अन्य

पुरातत्वप्रेमी गणपतिलाल

दुई वर्षअघिको भूकम्पले तहसनहस पारेको वसन्तपुर क्षेत्रका पुराताŒिवक सम्पदा अझै उठ्न सकेका छैनन्। कुनै बेला शासनको केन्द्र (दरबार) रहेको यो क्षेत्रको खण्डहरले दुई वर्षअघिको भूकम्पलाई सम्झाइरहेको मात्र छैन, राज्यको निरिहतासमेत दर्शाइरहेको छ।

'ओहो, अझै यस्तो बिजोग?' वसन्तपुर पुग्ने धेरैको मुखबाट निस्कने शब्द हुन् यी। तर, जसले मनभित्रको चिन्ता र चासोलाई शब्दबाट ओकल्छन्, तिनले वसन्तपुर छाडेको केही समयमै खण्डहरलाई बिर्सन्छन्।

टेकोको भर र पालको ओतका भग्नावशेष देखेर झोछेँ वसन्तपुरका गणपतिलाल श्रेष्ठ (२८) मा भने छुट्टै भावना जागृत हुन्छ। उनी मनको आवेगलाई शब्दमार्फत ओकलेर मात्र बस्न सकिरहेका छैनन्।

टेकोको भर र पालको ओतका भग्नावशेष देखेर झोछेँ वसन्तपुरका गणपतिलाल श्रेष्ठ (२८)मा भने छुट्टै भावना जागृत हुन्छ। उनी मनको आवेगलाई शब्दमार्फत ओकलेर मात्र बस्न सकिरहेका छैनन्। त्यसैले त उनी वसन्तपुरका सम्पदालाई नयाँ जीवन दिन दिनरात तल्लिन छन्। बिहानदेखि साँझसम्मै वसन्तपुर, हनुमानढोका, झोंछे, आफ्नै टोलतिर बिताउने गणपतिको पहिलो प्राथमिकतामा परेको छ– वसन्तपुर पुनर्निर्माण।

कहिले उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुग्छन् त कहिले पुरातŒव विभाग। कहिले महानगरपालिका पुग्छन् भने कहिले सम्पदालाई कसरी चाँडो र मौलिक शैलीमा नयाँ जीवन दिन सकिन्छ भनेर स्थानीयसँग छलफल गर्छन्।

भूकम्पले गणपतिको घर भत्कायो। उनलाई भने घरको भन्दा बढी चिन्ता वसन्तपुरका सम्पदा भत्किँदा लाग्यो। 

भूकम्पले हल्लाउँदा क्षेत्रपाटीमा थिए गणपति। दगुरेर झोछेँ पुग्दा घर ढलिसकेको थियो, वसन्तपुर पुग्दा दृष्य थियो हृदयविदारक।

शनिबार परेकाले वसन्तपुर घुम्नेको चाप थियो। ढलेका सम्पदाले धेरैलाई किचेको थियो। कोही चिच्याइरहेका थिए, कोही हात खुट्टा हल्लाएर बचाउको संकेत गरिरहेका। जमिन उसैगरी हल्लिरहेको थियो। यो कुनै प्रवाह गरेनन् गणपतिले। नेपाल स्काउट, रेडक्रसलगायत संस्थामा उद्धार तथा विपद् व्यवस्थापन तालिम लिँदा सिकेको विधि अपनाएर उद्धारमा जुटे।

दाजु रञ्जनलाल श्रेष्ठ, उपकारलाल श्रेष्ठ, साथीहरू अमितमान महर्जन, इलिट जोशी, राजु बर्जचार्य, लोचनी बज्राचार्य र सुधीर डंगोल लगायतले साथ दिए उनलाई। एकै छिनमा काष्ठमण्डप आसपासबाट १९ जनाको शव निकाले उनीहरूले। केहीलाई जिवितै उद्धार गर्न सफल भयो उनीहरूको टिम। साथीहरू थपिँदै गए। उद्धारमा खटिने युवाको ठूलै समूह खडा भयो। सम्पदा क्षेत्रमा डोजर चलाउँदा सम्पदा बिग्रन सक्थे। पुरिएका जीवितै हुन सक्थे। त्यसैले त डोजर चलाउन दिएनन् उनीहरूले। सबै काम गर्न खटे।

सम्पदाको भग्नावशेष (इँटा, काठ तथा सम्पदामा रहेका महŒवपूर्ण सामग्री) केही दिनमै छानेर पार लगाए। ‘पुरातŒव विभागलाई पर्खिएको भए सायद महिनौँ लाग्न सक्थ्यो, कतिपय सामग्री हराउन सक्थेँ,’ गणपतिले दुई वर्षअघिका दिन सम्भि्कए, ‘युवा परिचालन गनर्ेे हो भने सम्पदा होइन देशले नयाँ जीवन पाउन सक्ने रहेछ भन्ने कुरा मैले भूकम्पबेला थाहा पाएँ।’

‘हामी लागेका थिएनौं भने वसन्तपुरलगायत पुराताŒिवक धेरै सामग्री हराउथेँ,’ उनी भन्छन्। वसन्तपुरसँगै दरबार क्षेत्र, चाँगुनारायणलगायत ठाउँमा पुगेर स्वयंसेवा गरे उनले भूकम्पका बेला। हरेक स्थानमा ठूलो समूहसहित पुग्ने गणपति त्यसको नेतृत्व लिन्थे। उनको यात्रा भूकम्पपछि पनि निरन्तर जारी रह्यो।

भूकम्पपछि पनि वसन्तपुर क्षेत्रमा सधैँ तल्लिन छन् उनी। पछिल्लो समय सम्पदा संरक्षण गर्न खडा भएको संघर्ष समितिमा रहेर खटिरहेका गणपति। यही खटाइले त अहिले वसन्तपुर आसपासका भित्रि सहरमा कतै पनि फुटपाथ पसल देखिँदैन। फोहोर छैन। जथाभावी पार्किङ घटेको छ। अनैतिक क्रियाकलप गर्नेको जमात त शून्य बनेको छ।

उसो त उनी भूकम्पछि मात्र होइन, सम्पदा क्षेत्रलाई सम्पदा जस्तै बनाउन वसन्तपुरमा खटेको १२ वर्ष पुग्न लागेको छ।

उनी अग्रपंक्तिमा हुन्छन्। उनलाई उनकै टोल छिमेकका साथीले साथ दिन्छन्। हातमा हात थप्दै जान्छन्। यही साथले वसन्तपुर वरपर हुने कन्सर्ट, लागूऔषध कारोबार, यौनजन्य क्रियाकलाप र दुर्व्यसन नियन्त्रणमा सहयोग पुगेको छ। झोछेंले पुनर्जीवन पाएको छ।

ऐतिहासिक हनुमानढोका सत्तलबाट अतिक्रमण रोक्ने, पहिलो नमुना घुम्ती तथा छुट्टै पुलिस बिट स्थापना गर्ने, सडकमा बिजुली बत्तीको व्यवस्था गर्न उनको भूमिका महŒवपूर्ण छ। भित्री सहरको कलाकृति, साजसज्जालाई पनि जोगाउन सकेका छन्। पुरानो ठमेल तथा 'फ्रिक स्ट्रिट' भनेर चिनिने 'हिप्पी एरिया' झोंछे कुनैबेला नराम्रो बनिसकेको थियो। अहिले पहिलाकै अवस्थामा फर्कदैछ।

ऐतिहासिक पहिलो पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिपरेका गणपति सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउन तल्लिन छन्। अझै सम्पदा क्षेत्र तथा आफ्नो टोललाई कसरी राम्रो बनाउन सकिन्छ गणपति सधै सोचमग्न छन्।

काठमाडौंको जात्रा पर्व सभ्य तथा भव्य बनाउन महŒवपूर्ण जिम्मेवारी उनकै काँधमा आउँछ। धरहराको विषयलाई लिएर काठमाडौं महानगरपालिकासँग पनि धेरै पटक टेबुल ठटाइसकेका छन् उनले।

महानगरपालिकाले २०६२ चैतमा धरहरा चलाउन 'साइड वाकर्स ट्रेडर्स' कम्पनीलाई जिम्मा दियो। कम्पनीले सम्झौतालाई अटेर गर्दै कसरी बढी नाफा कमाइन्छ भनेर चलायो। सम्झौता अनुरूप सो कम्पनीले सरसफाइबाहेक अन्य केही गरेन। सम्झौता अनुसार चलाएको थियो भने धरहरामा एकपटकमा १५ भन्दा बढीलाई प्रवेश दिन पाइँदैन। तर, कम्पनीले भूकम्प आउने दिन दर्जनौंलाई चढाएको थियो। जसले गर्दा धेरैले ज्यान गुमाए। कम्पनीले भूकम्पले धरहरा भत्काएपछि पनि दोहन गरिरहेको छ। ‘धरहरा आधा भत्किएर बसेको छ,’ उनले भने, ‘मलाई चाँही त्यहाँ पुग्दा चस्स मन दुख्छ। तर, जिम्मेवार कम्पनीले त्यसैलाई आम्दानीको स्रोत बनाइरहेको छ।’

अझ चाखलाग्दो कुरा त धरहरा भत्किएमा कम्पनीले बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। सरकार भने नाफा कमाउने कम्पनीलाई उन्मुक्ति दिएर धरहरा आफैं बनाउन कस्सिएको छ। यो विषयमा खबरदारी गरिरहेका छन् गणपति।

सम्बन्धित निकाय तथा प्रधानमन्त्री कार्यालयसम्म सबैतिर खबरदारी गरिरहेका छन्। ‘अब बन्ने धरहरा पनि व्यवस्थापन सोही कम्पनीलाई दिइएला भन्ने ठूलो डर छ,’ उनले भने, ‘सम्पदा क्षेत्र निजीलाई दिनु भनेको दोहन गर्नु हो यसैले सबैलाई खबरदारी गर्न लागिपरेको छु।’

यसअघि हनुमानढोका वसन्तपुर क्षेत्र टेन्डर नगरी महानगरपालिकाले निजी क्षेत्रलाई दिन सम्झौता गरेको थियो। धरहरा चलाउने सिद्ध गुरुङ समूहलाई नै दिने थाहा पाएपछि गणपति अग्रपंक्तिमा रहेर आन्दोलनमै उत्रिए। आठ महिनासम्म निरन्तर संघर्ष चल्यो। सर्वोच्च अदालतमा सो कम्पनीलगायत सरकारका निकायसँग मुद्दा नै चल्यो। अन्ततः सर्वोच्च अदालतले निजीलाई दिनबाट रोकेर न्याय गर्‍यो। सम्पदा जोगियो।

‘सर्वोच्चले हाम्रो पक्षमा मुद्दा फैसला गरिदिएको थिएन भने सायद निजी कम्पनीले वसन्तपुर क्षेत्रलाई धरहरा जस्तै गरेर दोहन गरिरहेको हुन्थ्यो होला,’ गणपतिले भने, 'सम्पदा त हाम्रा मुटु हुन्, सरकारले किन चिन्न सकेको छैन?’ सम्पदाप्रति सरकारको बेवास्ताले उनी चिन्तित छन्। त्यसैले त अब उनीहरू सरकारको मुख ताकेर बस्ने सोचमा छैनन्। ‘सरकारले बनाउँला भन्दाभन्दै दुई वर्ष बित्यो,’ उनले भने, ‘बनाएका सम्पदा पनि मौलिकता कायम राख्न सकेन्, अब भने हामी आफैं कस्सिन्छौं।’ 

दुई वर्षसम्म उनीहरू सम्पदाको भग्नावशेष जोगाउन लागि परे। चाडो सम्पदा बनाउनुपर्‍यो भनेर सरकारलाई दबाब दिइरहे। बनाउँदै गरेका सम्पदामा मौलिकता कायम गराउन प्रयास गरे। त्यतिले मात्र नपुग्ने देखेपछि गणपति अग्रपंक्तिमा उभिएर सम्पदा आफैं उठाउन जुटेका छन्। ‘सबै मिलेर काष्ठमण्डप पुनर्निर्माण थाल्दैछौं,’ उनले भने, ‘वैशाख १२ मा काष्ठमण्डप पुनर्निर्माण घोषणा गरेर औपचारिक रूपमा काम सुरु गरिसकेका छौं।’

स्थानीय, विज्ञलगायत मिलेर संस्था नै खडा गरेर काष्ठमण्डप पुनर्निर्माण अभियान जुटेका छन् उनीहरू। यसका लागि उनीहरू श्रमदान र धनदान दिन तयार छन्।

पुरातŒव विभागले पनि स्वीकृत दिइसकेको छ। पहिलो चरणमा काष्ठमण्डप पुनर्निर्माण गर्ने त्यसपछि अन्य सम्पदा पनि हातेमालो गर्दै उठाउन कस्सिएका छन् उनी। यसको अग्रपंक्तिमा छन्, सिंगो नेपालको पैदलयात्रा गर्ने प्रथम पदयात्री स्वर्गीय चैतन्यलाल श्रेष्ठका छोरा गणपतिलाल।

प्रकाशित: २६ जेष्ठ २०७४ ०५:११ शुक्रबार

पुरातत्वप्रेमी गणपतिलाल