अन्य

कम्पविनाको भूकम्प

सुरेश किरण

स्थान ः राष्ट्रिय भूकम्पमापन केन्द्र । 
दिन ः २०७४ मंसिर २२ ।
समय ः साँझ पख । 
मंसिर २२ गते साँझ करिब ७ वा ८ बजे, राष्ट्रिय भूकम्पमापन केन्द्रमा रहेको फोनको घन्टी बज्यो । भूकम्पमापन केन्द्रमा यस्तो फोनको घन्टी बज्नु अब सामान्य नै भइसकेको छ । खासगरी ०७२ सालको वैशाख १२ पछि ।
‘हेलो, यो भूकम्पमापन केन्द्र हो ?’ फोनमा अलिकति हडबडाएको स्वर सुनियो ।
‘हजुर हो । को बोल्नुभएको होला ?’ केन्द्रबाट सोधनी भयो ।
उताबाट सोधियो, ‘अहिले भर्खर जुन भूकम्प गयो नि, त्यो कति रेक्टर स्केलको थियो ?’
‘भूकम्प ? अहिले भर्खर ?’ फोन उठाउने कर्मचारी अलिकति झस्के, ‘खोई हजुर, यता त त्यस्तो कुनै रेकर्ड भएको छैन । अहिले त कुनै भूकम्प आएकै छैन हजुर ।’

‘अरे बाबा, प्रधानमन्त्री निवासमा हो क्या, निवासमा । यत्रो भूकम्प आएको पनि चाल पाउनुभएन तपाईंहरूले ? एमालेको कर्मचारी प¥यो कि क्या हो ?’ उताबाट हकार्ने शैलीमा सोधनी भयो ।


‘खोई त, यता सर्लक्कै हल्लियो,’ उताबाट  पनि चकित आवाज आयो ।
‘होइन होला हजुर । तपाईं बस्नुभएको कुर्सी, पलङ केही हल्लिएको होला । भूकम्प त आएकै छैन,’ कर्मचारीले सम्झाउने प्रयास गरे ।
‘खोई, त्यसै होला त उसो भए ? मलाई त हल्लाएकै जस्तो लागेर सोधेको । ल धन्यवाद भाइ,’ उताबाट फोन राखियो । 
कर्मचारी पनि किञ्चित मुस्कुराउँदै आफ्नो मोबाइल खोल्न लागे । 
तर, उनको मोबाइल अन पनि हुन पाएको थिएन, फेरि अर्को फोन बज्यो, ‘हेलो, भूकम्पमापन केन्द्र होइन 
यो ? अहिले भर्खर गएको भूकम्प कति रेक्टरको थियो हँ ?’
कर्मचारी फेरि सतर्क भए, ‘खोई हजुर, यहाँ त भूकम्पको कुनै रेकर्ड देखाएको छैन । कहाँ आएको थियो भूकम्प ?’
उताबाट जवाफ आयो, ‘म यहाँ सानेपाबाट फोन गर्दै छु । यहाँ त नराम्रै गरी हल्लाएको थियो, कसरी रेकर्ड भएन ? राम्ररी हेर्र्नुस् त ।’
अब भने कर्मचारीलाई पनि राम्रैसँग हेर्नुपर्ने महसुस भयो । उनले केन्द्रमा रहेका अरु मेसिनतिर पनि आँखा लगाए । तर अहँ, भूकम्पमापन भएको छैन । तर भूकम्पमापन नभए किन मानिसले फोन गरे त ? त्यसै त गर्दैनन् होला । उनको सोच जारी नै थियो, अर्को घन्टी बज्यो, ‘यता सानेपातिर त साह्रै हल्लायो । केन्द्र कता परेछ हँ ?’
कर्मचारी फेरि चकित भए । फोन गर्ने मानिसलाई उनले सोधिहाले, ‘तपाईं सानेपाको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ ?’
फोनमा सुनियो, ‘सानेपाको मुख्य ठाउँमै हो । अघिदेखि हल्लिरहेको छ, हल्लिरहेको छ ।’
कर्मचारीले तुरुन्त सानेपा बस्ने अर्को कर्मचारीलाई फोन गरे, ‘सानेपा हल्लियो भनेर फोन आइराख्या छ, के हो ?’
‘खोई, यता त त्यस्तो केही भएको छैन है,’ उताबाट जवाफ आयो ।
कर्मचारीलाई लाग्यो, यो पक्कै कुनै जाँड खाएको मान्छेले फोन गरेको हुनुपर्छ । जाँडले आफू हल्लिरहेको थाहा नपाएर घर हल्लियो भन्ठान्या होला । त्यहीबेला फेरि अर्को घन्टी बज्यो । फोनमा कोही महिला थिइन् । हतास स्वरमा सोधिन्, ‘हेलो, यो भूकम्पमापन केन्द्र हो हगि ? यतातिर भर्खरै कस्तो हल्लायो । कति रेक्टरको भूकम्प रहेछ यो ?’
कर्मचारीले सोधे, ‘यसलाई रेक्टरमा होइन, क्वाटरमा दाँज्नुपर्ला म्याडम । सानेपातिर होइन ?’
‘होइन, यो त बूढानीलकण्ठ नारायणथान हो ।’
‘बूढाीनलकण्ठ ? बूढानीलकण्ठमा पनि हल्लियो ? तर म्याडम, यहाँ त त्यतातिर भूकम्प गएको कुनै रेकर्ड भएको छैन ।’
‘रेकर्ड भएको छैन रे ? कसरी रेकर्ड भएन ? कमसे कम पनि ७ रेक्टर त हुनैपर्छ । यत्रो भूकम्प पनि रेकर्ड नहुने कस्तो मेसिन हो तपाईंहरूको ? ल राम्ररी चेक गर्नुस् !’ धडाम्म फोन राखेको आवाज आउँछ । 
कर्मचारी ट्वाल्ल परे । के भएछ यो ? नारायणथानतिर पनि हल्लाएको छ रे, तर कम्पनको रेकर्ड छैन । कर्मचारीले पुनः मेसिन चेक गरे । तर अहँ । अहिले पनि कुनै कम्पनको संकेत छैन । मेसिनै बिग्रे मात्रै हो । नभए त कम्पन भएकै छैन । 
फेरि घन्टी सुनियो । अहिलेचाहिँ कर्मचारीको मोबाइल बजेको रहेछ  । ‘अँ भन, किन ?’ घरको फोन रहेछ ।
‘हजुर सुनिस्योस् न, भर्खरै भूकम्प गएको हो ?’ श्रीमतीले सोधी ।
‘कहाँ ? हाम्रो घरमा ?’ कर्मचारी तिलमिलाए ।
‘होइन,’ श्रीमतीले बिस्तारै भनी, ‘तनहुँबाट ठुल्दाइको फोन आएको । त्यहाँ त बेस्कन हल्लायो भन्दै हुनुहुन्थ्यो । हल्लाएको हो ?’
‘तनहुँ पनि हल्लायो रे ? तिमीले चाल पायौ त ?’
‘अहँ । त्यही भएर त सोधेको ।’
‘ल ठीक छ, म यहाँ चेक गरेर फोन गर्छु । अहिलेलाई राख ।’
श्रीमतीले समेत सोधेपछि त केही न केही पक्कै भएको होला । तर के भएको हो, कसैलाई थाहा छैन । यसपछि  भने कर्मचारीको दिमाग खान थाल्यो । भूकम्पबारे फोन आएको आयै छ । तर, कहाँ कसरी आयो, त्यसको भने कुनै जानकारी छैन । 
सोच्नै पाएको छैन, फेरि अर्को फोन आयो । बर्बराइरहेको जस्तो आवाजमा कसैले प्रश्न गरे, ‘ए भाइ, भर्खर आएको भूकम्प त डरलाग्दैजस्तो लाग्यो । सेन्टर भन्देखुन्लाई कहाँ परेछ ?’
स्वर सुने सुनेजस्तो लाग्यो । कर्मचारीले सोधिहाले, ‘हजुर, तपाईंको लोकसन चाहिँ कहाँ हो ।’
‘अरे बाबा, नम्बरले थाहा पाउनुपर्ने नि, म यहाँ बालुवाटारबाट फोन गर्दै छु बाबा । अघिदेखि हल्याहल्यै छ । सेन्टर कता भनेर सोधेको ।’
‘बालुवाटार ? बालुवाटारमा कता ?’
‘अरे बाबा, प्रधानमन्त्री निवासमा हो क्या, निवासमा । यत्रो भूकम्प आएको पनि चाल पाउनुभएन तपाईंहरूले ? एमालेको कर्मचारी प¥यो कि क्या हो ?’ उताबाट हकार्ने शैलीमा सोधनी भयो ।
कर्मचारी भने जिल्ल । होइन आज के भइरहेछ यो ? ठाउँ–ठाउँबाट हल्लायो भनेर फोन आइरहेको छ । तर यसलाई न मेसिनले ट्रेस ग¥यो, न त कसैबाट पुष्टि नै भयो । कस्तो भूकम्प आएको होला यो ? के संसारमा यस्तो भूकम्पको पनि अस्तित्व छ र ?    
 
  

प्रकाशित: १ पुस २०७४ ०४:१४ शनिबार

कम्पविनाको भूकम्प