अन्य

निरुता सिंहलाई भेट्न चाहन्छु

साहित्यकार झमक घिमिरेको चर्चित आत्मकथा ‘जीवन काँडा कि फूल’, ‘हत्याकाण्ड’, ‘आगो २’ लगायतमा अभिनय गरकी नायिका तथा ‘मोहनी’ गीति एल्बम बजारमा ल्याएर  गायिका बनेकी सारिका घिमिरेले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’सँग यसरी बताइन् ।

मन पर्ने ठाउँ ?
इलाम मलाई एकदमै रमाइलो लाग्यो । हावा पानी अनि सुन्दर वातावरण भएकाले पनि मन परेका हो ।
तपाईंले गुनगुनाइरहने गीत ?
‘धेरै चोटि आँखा जुध्यो...’ बोलको गीत जतिखेरै गाइरहने गीत हो ।
मनपर्ने गायिका ?
अरुणा लामा असाध्यै मिठो स्वरकी धनी हुनुहुन्छ । उहाँ मलाई अति मन पर्छ ।
भेट्न चाहेको मान्छे ?
नेपाली नायिका निरुता सिंह । उहाँको अभिनयले प्रभावित छु ।
कलर ?
एलो, ब्लु, रेड । प्रायः यस्तै लुगाले मलाई म्याच गर्छ । त्यसैले मलाई यस्तै रङ प्रिय लाग्छ ।
घुम्न मन लागेको ठाउँ ?
स्विट्जरल्यान्ड । धेरै सुनेकी हुनाले यो देश घुम्न जाने चाहना छ ।
घडी ?
र्याडो घडि मलाई मन पर्छ ।
सवारी साधन ?
 स्कुटर मेरो मनपर्ने साधन हो ।
मोबाइल ?
आइफोन सेभन । म प्रायः यही बोकिरहेकी हुन्छु ।
फिल्म ?
‘पशुतिप्रसाद’ किनभने यो चलचित्रले यथार्थ कुरा झल्काएको छ ।
साहित्यकार ?
मलाई सहित्यकारमा झमक घिमिरे मन पर्छ । उहाँको आत्मकथा ‘जीवन काँडा कि फूल’ पढेकी छु । यसैमा अभिनय गर्ने मौका पाएँ । पढ्दा असाध्यै मन छोयो ।
राजामा कुन राजा मन पर्छ ?
पृथ्वीनारायण शाहको जीवनीबाट प्रभावित भएँ ।
प्रस्तुति : भोला अधिकारी

प्रकाशित: १९ कार्तिक २०७४ ०५:३१ आइतबार

निरुता सिंहलाई भेट्न चाहन्छु नागरिक परिवार