस्ता केन्द्र छन् भन्ने कुराको हेक्का राख्नु बुद्धिमानी नै हुन्छ ।
यौन आकर्षणको केन्द्र
जीव विज्ञानका अनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू रहेका हुन्छन् । यसैकारण पनि विशेषतः किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्छन् । यस्तैमा पुरुष तथा महिलाका लागि आ–आफ्नै यौन आकर्षणका अङ्ग वा अपेक्षा हुन्छन् ।
पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ । महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्छ । पुरुषको ओंठ, आँखा पनि आकर्षक नै मान्छ । पोर्नोग्राफी परिचित महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्दछ । र, पुरुषको व्यक्तित्वले महिलालाई लट्ठ पर्दछ ।
यौन आनन्दका वैकल्पिक उपाय
विशेषतः प्रेमी र प्रेमिकाले विवाह नभएसम्म एकले अर्काको यौनाङ्गमा प्रवेश गराएरै यौन आनन्द प्राप्त लिनुभन्दा शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआउने सुरक्षित वैकल्पिक यौन उपायहरू अपनाउनु राम्रो हुन्छ । यौन परिकल्पनासँगै हस्त मैथुनबाहेक यौन संवेदनशील अङ्गमा चुम्बन अर्को उपाय हो । त्यसो त चुम्बन (अधरपान) माया, स्नेह प्रदर्शन गर्ने माध्यम पनि हो । यसका अनेक रूप छन् । ओंठमा बाहेक गर्दन, छाती, स्तन, नाभी, नितम्ब, यौनाङ्ग, खुट्टाका औंलामा यौन आनन्द प्राप्त गर्न चुम्बन गर्न सकिन्छ ।
त्यसैगरी आलिङ्गनमा लिई शारीरिक अङ्ग सुमसुम्याउने कार्य स्नेह प्रदर्शन गर्ने तरिका हो । कपाल, स्तन, यसका मुन्टो, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण (सुम्सुम्याहट) यौन सुखदायक पनि हो । त्यसैले पनि यौन दुव्र्यवहार गर्नेले गाडीमा तथा भीडभाडमा महिलाका संवेदनशील अङ्गहरूको स्पर्श गरी यौन आनन्द लिन लालायित हुन्छ ।
निकै समय अगाडिदेखि मानिस यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रले यौन परिकल्पना वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्तिमा लागेका छन् । सूचना प्रविधिको विकाससँगै यौन चलचित्र वा यौनजन्य प्रदर्शनीमार्पmत् यौन आनन्द लिने गरिएको छ ।
पहिलो यौन सम्पर्क
नेपालमा धेरैजसोले विवाह पछि मात्र यौन सम्पर्क स्थापित गर्छन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ । तथापि सहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्ने घटना बढ्न थालेको छ । त्यसैले पहिलो यौनसम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ ।
किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिङ्गीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ । नेपालमा अभैm पनि वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता प्राप्त छैन । उचित यौन शिक्षा एवं प्रजनन् अङ्गको विस्तृत जानकारीको अभावमा पहिलोपटकको यौनसम्पर्क धेरैजसाका लागि त्यति सफल र सुखदायी हुँदैन । डर, त्रास, हतार, हतास एवं गोप्यता तथा असुरक्षित वातावरणमा यौनसम्पर्क राख्नुपर्दा यौन सम्पर्क पूर्वको तयारीको खासै ध्यान जाँदैन ।
पहिलोपटकको यौन सम्पर्कको बेला पुरुष यौन साथीमा लिङ्ग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुनसक्छ भने महिला यौन साथीमा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टी प्राप्त गर्र्न गाह्रो हुन्छ । यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्तश्राव वा रगत मिसिएको योनिश्रावले झन् त्रास उत्पन्न गराउँछ ।
मानिस आफैमा कौतूहल प्राणी हो, नौलो वा नयाँ अनुभव सँगाल्न चाहन्छ । यस क्रममा पहिलोपटकको यौनसम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौन कर्मीसँग हुनसक्छ । र, विशेषतः प्रेमिल सम्बन्धमा रहेका जोडीले लिङ्ग योनि सम्पर्कलाई विवाहपछिका लागि साँचेर राख्नु बुद्धिमानी भए पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन । यस अवस्थामा कण्डमको उचित उपयोग गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोधको जानकारी राख्नु राम्रो हुन्छ ।
मुख्यतः आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलोपटकको यौन सम्पर्कपछि निरन्तर सम्पर्कमा रहनु पर्दछ । यस क्रममा महिनावारी, यौनाङ्गमा पीडा वा कुनै यौन समस्या वा पहिलोपटकको यौन सम्पर्क पछि कुनै तनाव, पीर, चिन्ता तथा उदासीपना छ, छैन बुभ्mनुपर्छ । कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौनसाथीलाई भरपुर सहयोग गर्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि आपूmले साथ दिने ढाडस दिनु पर्छ । सारांशमा पहिलोपटकको यौनसम्पर्क तुलनात्मकरूपमा असुरक्षित हुनसक्छ । त्यसैले सदैव सुरक्षित सेक्सको पालना गर्नुपर्छ ।
सुरक्षित चक्र
यौन सम्पर्क कायम हुनेबित्तिकै गर्भ रहिहाल्ने होइन । प्रेमिल जोडीलाई महिनावारी (मासिक श्राव) को कति औं दिनदेखि शारीरिक सम्पर्क भएमा गर्भ रहन सक्छ भन्ने ज्ञान नहुन सक्छ । प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीहरूका लागि सुरक्षित चक्र एउटा राम्रो विकल्प हो । क्यालेण्डर विधि पनि भनिने यो विधि नियमितरूपमा महिनावारी हुने महिलामा मासिक श्रावको १२ औं देखि १६ औं दिनसम्म डिम्ब निस्कन्छ भन्ने सिद्धान्तमा आधारित छ । त्यसो त महिलापिच्छे महिनावारी चक्र फरकफरक हुन सक्छ । अधिकांश महिलामा २६ देखि ३४ दिन सम्ममा महिनावारी हुन सक्छ ।
नियमितरूपमा (प्रत्येक २८ दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं (२८–१० दिन) दिन देखि अठारौं (२८–१० दिन) दिनमा यौन सम्पर्कमा रहे गर्भ रहन सक्दछ । र, मासिक श्राव नियमित नहुने महिलाको छोटो चक्रमा १८ दिन घटायो भने गर्भ रहने पहिलो दिन निस्कन्छ भने लामो चक्रमा १० दिन घटायो भने गर्भ रहन सक्ने अन्तिम दिन निस्कन्छ । उदाहरणका लागि २५ देखि ३४ दिन सम्म महिनावारी हुने महिलामा सातौंं (२५–१८ दिन) दिनदेखि चौबीसौं (३४–१० दिन) दिन सम्म गर्भ रहन सक्छ ।
माथिको हिसाब झण्झटिलो छ वा हिसाब प्रस्ट भएन भने महिनावारी भएको आठौंदेखि बाइसौं दिनसम्म यौन सम्पर्क राख्दा कण्डम एवं कमल चक्कीजस्ता अस्थायी साधनहरू अपनाउनु पर्दछ ।
असुरक्षित सेक्स
आफ्नै जीवनसाथीसँग भन्दा अन्यसँग पहिलोपटक यौन सम्पर्कको अनुभव लिन अविवाहित युवाले व्यावसायिक यौनकर्मी कहाँ जाँदा स्वास्थ्य जोखिमको अलावा निम्न कठिनाइ भोग्नुपर्ने हुन्छ । तुरुन्त यौनसम्पर्क राख्ने क्रममा शीघ्र स्खलन हुने तथा लिङ्ग उत्तेजित नहुने हुनसक्छ । हतारमा कण्डम नै नलगाउने तथा सही तरिकाले कण्डम नलाउँदा फुट्ने डर हुन्छ । यौन कार्य अगाडि पाकक्रीडाका लागि यथेष्ट समय दिन नसक्दा दुवैजनाले बराबरी यौन सन्तुष्टी पाउन कठिन हुन्छ । डर, त्रासका कारण पनि यौन कार्यबाट बढी मज्जा लिन नसकिने हुन्छ । एचआईभी÷एड्स, हेपाटाइटिस बी सी डी, भिरिङ्गी, धातुमेह, टोक्जोप्लाज्मालगायतका यौन रोग सर्ने डर हुन्छ ।
असुरक्षित यौनसम्पर्क नराख्नु बुद्धिमानी हुन्छ भने राख्नै परेको बेलामा कण्डमको सही प्रयोग गर्नु राम्रो हुन्छ । आफ्नो विश्वासिलो यौनसाथी बाहेक आशंकित अवस्थामा टङ किस वा फ्रेन्च किस वा डिप किस, गुदद्वार मैथुन, मुख मैथुन गर्नु हुँदैन । शंका लाग्नेबित्तिकै रगत परीक्षण वा स्वास्थ्य जाँच गर्ने गर्नु पर्दछ ।
कण्डमको उचित प्रयोग
कण्डमको प्याकेटको एक छेऊमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नु पर्छ । योनिमा पुरुष लिङ्ग छिराउनु अगाडि नै कण्डम सुल्टो पारी राख्नु पर्दछ । खतना नगरेको भए अग्रचर्म पुरुष लिङ्ग ढाक्ने छालालाई पछाडितिर तान्नु पर्दछ । लिङ्गको टुप्पोमा नफुकाइएको कण्डम राख्नुहोस् । यसपछि कण्डमको टुप्पातिर रहेको हावा बूढी औंला र चोर औंलाले च्यापेर निकाल्नु पर्छ । कण्डम बिस्तारै फुकाउँदै उत्तेजित लिङ्गको टुप्पाबाट लिङ्गको फेदतिर लगाउँदै जानु पर्दछ । यसरी कण्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन । यसको सट्टा कण्डम लगाउनुपूर्व नै फुकाएर लगाएमा लगाउन पनि गाह्रो हुन्छ र प्रभावकारी पनि हुँदैन ।
कण्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन । थप चिल्लो पदार्थहरूले कण्डम फुट्ने सम्भावना बढाउँछ । विर्य स्खलन भएपछि लिङ्ग शिथिल नहुँदै कण्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नु पर्छ । योनि क्षेत्रमा विर्य नपोखिने गरी, बिस्तारै कण्डमलाई लिङ्गबाट फुकाल्नुपर्छ । प्रयोग गरिसकेको कण्डमको फेदलाई गाँठो बनाउनु पर्दछ । कण्डमलाई बिसर्जन गर्नुभन्दा अगाडि फुटे नफुटेको राम्ररी जाँच गर्नु पर्दछ । यदि कण्डम फुटेको भए वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ ।
इमर्जेन्सी कन्ट्रासेप्सन अर्थात् आपतकालीन गर्भ निरोधक विधि
नेपालमै पनि नेपाल सरकारले हालै गरिएको किशोरकिशोरी तथा युवा सर्वेक्षणअनुसार करिब ६२ प्रतिशत युवक तथा २७ प्रतिशत युवतीले डेटिङका बेला यौनजन्य गतिविधि गर्ने गरेको र ४० प्रतिशत युवक तथा ९ प्रतिशत युवतीले डेटिङका बेला यौनसम्पर्क राख्ने गरेको तथ्यबाट पछिल्लो नेपाली पिँढि सेक्सका मामिलामा उदारपन हुन थालेको देखिन्छ ।
कतिपय नेपाली युवायुवतीले कण्डम प्रयोग गर्न झिँजो मान्ने तथा कतिपयका कण्डम अप्रत्यासित तवरले फुट्ने कारणले यसको परिणामस्वरूप सम्पर्कको केही दिनपछि पिसाब जाँचको क्रममा प्रेगनेन्सी पोजिटिभ देखियो भने पार्टनरबीच झगडा उत्पन्न हुने र सम्बन्ध बिग्रिन बेर लाग्दैन । र, त्यही सर्वेक्षणमा पनि केवल २१ प्रतिशत युवक र १६ प्रतिशत युवतीलाई मात्र आकस्मिक चक्कीबारे ज्ञान रहेको पाइयो । त्यसैले पनि इमर्जेन्सी कन्ट्रासेप्सन अर्थात् आपतकालीन गर्भ निरोधक विधिबारे थाहा पाउनु जरुरी छ ।
कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवं सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित यौन सम्पर्कको अभ्यास गर्नु बुद्धिमानी हुन्छ । असुरक्षित यौन सम्पर्कको ५ दिनपछि अर्थात् आपतकालीन गर्भ निरोधकका लागि उपयुक्त समय घर्किसकेपछि सुरक्षित गर्भपतनको बाटो देखाइदिनु सिवाय अर्को विकल्प हुँदैन ।
गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौन सम्पर्क, वीर्य स्खलन, डिम्ब निशेचन तथा डिम्बारोपणको तारतम्य मिल्नुपर्दछ । तर कण्डम फुट्नाले, कण्डम लगायतका अस्थायी साधन अपनाउन अल्छी गर्नाले, नियमितरूपमा पिल्स चक्की खान बिर्सिनाले तथा बलात्कार (बलजफ्ती करणी) जस्तो असुरक्षित यौन सम्पर्कका कारणले अनिच्छित गर्भ रहन सक्छ । अविवाहिता केटीमा अनिच्छित गर्भ रहन गएमा स्थिति धेरै तनावपूर्ण हुन्छ । माथि उल्लेखित परिस्थितिहरूको परिणामस्वरूप गर्भ रहन नदिनका लागि गरिने उपायलाई आकस्मिक परिवार नियोजन (आपतकालीन गर्भ निरोध) विधि अर्थात् मेडिकल भाषामा ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ ।
आजकल आपतकालीन गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की पाइन्थ्यो । इमर्जेन्सी कन्ट्रासेप्सनअन्तर्गत दुवै हर्मोन भएको पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ । त्यसको १२ घण्टापछि पुनः थप दुई चक्की खानुपर्छ । त्यसैगरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको पिल्स चक्की दुई मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्छ । पहिलो मात्रा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्छ । यो १२ घण्टाको फरकमा दुई पटक वा एकै मात्रा गरेर पनि खान सकिन्छ ।
यस्ताखाले हर्मोनयुक्त औषधि असुरक्षित यौन सम्पर्क अगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधन प्रयोग गर्न सकिन्छ । नेपालमा पनि ईकोन नामक आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्कको १२० घण्टा (५ दिन) सम्म खान सकिन्छ । जुन एक प्याकेटमा २ चक्की हुन्छ । इमर्जेन्सी कन्ट्रासेप्सनकै रूपमा असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र माथि उल्लेखित पिल्स चक्की खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ ।
माथि उल्लेखित पिल्स चक्कीहरूले ठ्याक्कै कसरी काम गर्छ भन्न नसके पनि असुरक्षित यौन सम्पर्कको केही घण्टाभित्रै यी औषधिहरूको सेवन गरेको खण्डमा डिम्बासयबाट डिम्ब निस्कन नदिने वा ढिलाइ गर्ने, शुक्रकिट र डिम्बबीच निषेचन हुन नदिने तथा डिम्ब र शुक्रकिटबीच निषेचित भइसकेको भए पनि पाठेघरको भित्री तहमा बस्न नदिने विश्वास गरिएको छ । कपर टीले शुक्रकिट र डिम्बलाई मार्नुको अलावा निषेचित भइसकेको डिम्बलाई पनि प्रतिकूल असर पु¥याउने अनुमान छ ।
एकैपटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाकवाकी लाग्ने, उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । यदि यी औषधि खाएको दुई घण्टाभित्र उल्टी भएमा यथाशक्य चाँडो अर्को मात्रा खानु पर्दछ । यी साधनको प्रयोगपश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ । डिम्ब निष्कासन हुनु अगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुने हुनसक्छ ।
आपतकालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरू परिवार नियोजनको प्राथमिक उपाय नभई अरू उपाय फेल खाँदाको अवस्थामा एउटा विकल्प हो । आपतकालीन गर्भ निरोधका साधनहरूले कुनै यौनजन्य संक्रमणबाट भने बचावट गर्दैन । यदि आपतकालीन गर्भ निरोधका प्रयोगको तीन हप्तासम्ममा पनि महिनावारी खुलेन भने गर्भ रह्यो कि भनेर जाँच गराउनु पर्छ । असुरक्षित यौन सम्पर्क अगाडि नै सतर्कता अपनाउनु वा यौन सम्पर्कको दौरान उपयुक्त साधन अपनाउनु बुद्धिमानी हुन्छ ।
प्रकाशित: १५ फाल्गुन २०७४ ११:०७ मंगलबार