अन्य

पहिरन र एक्सेसरिजको स्मार्ट छनोट

नवीन लुइँटेल, फेसन डिजाइनर
महिलाले बदलिरहने फेसनसँगै आफ्नो वार्डरोबलाई पनि अपडेट गर्दा राम्रो हुन्छ । त्यसो गर्न सकिएन भने तपाईंको ‘स्मार्ट’ देखिने चाहना पूरा हुन सक्दैन । शरीरको बनावटअनुसार पहिरन र एक्सेसरिज छनोट गर्नुपर्छ । वातावरणअनुकूल पहिरन र रङ छान्नु आवश्यक छ ।
सारी
सारीमा प्रायः सबै महिला सुन्दर र आकर्Èक देखिन्छन् । सारी र ब्लाउजको रङदेखि डिजाइनसम्म मिल्ने हुनुपर्छ । यसमा नयाँ–नयाँ प्रयोग गरेर छुट्टै लुक पाउन सकिन्छ । अलग–अलग किसिमका कट्स र डिजाइन भएका ब्लाउज प्रयोग गरियो भने ‘ग्ल्यामरस’ देखिइन्छ । विवाह, व्रतबन्ध आदिमा जाने हो भने हेभी वर्क गरिएको ब्लाउज पर्फेक्ट मानिन्छ । यस्ता पार्टीमा रातो र हरियो कलर राम्रो मानिन्छ । मोटी महिलाले पेट नदेखिन गरी ब्लाउज प्रयोग गर्नुपर्छ । मिलेको शरीर भएका महिलाले हल्टरनेक ब्लाउज प्रयोग गर्दा राम्रो देखिन्छ ।
कुर्ता–सुरुवाल
आजकल ठिक्क वर्क गरिएका कुर्ता सुरुवाल चलनमा छ । मोटो ज्यान हुनेहरूले अनारकली कुर्ता प्रयोग गर्दा यसले मोटोपन लुकाउन मद्दत गर्छ । अहिले कुर्तास“ग प्लिट राखेको सुरुवाल लगाउने चलन छ । कामकाजी महिलाका लागि यो राम्रो पहिरन हो । साइडकटको साटो भी–सेप, एसिमेट्रिकल र अन्य कट्सको सहायताले कुर्तालाई ट्रेन्डी बनाउन सकिन्छ ।
पश्चिमा पहिरन
बस्ट लाइन हेभी भएकाले सर्ट टप प्रयोग गर्नुहु“दैन । यसले शरीरको तल्लो भाग भद्दा देखाउँछ । कम्मरमा ट्रेन्डी बेल्ट प्रयोग गर्दा राम्रो देखिन्छ । बस्ट हेभी भएकाले कलरफुल लङ ट्युनिक प्रयोग गर्नुपर्छ ।
एक्सेसरिज
हेभी वर्क गरिएको बोर्डरको सारीमा लङ इयररिङ प्रयोग गर्नुपर्छ । इयररिङ हेभी छ भने नेकलेसको प्रयोग गर्नुहुँदैन । हेभी सारीमा सकेसम्म कम गहना प्रयोग गर्नुपर्छ । अहिले मार्केटमा विभिन्न डिजाइन भएका स्टटेड चुरा उपलब्ध छन् । उचाइ कम हुनेहरूले अग्लो हिल प्रयोग गर्नुपर्छ । पार्टीमा जाने हो भने पेन्सिल हिल या हिलवाला स्यान्डल प्रयोग गर्नुपर्छ । वेस्टर्न वेयरमा ठूलो ब्यागको प्रयोग राम्रो मानिँदैन ।
–हात मोटो हुनेले फुल या थ्री क्वार्टर स्लिभको प्रयोग गर्ने । सर्टमा फोल्डेड स्लिभ पनि राम्रो देखिन्छ ।
–लामो गर्दन भएकाले डिपनेक पहिरन नलगाउने । ठिक्क खोलेको प्रयोग गर्नुपर्छ ।
–दिउँसो गाढा रङको साटो हल्का रङको प्रयोग गर्नुपर्छ ।
–साँझमा जुनसुकै रङ प्रयोग गरे पनि हुन्छ ।

प्रकाशित: १३ असार २०७४ ०९:०५ मंगलबार

नागरिक परिवार