अन्य

जीवन्मुक्त लक्षण–३

हेमराज ज्ञवाली
तत्वत्रानमात्र एक तृष्ण झार डढाउने । 
समाधि भनिने यै हो चुप्प बस्दा कहाँ हुने ।। 

जगत् यो हो ब्रह्मरूप यस्तो निश्चय लीकन ।
मनशान्त गरी बस्नु ब्रह्म कवच लीकन ।।

पूर्णेन्दुझैँ शान्तचित्त ब्रह्मा लीन भैकन ।
रहन्छ यो त्यही योगी त्यही हो परमेश्वर ।।

अन्तरात्माबाट जस्ले ब्रह्मतत्व विचार्दछ ।
विषादहर्षरहित आनन्दमय बन्दछ ।। 

बल्दो पहाडमा जस्तो बस्दैनन् मृग आचरा ।
त्यसरी दोष बस्दैनन् कहिल्यै पनि ज्ञानीमा ।।

क्रमशः 
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

प्रकाशित: १ पुस २०७४ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App