अन्य

निद्रा बढाउनुस्

निद्रा सित्तैमा पाइन्छ तर गज्जबको निद्रा अमूल्य हुन्छ । २०१६ मा अर्थशास्त्री म्याथ्यु गिब्सन र जेफ्री स्रडरले प्रति साता एक घण्टा अतिरिक्त सुत्ने सुताहाको ५% अतिरिक्त तलब पाउने गरेको छ ।
‘तपाईंको सुताइ कम छ भने त्यसको सिधा असर कामको उत्पादकत्वमा पर्छ,’ पेन्सिलभेनिया विश्वविद्यालयमा स्लिप एन्ड क्रोनोबायोलजीका प्राध्यापक माथियास बास्नेर भन्छन्, ‘राम्रो उत्पादकत्व दिन सक्नु भएन भने तपाईंको जागिर बढुवा हुने सम्भावना पनि कम हुन्छ र त्यसले कमाइमा सिधा असर पनि पारिरहेको हुन्छ ।’
२०११ मा अमेरिकी इन्सोम्निया सर्भेमा प्रत्येक तीन अमेरिकीमध्ये एक जनालाई चिकित्सकहरूले बढी सुत्नुपर्ने सुझाव दिइरहेका पाइएको थियो । यसको अर्थ कम निदाएर वा राम्रोसँग नसुतेका कारण वर्षभरिमा ११.३ दिन बराबरको कम उत्पादकत्व कामदारले दिइरहेका हुन्छन् । यसको अर्थ प्रत्येक वर्ष प्रत्येक कम्पनीले २ हजार २ सय ८० डलर बराबरको क्षति बेहोरेको हुन्छ । यसरी गणना गर्ने हो भने प्रत्येक व्यक्तिको यो ह्रासलाई मुलुकभरिको उत्पादकत्वसँग जोड्ने हो भने ६३.२ अर्ब डलरको खती भइरहेको छ ।
अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनका अध्येता तथा स्लिपिङ योर वे टु द टप पुस्तकका लेखक डेभिड ब्राउन उत्पादकत्व घट्नुको कारण चिनीरोग, मोटोपन र मुटुका रोगजस्ता समस्या हुन सक्ने बताउँछन् । त्यसैले कम्पनीले आफ्ना कामदारलाई बढीभन्दा बढी वजन कम गराउन प्रेरित गर्नुपर्ने ब्राउनको धारणा छ ।
पछिल्लो समय सुत्ने समय घट्दै जाँदा चिनीरोग, मोटोपन र मुटुका समस्या बढ्दै जाँदा आराम गर्ने समय स्वाट्टै घट्न पुगेको पनि केहीको धारणा छ । स्क्रिप्स क्लिनिक भिटर्बी फ्यामिली स्लिप सेन्टरका स्नायु विशेषज्ञ तथा निद्रा लगाउने औषधिका ज्ञाता जे. स्टिभन पोसेटा ढिला समयसम्म बसेर काम गर्नु र धेरै जिम्मेवारी लिनु स्वास्थ्य खराब पार्नु हो भन्छन् । ‘तपाईंको ओछ्यानलाई सुत्ने क्षेत्र मात्र बनाउनुस्, अफिस नबनाउनुस्,’ उनी भन्छन्, ‘वा धेरै अबेरसम्म टिभी वा इन्टरनेटमा अल्झिनरहनुस् । हेर्दा केहीबेरको निद्रा त माया मार्ने हो नि भनिए पनि पछि यसले समस्या निम्त्याउँछ ।’
अमेरिकामा निद्रा लगाउनका लागि विभिन्न किसिमका कार्यक्रममा सहभागी हुने क्रम बढ्न थालेका छन् । ती कार्यक्रमको मूल्य २५ डलरदेखि ५० डलरसम्म पर्ने गरेका छन् ।
ठूला कम्पनीले आफ्ना कामदारको निद्रामाथि ध्यान दिन थालेका छन् । ती कम्पनीले निद्रा लाउने कार्यक्रमको पैसा तिरेर तिनलाई पठाउने गरेका छन् । २०१५ मा केही कम्पनीले ३९% भन्दा बढी कामदारलाई त्यस्ता सुविधा लिन प्रेरित गर्दै पठाएको यस्तो सुविधा उपलब्ध गराउने कम्पनी मर्सरका क्रिस टोरेस्की बताउँछन् । ‘तपाईंलाई चिकित्सकको सहयोग आवश्यक छ भने २ सयदेखि २ हजार डलरसम्म निद्रा फर्काउन सकिन्छ र योभन्दा बढी मेडिकल्ली प्रेस्क्राइब गर्नुपर्ने अवस्था आए इन्स्योरेन्स गर्नुभएको छ भने त्यसले तपाईंलाई सहयोग गर्न सक्छ,’ टोरेस्की भन्छन् ।
तपाईंको निद्रा यति गर्दा पनि फिर्ता आएन भने निद्रा फर्काउन लामो बिदा आवश्यक पर्ने केही चिकित्सकको दाबी छ । २००६ मा नासाका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार यात्रा गरेर फर्कनेहरूमा कामको तीव्रता बढी हुने, तिनले कामलाई बढी रुचाउने र मज्जाले निदाउने गरेको पाइएको छ । बिदा मनाउने र नमनाउनेबीच तुलना गरी हेर्दा २० प्रतिशतले मज्जाको निद्रा पाउने गरेको र बिदा नमनाउनेमध्ये ६ प्रतिशतले मात्र राम्रो निद्रा सुत्ने गरेको पाइएको थियो । यात्रामा रहँदा मोबाइल फोन नहुने हुँदा यसले तपाईंको मोबाइल बानी घट्ने देखिएको छ ।

 

प्रकाशित: १९ श्रावण २०७४ ०४:५५ बिहीबार

निद्रा बढाउनुस् नागरिक परिवार