अन्य

रूपान्तरण :  परिवर्तनकोे दस्तावेज

रामदयाल राकेश

दीपक चौधरी, स्थापित सामाजिक अनुसन्धानकर्मी तथा समाजशास्त्री, मानवशास्त्री हुन्। उनले आफ्नो अध्ययनको केन्द्र सामाजिक विज्ञान क्षेत्र र त्यसमा पनि मधेसलाई बनाएका छन्।

अध्ययन एवं अनुसन्धानका क्रममा उनले मधेससम्बन्धी तीन पुस्तक लेखेका छन्–  नेपालको मधेसी समाज (०१४), तराई/मधेस अफ नेपाल (२०११) र नेपालको देव समुदाय (२०१३)।

यसअघि डोरबहादुर विष्टको पिपुल अफ नेपालमा तराईको सामाजिकता र सामाजिक समूहबारे संक्षिप्त मानवशास्त्रीय अध्ययन भएको पाइन्छ।

अनुसन्धान र तथ्यांकमा आधारित भएकाले यो पुस्तकलाई आधिकारिक मान्न सकिन्छ। लेखकले मधेसको सबै क्षेत्रमा भएको परिवर्तनलाई पहिचान गरेर प्रस्तुत गरेका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, मधेसमा भूमिसुधार भएन, भुँडीसुधार भयो, यो सत्य साबित भएको छ।

त्यसपछि रामदयाल राकेशले नेपाल र तराईमा आर्यमूलका जातिको मानवशास्त्रीय अध्ययन छोटकरीमा गरेको पाइन्छ।

यस्तो स्थितिमा केहीले व्यक्तिगत परिश्रम, पैसा र पसिना बगाएर यस्तो गहन विषयमा लागिपरेका छन्।

यसै सन्दर्भमा दीपक चौधरीले बडो मेहनत साथ रूपान्तरण पुस्तक लेखेका छन्। यो पुस्तक मूलतः दुई भागमा विभाजित छ। पहिलो भागमा राजनीतिक, सामाजिक तथा आर्थिक पक्ष र दोस्रोमा परिवर्तन तथा उपलब्धिबारे विवेचना गरिएको छ। पहिलो भागअन्तर्गत मधेस जनविद्रोह, मधेस आन्दोलन १, २ र ३, थारु आन्दोलन, एक मधेस एक प्रदेश तथा पहिचानको सवाल, मधेस विद्रोहका कारण रहेका छन्। मधेस विद्रोहको थुप्रै कारण पुस्तकमा खोतलिएको छ। तराईको आन्तरिक औपनिवेशीकरण र यसले तराईमा पारेको प्रभाव, तराई आन्दोलनको विगत, नागरिकतामाथिको राजनीति, भूमिसुधार, तराईमा बसाइँसराइ तथा पुनर्वास कार्यक्रम, असफल विकेन्द्रीकरण, पहिचान तथा अधिकारका आन्दोलन, राजनीतिक, सामाजिक तथा आर्थिक बहिष्करण तथा सांस्कृतिक विभेदका कारण मधेस विद्रोह भएको पुस्तकको सार छ।

पहिलो भागको अन्तिममा मधेसले गरेको राज्यप्रतिको योगदान र राज्यको मधेसप्रतिको दायित्व बडो मार्मिक छ। दोस्रो भागमा परिवर्तन तथा उपलब्धि शीर्षकअन्तर्गत सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनबारे विवेचना गरिएको छ। सामाजिक राजनीतिक परिवर्तनअन्तर्गत मधेसीको पहिचान, अस्तित्वको मान्यता तथा स्वीकारोक्ति, मधेसले महŒव पाउनु, स्थानीय प्रहरी प्रशासनको रबैयामा आएको परिवर्तन र राजनीतिक प्रतिनिधित्वमा भएको वृद्धिलाई पुस्तकमा तथ्यगत र अवलोकन तथा विश्लेषणात्मक ढंगले प्रस्तुत गरिएको छ।

सामाजिक आर्थिक परिवर्तन अन्तर्गत सुरुमा समष्टिगत रुपमा मधेसको सामाजिक, आर्थिक परिवर्तनको आयाम र कारणबारे बडो तथ्यपरक ढंगले विश्लेषण गरिएको छ। पुस्तकमा आर्थिक विकास पक्षमा र परम्परागत पेसामा आएको परिवर्तन, औद्योगिकीकरण, सहरीकरण, वैदेशिक रोजगारी, सामाजिक संरचनामा आएको परिवर्तन, सामाजिक सम्बन्ध, परिवार तथा महिलाको सन्दर्भमा आएको परिवर्तन समेटिएका छन्, जुन यथार्थपरक छन्।

सामाजिक, सांस्कृतिक परिवर्तन अन्तर्गत मधेसको जनसंख्यामा आएको परिवर्तन, युवा संस्कृति तथा मध्यम वर्गको उदय, धर्म, धर्मनिरपेक्षता र मधेस रहेका छन्।

पुस्तकले मधेसमा दिनानुदिन हुँदै गरेका परिवर्तनलाई प्रतिविम्बित गरेको छ। मधेसमा देखिएका केही परिवर्तनलाई सकारात्मक भन्न सकिन्छ भने केही परिवर्तन नकारात्मक पनि छन्। मधेसी युवाको वैदेशिक रोजगारीमा पलायनबाट मधेसी समाजमा आर्थिक उन्नति भएको छ भने यसका कारण सामाजिक सम्बन्ध र संरचनामा धेरै सकारात्मक र केही नकारात्मक दुवै प्रभाव देखिएका छन्। यद्यपि समाज परिवर्तनशील छ, अतः समयानुकूल यसमा परिवर्तन अवश्यम्भावी छ। अंग्रेजीमा एउटा भनाइ छ– चेन्ज इज द साल्ट अफ लाइफ। अर्थात् परिवर्तन भएन भने जीवन नीरस हुन्छ, यसमा कुनै स्वाद अनुभव हुँदैन।

मधेसी समाज अध्येता चौधरीले समाजको क्रमिक परिवर्तनको सूक्ष्म अवलोकन गरेर पुस्तकको विषयवस्तुलाई विश्वसनीय आधार दिएका छन्। स्थलगत निरीक्षण, भ्रमण र सम्बन्धित व्यक्तिको अन्तर्वार्ताका आधारमा तर्कपूर्ण विवेचना गरेका छन्। सौन्दर्यात्मक र कलात्मक कालीगढीझैं केलाइएकाले किताब पठनीय र स्तरीय बनेको छ। उनी आफू पनि समाजविद् भएकाले विदेशी समाजविद् र विद्वान्को मत पनि ठाउँठाउँमा उद्धृत गदर्ैै आफ्नो उद्गारलाई प्रमाणिकता प्रदान गरेका छन्।

उनले मधेस आन्दोलनको नालीबेली केलाएका छन्,  जसमा विश्वसनीयता पाइन्छ। उनको निष्कर्षसित सहजै सहमत हुन सकिन्छ कि मधेस आन्दोलनमा युवाको भूमिका महŒवपूर्ण थियो। सहिद रमेश महतो नै यसको प्रत्यक्ष उदाहरण हुन्। मधेस विद्रोहदेखि हालसम्म भएका सहिदको नाम, सुगौली सन्धि, सन् १९५० को नेपाल, भारत शान्ति सम्झौता, गजेन्द्र नारायण सिंहसँगको अन्तर्वार्ता समेत राखेर पुस्तकलाई सूचनामूलक बनाइएको छ।

मधेस आन्दोलनपछिको परिवर्तनबारे उनको विश्लेषण सटिक छ, 'मधेस विद्रोहले परम्परागत संकीर्ण राष्ट्रियताको जग भत्काएको छ र यसबाट सबैलाई मुक्ति दिएको छ। साथै, यसले मधेसीमा आत्मविश्वास भर्ने काम गर्‍यो। मधेस विद्रोह पछि मात्र समष्टि रुपमा पूर्वदेखि पश्चिमका सबै जात र वर्गलाई जगाउने र घचघचाउने काम गर्‍यो।'

अनुसन्धान र तथ्यांकमा आधारित भएकाले यो पुस्तकलाई आधिकारिक मान्न सकिन्छ। लेखकले मधेसको सबै क्षेत्रमा भएको परिवर्तनलाई पहिचान गरेर प्रस्तुत गरेका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, मधेसमा भूमिसुधार भएन, भुँडीसुधार भयो, यो सत्य साबित भएको छ।

समग्रमा यो पुस्तक नेपालमा र विशेषगरी तराई मधेसमा हुँदै गरेको र हुन लागेको परिवर्तनलाई सटिक तथ्यपरक प्रस्तुत गरिएको एउटा दस्ताबेज हो।

 

पुस्तक : रूपान्तरण

विधा :  समसामयिक राजनीति

प्रकाशक  :  ओरिएन्टल पब्लिकेसन

प्रकाशन मिति :  २०७३

प्रकाशित: २६ चैत्र २०७३ ०३:५३ शनिबार

रूपान्तरण   परिवर्तनकोे दस्तावेज