अन्य

किन सम्झँदैनौँ चित्रकारलाई ?

तीर्थ निरौला

छिल्लो समय नेपालीहरूमा कलाप्रतिको चेत र आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । कलाकारहरू परम्परागत, आधुनिक र उत्तरआधुनिक कलाधारमा रमेर काम गरिरहेका देखिन्छन् । घर, होटल, संघसंस्था, कार्यालय, बैंकतिर यस्ता चित्रकला सजिन थालेको पाइन्छ । यसर्थ, उज्यालोतर्फ उन्मुख कलाको भविष्य आशलाग्दो बन्दै गएको भन्न सकिन्छ । समाजमा कलाकारको माग बढिरहेको यो परिप्रेक्ष्यमा कला क्षेत्र र कलाकारले अब निराश भइहाल्नुपर्ने देखिँदैन । 

तर, कलामा आशलाग्दो यो दिन ल्याउन महत्त्वपूर्ण योगदान दिने तथा नेपालमा आधुनिक कलाको धरातल निर्माणमा उल्लेखनीय भूमिका खेल्ने चित्रकारको स्मरण गरेको त्यति देखिँदैन । उनीहरूलाई राज्यले त के यही धारमा काम गर्ने आजका कलाकर्मीले समेत सम्झने फुर्सद निकालेको देखिँदैन । साहित्यिक र संगीत विद्याका निधन भइसकेका स्रष्टाको जन्मजयन्ती मनाइन्छ । चोक र चौतारामा सालिक ठड्याइन्छ । तर कला क्षेत्रमा यस्तो संस्कारको अझै विकास हुन सकेको देखिँदैन । किन होला ? 

नेपाली कला क्षेत्रमा कलाकार राजमानपछि उदय भएका भाजुमान नै प्रथम कलाकार हुन्, जसले पहिलोपल्ट जंगबहादुर राणाका साथलागी बेलायत जाने अवसर पाएका थिए । उनले त्यहा“ प्रचलित समसामयिक कलाशैली र प्रविधिलाई नेपाल भित्र्याउने मौका पाएका थिए । यसले परम्परावादी शैली र प्रविधिमा सीमित नेपाली कलामा नया“ आयाम थपेको थियो ।

भौतिक शरीर नरहेका कलाकारका सालिक ठडिएको देख्न नपाउनु, जन्मजयन्ती नमनाइनु कला क्षेत्रकै निम्ति दुर्भाग्य हो । यस्ता क्रियाकलापमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । नेपाली समाजले अरनिकोबाहेक अन्यलाई जानेको वा सम्झेको देखिँदैन । सर्वसाधारण त के धेरैजसो शिक्षित र बौद्धिक जमातलाई पनि ललितकलातर्फका विगतका प्रतिभाको जीवनी र योगदानका विषयमा केही थाहा नै छैन । को, को हुन् त ती प्रतिभा, जसले नेपाली कला क्षेत्रलाई वर्तमान स्थितिसम्म कठोर परिश्रमका साथ ल्याइपुर्याए ? कलामा उनीहरूको के–कस्तो योगदान थियो ? यो जान्नु र यसको कदर गर्ने बानी बसाल्नु कलाकार, राष्ट्र र सर्वसाधारण सबैको कर्तव्य र दायित्वभित्र पर्नुपर्ने हो । तर यस्तो हुन सकेको देखिँदैन । कलाकार देशका गहना हुन् । अझ ललितकला त विश्वभाषा हो । यसको पहु“च र सम्बन्धले अन्तर्राष्ट्रिय जगत्लाई छोएको हुन्छ भन्ने सम्पूर्णलाई ज्ञान हुन आवश्यक छ । 

नेपाली आधुनिक कला इतिहासको कुरा पर्दा आधिकारिक रूपमा कलाकार भाजुमानको नाम पहिले आउ“छ । नेपाली कला क्षेत्रमा कलाकार राजमानपछि उदय भएका भाजुमान नै त्यो प्रथम कलाकार हुन्, जसले पहिलोपल्ट जंगबहादुर राणाका साथलागी बेलायत जाने अवसर पाएका थिए । उनले त्यहा“ प्रचलित समसामयिक कलाशैली र प्रविधिलाई नेपाल भिœयाउने मौका पाएका थिए । यसले परम्परावादी शैली र प्रविधिमा सीमित नेपाली कलामा नया“ आयाम थपेको थियो । यसै प्रविधिअनुरूप नेपालमा हुबहु वस्तुवादी कलाको सिर्जना हुन थाल्यो । व्यक्तिचित्र बनाउने क्रम बढ्न थाल्यो । चित्रकार पूर्णमान, दीर्घमान आदिहरू यसमा सक्रिय रूपमा देखापरे । भाजुमानजस्तै आधुनिक कलाको विकासमा अर्का अगुवा कलाकार थिए– चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, केशव दुवाडी । मास्के कलाका विषयमा भारत गएर कलाशिक्षा आर्जन गर्ने पहिलो नेपाली स्नातकोत्तर प्रतिभा हुन् । त्यसताका कला क्षेत्रमा भएको उनको उपस्थितिले नेपाली कलाले उच्च आधुनिक कलाको संकेत पायो, अर्थ जान्यो र भारतमा प्रचलित कलाको नवमोडलाई आत्मसात् गरी नेपाल भिœयायो । त्यसैबेलादेखि नै नेपालमा सिकार चित्र, अभिव्यञ्जना र भाववादका चित्र बन्न थालेका हुन् । मास्केको पदार्पणपछि नै नेपाली कलामा विधिवत उच्च शिक्षा लिनुपर्ने संस्कारको शुभारम्भ भएको हो । नेपालमा सर्वप्रथम एकल कला प्रदर्शनीको थालनी गर्ने र जहानिया“ राणा शासन हटाऔँ अभियानमा होमिँदा १८ वर्ष जेल तथा सर्वस्वहरणको सजाय पाउने क्रान्तिकारी प्रतिभा थिए मास्के । उनीपछि कलामा उनको जत्तिकै सामथ्र्य राखेका वा कलामा योगदान दिएका तेजबहादुर चित्रकार, केशव दुवाडी लगायतको उदय भएको थियो ।  

यस क्रममा भुल्नै नहुने अर्का सर्जक हुन्, लैनसिंह वाङ्देल । उनले पनि नेपाली कला समाजमा पूर्ण आधुनिक कलाशैलीको ज्योति र चेतना बाल्ने काम गरेका थिए । अर्थात् उनले नेपाली भूमिमा पृथक किसिमको कला (अमूर्तकला) जागृतिको ‘स्पेस’ खोजे । उनको कला पृष्ठभूमिमा भएको परिवर्तनकामी प्रवेशले नेपाली कला क्षेत्र अग्रगमनतर्फ उन्मुख भयो र नेपाली कला नौलो कला मोडतर्फ समाहित हुन पुग्यो । नेपालमा २०१२ सालदेखि नै गेहेन्द्रमान अमात्यका स्वस्फूर्त कलामा अमूर्तशैलीका आभा समय छनक देखिएका भए पनि युगबोधक वाङ्देलको उपस्थितिअगावै नेपाली कलाले पाश्चात्य भूमिमा जन्मेको ठेट पाश्चात्य रङको अमूर्तकलाको अनुभूति भने पाउन सकेको थिएन । वाङ्देलले भारत, थाइल्यान्ड, पेरिस, जर्मनी लगायत मुलुकमा आएको कला जागरणको अनुभव र उपलब्धिलाई नेपालमा प्रवेश गराएदेखि नेपाली कलाले पूर्ण आधुनिकताको स्वाद पाउन थालेको हो । १९८० मा दार्जिलिङमा जन्मेका कलास“गै साहित्यमा पनि उत्तिकै सक्रिय वाङदेल ०१८÷१९ सालमा नेपाल भित्रिएका हुन् ।

वाङ्देलपछि नेपाली कलाको विकासको पृष्ठभूमिमा कलालेखनबाट योगदान दिने नेपालकै प्रथम कलासमीक्षक, प्रचारक नारायणबहादुरसिंह पर्छन् । कुनै पनि कलाकारलाई समाजमा परिचित वा चर्चित बनाउन समीक्षक वा कला लेखकको ठूलो भूमिका हुन्छ । उनीहरूले कला र कलाकारका बारेमा कलम नचलाए समाजको दृष्टि उनीहरूसम्म नपुग्न सक्छ । त्यसैले कला क्षेत्रमा समीक्षकको ठूलो महŒव हुन्छ, जसलाई कला क्षेत्रले संरक्षण र माया दिनुपर्छ । समालोचक नै त्यस्ता रचनाधर्मी हुन्, जसले कलाकार र दर्शकबीच सा“घुको भूमिका निर्वाह गर्छन् । ललितकलाको क्षेत्रमा अन्य विद्याका क्षेत्रमा जस्तै पर्याप्त समीक्षक छैनन् । जसले गर्दा यो क्षेत्र चाहेजति प्रचारप्रसार हुन सकिरहेको छैन । कला क्षेत्रका गतिविधिलाई सूचनाका रूपमा मात्र प्रवाह गरेर पुग्दैन । यस क्षेत्रको विकास गर्न त कला समालोचकको उदार कला समीक्षा आवश्यक पर्छ । नेपाली कलाको समीक्षा लेख्ने इतिहास लामो देखिँदैन । सिंहको कला लेखनअगाडि कलाका केही हरफ घुसाइएका साहित्यिक समीक्षाबाहेक नितान्त कलालाई केन्द्रबिन्दु बनाएर समीक्षा गर्ने र पुस्तकका रूपमा पस्कने प्रचलन नेपालमा बनिसकेको थिएन । १९८७ सालमा काठमाडौंस्थित ठमेलमा जन्मेका नारायणबहादुर सिंह अर्थात् उपनाम धनञ्जय नै ती पहिला प्रतिभा हुन्, जसले नेपाली समाजलाई नेपाली कला र कलाकारको चिनारी स्वरूप राम्रो कोसेली ‘नेपाली चित्रकलाको इतिहास’ दिए । उनले थुप्रै कला लेख जन्माएर सञ्चारमाध्यमबाट नेपाली कला र कलाकारलाई समाजसम्म पुर्याउने काम गरे । 

संक्षेपमा भन्नुपर्दा यस्ता खाले प्रतिभा ललितकलाको क्षेत्रमा थुप्रै छन्, जसलाई सरकार र कला क्षेत्रका निकायले खोजी गर्नुपर्छ । दिवंगत चित्रकारको सालिक बनाउने, जन्मजयन्ती मनाउने परिपाटीको सिर्जना गर्नुपर्छ । भएकालाई सम्मान गर्ने परिपाटी सरकारले बसाल्नुपर्छ । प्रतिभालाई राज्य, कलाकार र कला निकायले बिर्सन मिल्दैन । उनको सम्झनामा हामीले केही न केही उल्लेखनीय काम गरेर देखाउनैपर्छ । ललितकला प्रज्ञा प्रतिष्ठान गठन भएयता भने प्रतिष्ठानले दिवंगत भएका पुराना प्रतिभाको सम्झनासम्म गर्ने प्रचलन थालेको देखिन्छ तर सम्झेर मात्र पुग्दैन, निरन्तरता पनि दिनसक्नुपर्छ । सबै प्रतिभामा यस्तो खाले सम्मान लागू हुँदै जानुपर्छ । नियमित बन्दै जानुपर्छ । सालिक स्थापना गर्ने प्रचलन बसाल्न सरकारीस्तरमा पहल गर्नुपर्छ । 

प्रकाशित: ३ असार २०७४ ०३:५५ शनिबार