अन्य

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी फिर्ता

मनाङमा एमालेले समर्थन गरेका उम्मेदवार कुख्यात डन दीपक मनाङे

पोखरा— एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन्। लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ। मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको नागरिकन्युजलाई बताए।

‘हाम्रो उम्मेदवार नै अब राजीव (दीपक मनाङे) हो। स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेले फिर्ता गराएपछि समर्थन स्वतन्त्रलाई हुनेछ,’ उनले नागरिकन्युजसँग भने, ‘स्वतन्त्र उम्मेदवारलाई भरपूर सहयोग हुनेछ।’‘एमालेकी उम्मेदवार खण्डाको उम्मेदवारी फिर्ता भएको छ,’ ढकालले भने, ‘अब स्वतन्त्र उम्मेदवार राजीव र कांग्रेसका कर्मा गुरुङबीच प्रतिशपर्धा हुनेछ।’

एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरेपनि अन्तिम समयमा विवाद हुँदा खण्डालाई उम्मेदवार चयन गरेको थियो। आफुलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका थिए। स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारीक उम्मेदवार बनाउने एमालेको तयारी थियो।

एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले खण्डाको उम्मेदवारी फिर्ता भएकोले एमालेको समर्थन राजीवलाई हुने बताए। ‘हाम्रो उम्मेदवार नै अब राजीव (दीपक मनाङे) हो। स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेले फिर्ता गराएपछि समर्थन स्वतन्त्रलाई हुनेछ,’ उनले नागरिकन्युजसँग भने, ‘स्वतन्त्र उम्मेदवारलाई भरपूर सहयोग हुनेछ।’

राजीव र खण्डा एकै परिवारभित्रका भएकोले दुवैजनालाई उम्मेदवार बनाउन उपयुक्त नभएकोले खण्डाको फिर्ता गराएको उनले बताए। ‘एकै परिवारभित्रका दिदीभाईबीच चुनावी प्रतिश्पर्धा उपयुक्त लागेन । त्यही भएर हामीले दिदीलाई फिर्ता ल्यायौं,’ उनले भने।

यो पनि पढ्नुहोस्

दीपक मनांगेलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी

कुख्यात गुण्डा नाइके दीपक मनांगे पक्राउ

दीपक मनांगेसहित पाँच डनविरुद्ध अवैध सम्पति थुपारेको मुद्दा

प्रहरीको 'ए ग्रेडको गुण्डा' सूचीमा मनांगे

प्रकाशित: ८ कार्तिक २०७४ १०:१० बुधबार

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी