अन्य

संघर्षकी प्रतिमूर्ति

वैवाहिक बन्धनमा बाँधिएको पाँच वर्ष नबित्दै पतिले अर्की पत्नी भित्र्याए। एकातिर, नाबालक दुई छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको पीडाले एक निरक्षर महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्। 

पारिवारिक तथा सामाजिक अपहेलनाको बाबजुद पनि सिरहा, धनगढी नगरपालिका–९ (साविक मुसहरनिया–८) की फूलकुमारी योन्जन (श्रेष्ठ), ५३, जीवनका चुनौती सामना गर्दै अगाडि बढिरहिन्। अदम्य साहस र हिम्मतले उनी आफू मात्र अगाडि बढिनन्, समाजका विपन्न तथा पछाडि परेका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरसमेत बनाइन्। विस्तृतमा पढ्नुहोस्

भिडियो

प्रकाशित: २२ कार्तिक २०७४ ०८:२२ बुधबार

#नागरिकनायक_#फूलकुमारी