अन्य

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी

साझा पार्टीका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार किशोर थापा।

काठमाडौं— साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई चुनाबी मैदानमा उतार्ने भएको छ। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा उनी केन्द्रीय संयोजन समिति सदस्य हुन्।

निजामती करिअर निष्कलङ्क छविका साथ अवकाश लिएका उनी केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए।

निर्वाचन कानुनका कारण थापाको उम्मेदवारी स्वतन्त्र हैसियतको हुनेछ। काठमाडौं महानगरपालिकामा थापाको उम्मेदवारीले पार्टी उत्साही भएको साझा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आर्किटेक्ट-इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए। निजामती सेवामा निष्कलङ्क छविका साथ अवकाश लिएका उनी केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए।

काठमाडाैंको सडक विस्तार तथा दशकौंदेखि अवरूद्ध मेलम्ची खानेपानी आयोजनालाई तीव्रता दिने, नेपालको २० वर्षे ऊर्जा विकास योजना तथा बाहिरी चक्रपथ र अन्य कयौँ महत्त्वपूर्ण आयोजनाको नेतृत्व तहमा काम गरेका उनी शहरी योजनाका स्नातकोत्तर हुन्। उनी २०३१ सालको एसएलसीका बोर्ड टपर हुन्।

उम्मेदवार थापाले महानगरपालिकाका भावी कार्य योजना तथा उनको सहयोगीका रूपमा उपमेयरका लागि उमेदवारी छिटै सार्वजनिक गर्ने जनाइएको छ।

प्रकाशित: १ वैशाख २०७४ ०७:२९ शुक्रबार

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी