उसको नाम धनबहादुर हो । नामले मात्रै हो धनबहादुर भएको । ऊ धनको धनी थिएन, मनको मात्रै थियो । नामजस्तो बलको बहादुर पनि थिएन । किनभने, बलियो हुनलाई धन नै चाहिँदो रहेछ । गरिब देशको ऊ नामले मात्रै धनी छ । साँच्चैका धनी त सुकिला नेता÷सांसद÷मन्त्री मात्र छन्, गरिब भनेका त मैला नागरिक मात्रै । ऊ त्यही मैलो नागरिक हो ।
दुई छाक टार्नकै लागि भनेर साउदीमा ठ्याक्कै १० वर्ष गुजार्यो उसले । देशमा लोकतन्त्र नामको तन्त्र आएको पनि त्यति नै समय भो क्यार ! यतिन्जेल त्यहाँ बगाएको पसिनाले त्यहाँको बञ्जर माटो सिञ्चिएर मलिलो बन्दै गयो, आफ्नो देशको माटो भने झन्झन् रुखिँदै गयो ।
सरकारसँग यही गुनासो रहिरहन्थे बिदेसिएका नेपाली युवा । त्यसमध्येको एक धनबहादुर थियो ।
सधैँ देश कंगालै त कहाँ बन्दो रैछ र ?समय एकाएक फेरियो । नयाँ संविधन बनेपछि नयाँ राजनीतिक व्यवस्था र शासन प्रणालीमा गएको नेपालले नयाँ प्रधानमन्त्री पायो ।
त्यसको छोटो समयमै बिदेसिएका झन्डै २१ लाख नेपाली युवालाई स्वदेश फिर्ता बोलाइयो । सबैलाई नेपालमै रोजगारी सिर्जना भइसकेछ, नेपालका सक्रिय जनशक्तिका लागि मात्रै होइन, चाहेका खण्डमा विदेशीको लागि पनि धनबहादुरले सन्तोषको लामो सास फेर्यो ।सोच्यो, अब रोजगारीका लागि भनेर कोही नेपाली युवा बिदेसिनु नपर्ने भो ।
नयाँ वर्ष २०७५ को छेको । नेपाल फर्किंदै छ धनबहादुर । तर, ऊ आएको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेन, अन्यत्रै उडायो । उसलाई लाग्यो, लौ अपहरणमा परियो !सोच्यो, सरकारले स्वदेश फर्काएको यही गर्नलाई पो रैछ कि क्या हो, हँ ?तर, होइन रैछ ! उसले ठम्यायो । ऊ त ‘कर्नाली अन्तर्राष्ट्रिय विमानस्थल’ मा पो ओरालियो ! पहिला जुफाल विमानस्थल भएको ठाउँ ।
‘देशको राजधानी त कर्नालीमै पो सारिएको रैछ !’ उसले मनमनै गम्यो ।धनबहादुर एअरपोर्ट बाहिर निस्कियो ! निस्केर चारैतिर आँखा डुलायो । ओहो ! ऊ हि“डडुल गरेको पाखो, चामल र नुन बोकेको बाटो जताततै गगनचुम्बी महलहरू, कलकारखाना, अस्पतालहरू ठडिइसकेछन् । उसले बिदेशमा पनि नदेखेका दर्जनौँ लेनका चिल्ला ‘वन वे’हरू अनि ‘रोप वे’ र ‘रेल वे’हरू देख्यो, आफ्नै देशमा ।सडक पारिपट्टिको एउटा भव्य भवनको आधा छातीमा ‘कर्नाली इन्टरनेसनल युनिभर्सिटी’ लेखिएको पढ्यो उसले । अनि त्यतै सोझिएको बाटो समात्यो ।
मूलद्वारबाट भित्र छिरेर भवनको ढाड हुँदै टाउकोतिर आ“खा उकाल्दा देख्यो– युरोपियन-अमेरिकन विद्यार्थीहरू पनि टन्नै पढ्दा रैछन् । दंग पर्दै बाहिरियो ऊ ।हिँड्दै जाँदा एउटा इलेक्ट्रिक बस स्टपमा पुग्यो । स्टेसनभित्र पस्यो र चढ्यो । कर्नाली नदीमा बनाइएको ड्यामको काछैकाछ बस गुड्यो । आफू जाने(पहिलाको) गाउँको पत्तो पाउनै सकेन उसले । करिब २० किमि गुडेपछिको चौथो स्टपमा झर्यो ।
झरेपछि देख्यो, कर्नाली नदीको भव्य पावर हाउस । त्यतै सोझियो ऊ त्यसपछि ।
‘दाइ यहा“बाट कति बिजुली उत्पादन हुन्छ ?’ नजिकैको गार्डलाई सवाल तेर्सायो ।‘अहिले त २० हजार मेगावाट मात्रै हुन्छ,’ उसले जवाफ फर्कायो, ‘देशभरबाट भने ८३ हजार मेगावाट । हाम्रा प्रधानमन्त्रीले त पानी र हावा दुवैबाट बराबरी बिजुली निकालेका छन् ।’‘अनि यतिका बिजुली कहा“ खपत भएको छ त दाइ ?’ खुसीले छातीमा डल्लो परेजस्तो भो उसको । झन्डै भक्कानियो धनबहादुर ।
‘लोडसेडिङ भन्ने त नेपालीलाई थाहै छैन ! हाम्रो बिजुली भारत, चीन, बंगलादेश, भुटानलगायत देशमा बिक्री हुन्छ,’ उसले थप्यो, ‘भारतलाई मात्रै २० हजार मेगावट बिजुली बिक्री गर्छ नेपालले । सय मेगावाट त उसलाई अनुदानमै देको छ ।
अघिल्लो महिना भारतले नेपालको सुरक्षा चासोलाई बेवास्ता गरेको भनेर भारतलाई निकासी गर्ने जम्मै बिजुली पनि बन्द गरिदियो । यसै महिनाबाट पुनः विचार गर्यो, फेरि सुचारु भो... ।’घुइँघुइँ पैदल हि“ड्न थाल्यो ।एउटा साइबर भेटियो । पस्यो । अनलाइन के बसेको थियो, बूढी ज्यामैलाई फेसबुकमै भेट्यो ! अचम्मको सीमा रहेन उसको ।‘नानी, कता छस् ?’ उनले च्याट्मा लेखिन् ।‘म कर्नालीमै छु बजु, घर आउ“दै छु ! तर, बाटो बिराए“ । चिनिन“ । हाम्रो घर कहा“नेर पर्छ ?’ उसले लेख्यो ।‘हुम्ला स्ट्रिटबाट नराकोट हिलजाने १७ नम्बरको केबुलकार चढेर आइज । चन्दननाथ स्टेसनमा झरेर मलाई फोन गर्, म लिन आउ“छु,’ बजुले लेखिन् ।
खुसीले पागलजस्तै भयो ऊ । हतारहतार सडकमा निस्कियो । चिल्ला सडकमा नया“नया“ मोटरहरू एकतमास गुडिरहेका थिए । फराकिलो फुटपाथमा अलि छिटोछिटो हि“ड्न थाल्यो । कर्नाली किनारमा पुग्दा अचम्म लाग्यो । तुइन थिएन त्यहा“ । अहिलेका प्रधानमन्त्रीले पहिलोपटक प्रधानमन्त्री बन्ने बेला पहिलो दिनमै हटाउँछु भनेका थिए, सबै हटाएछन् ‘प्रधानमन्त्री हुनु त यस्तो पो’ उनलाई मनमनै नमन ग¥यो उसले । उनीजस्ता प्रधानमन्त्री पाउने देश नेपाल कति भाग्यमानी ? उनी जस्ता प्रधानमन्त्री पाउने हामी नेपाली कति भाग्यमानी ? उसले मनसित भन्यो ।
तुइन भएको ठाउँमा त चारतले पुल बनिसकेछ ! अचानक, साइरन बज्यो । ऊ टक्क उभियो ।जताततै, राताबत्ती बले । त्यो पुल त बीचबाट दुईतिर पो छुट्टियो मुख बाएझैँ । र, दुवै भाग बुल्डोजरझै“ उचालिए । पुल माथिबाट वारपार गर्नुपर्ने सबै सवारीसाधन पुल छुट्टिनुअघि नै रोकिइसकेका थिए । अल्लिखेरमा ठूलो आवाज निकाल्दै नदीमा बडेमानको पानीजहाज आयो र पार भो । पानीजहाज गएपछि पुलबिस्तारै तल झर्यो र पहिलेको अवस्थामा आएर जोडियो । पुनः त्यस्तै साइरन बज्यो । रातो बत्तीको साटो हरियो बत्ती बल्यो । रेल, मोटरहरू वारपार गरे ।
हिँड्दाहिँड्दै लागेको थकान मेट्न चिया खाने निधो गर्यो उसले । नजिकै कफीहाउस रैछ, छि¥यो । सिसाको भित्तो पछाडि साहुजीले चिया बनाउँदै थिएँ । चुल्होमा सीधै एउटा पाइप आएको थियो, पछाडि करेसोपट्टिबाट ।
‘साहुजी, खोइ त सिलिन्डर कहाँबाट आएको छ त ग्यास ?’‘ए, तपैँलाई थाहा छैन ? यो त काठमान्डुबाट पाइपमा आको ग्यास हो, हाम्रा प्रधानमन्त्रीको नयाँ कन्सेप्ट क्या । अहिले सबैको भान्सामा पाइपबाटै ग्यास आउँछ, खेर जाने फोहोरबाट उत्पादित भएकाले सरकारले सित्तैमा बाँडेको छ देशभरका जनतालाई... । उत्पादन बढी भएकाले भारततिर निकासी पनि हुन थालेको छ रे, अचेल त ।’
सकसक लागेर फेरि सोध्यो, ‘अनि नि साहुजी, भूकम्पले खाएका जिल्ला कस्ता भएका छन् त ?’
‘काठमान्डु सहरको त कुरै नगरौँ । कुनै युरोपियन मुलुकले पनि टक्कर दिन नसक्ने गरी पुनर्निर्मित भएको छ । उत्पात्तै सुन्दर भएको छ । अझ, भूकम्पले क्षति पुर्याएको रसुवा, दोलखा, गोरखा भनिने पहिलाका जिल्ला त अहिले पर्यटकीय हब बनेका छन् भाइ । विदेशीको ओइरो छ ।
हामी नेपाली कति भाग्यमानी हगि ! हाम्रा प्रधानमन्त्री जस्तो त संसारमा कोही छैन होला । उनी त जनताले खाए कि खाएनन् भन्नेसम्म पनि ख्याल गर्छन् ।’चिया खाएर बाहिरियो ।एकछिनपछि आकाशमा आधा हेलिकप्टर जस्तो, आधा माइक्रोबस जस्तो स्वरूपको वाहन उड्यो । ऊभित्र कुतूहल जाग्यो । एउटा पैदलयात्रुलाई सोधिहाल्यो, ‘दाइ, त्यो माथि उडेको के हो ?’
‘भाइ, त्यो त एअर एम्बुलेन्स हो,’ उसले भन्यो, ‘बिरामी बोक्छ । अचेल अकालमा कोही पनि मर्दैनन् कर्नालीमा ।’त्यसैत्यसै खुसीले चरोझैँ उडु“उडु“ लाग्यो उसलाई ! अलिअघि के पुगेको थियो, ठूलो क्षेत्रमा फैलिएको एउटा भव्य महल देखियो । त्यसको छतमा रकेट÷डिस्क एन्टिनाजस्ता अनि स्याटेलाइट जस्ता यन्त्रहरू जडित थिए । नजिकै उभिएको एउटा सैनिकलाई सवाल तेर्सायो उसले, ‘यो के हो, सर ?’
‘यो त अन्तरिक्ष प्रक्षेपण केन्द्र हो,’ उसले भन्यो, ‘भोलि पहिलोपटक अन्तरिक्ष यान प्रक्षेपण गर्दै छ नेपालले ।’
त्योभन्दा थोरै अघि एउटा ठूलो मैदान जस्तो थियो, प्याराफिट पनि रैछ । कम्पाउन्ड लगाइएको थियो । गेटबाट भित्र नजर हुल्यो । चहलपहल खुबै थियो । एउटा गार्डस“ग सोध्यो, ‘सर, यहाँ के हु“दै छ ?’ ‘यहा“ विश्वकप फुटबल खेलको तयारी हु“दै छ । यसपालि आयोजक नेपालले नै जित्लाजस्तो छ ।’त्यहाँबाट बाहिरिएर सरसर हिँड्न थाल्यो, धनबहादुर ।
अचानक, कसैले पछिल्तिरबाट कोट्यायो मलाई । फरक्क फर्किएँ । बिमली पो रैछे । मेरी बाल सखी । ऊ रमस“गै गोरु चराउन जान्थ्यौँ, कर्नाली नदी किनारमा ।‘बिमली !’ म झन्डै चिच्याए“ ।‘धने । बल्ल फर्किइस् नेपाल ? त“ जा“दा कस्तो थियो देश, आज कस्तो भो ? थाहा छ, म त नेपालमा पहिलो महिला प्रधानमन्त्री बन्न चुनाव लड्दै छु नि ।’‘हो र,’ धनबहादुर आश्चर्यचकित भयो ।
उसले भनी, ‘अहिले त देशका प्रधामन्त्री अति नै भिजनरी छन् ! हेर् त, कति छोटो समयमै देश बन्यो ?’
‘अनि ?’‘नया“ संविधान पनि लागू भइसक्यो देशमा ! विश्वकै नमुना संविधान बनेको भनेर अन्तर्राष्ट्रिय स्तरबाट धेरै प्रसंशा पाएका छौँ । अनि यस वर्षको नोबेल शान्ति पुरस्कार पनि नेपालकै पोल्टामा पर्यो ! नेपाललाई राजनीतिक रूपले स्थिर, कंगालबाट सम्पन्न र देशको मगन्ते राष्ट्रियताबाट एकैपटक स्वाभिमानी बनाउने हाम्रा प्रधामन्त्रीले हातपारे ।’
‘अरू पनि भन् न बिमली... ।’‘नेपालको आर्थिक वृद्धिदर दोहोरो अंकको छ । हाम्रो गाउ“का स्याउ, खाद्यान्न र जडीबुटी विदेश निर्यात हुन्छन् ! बिदेसिएका सबै युवा नेपाल फर्किसके । त“ पो बल्ल फर्किइस् ! विदेशीहरू अध्ययन र रोजगारका लागि नेपाल आउने क्रम बढ्दो छ । टुल्के र गोरेले व्यावसायिक यार्सा खेती गर्छन् । अनि थाहा छ, हामीसित पढेको डोले त कर्नाली प्रदेशको मुख्यमन्त्री भएको छ ! अहिले त कोही बेरोजगार छैनन्, नेपालमा !’ऊसित छुटेर हतारहतार ‘नराकोट हिल’ जाने केबुलकारको टिकट काउन्टरतिर हान्नियो धनबहादुर ।
प्रकाशित: ५ फाल्गुन २०७४ ०३:०६ शनिबार