अन्य

हजुरआमाहरुकी एक्लो सहारा

‘५ वर्षिया बालिकाको दिनचर्या कसरी बित्छ ?’
यस प्रश्नको जवाफ हामी सबैले अन्दाज गर्न सक्छौ– ‘बुबा–आमाको काखमा खेल्दै, साथीहरुसँग रमाउँदै वा स्कुलमा रमाउँदै बित्छ ।’

दक्षिण पश्चिम चीनको गुइजोउ प्रान्तकी ५ वर्षिया चिनिया बालिका वाङ एनाका हृदयविदारक तस्बिरहरुले धेरैको मन छोएका छन् । तस्बिरहरुमा एनालाई चपस्टिक समाएर हजुरआमाहरुलाई खाना खुवाएको, उनीहरुको सरसफाई गरिदिएको र घरको सफाई गरेको देख्न पाइन्छ ।

तर चीनको ग्रामिण हिमाली भेगकी बालिकाको दैनिकी यसरी बित्दैन । स्कुल जाने उमेरकी बालिकालाई अन्य काममा रमाउने फुर्सद नै छैन । उनी बिहान उठेदेखि बिरामी हजुरआमा र जिजु हजुरआमाको स्याहार गर्न थाल्छिन् । सुन्दा नौलो लाग्यो होला । तर यो कुरा यतिबेला देशी–विदेशी सञ्चारमाध्यमहरुमा धेरै नै पढिएको छ । दक्षिणपश्चिम चीनको गुइजोउ प्रान्तकी ५ वर्षिया चिनिया बालिका वाङ एनाका हृदयविदारक तस्बिरहरुले धेरैको मन छोएका छन् । एनाका तस्बिरहरु यतिबेला अनलाइनहरुमा निकै नै पढिएका छन् । धेरै पटक हेरिएका छन् र सेयर पनि भएका छन् । तस्बिरहरुमा एनालाई चपस्टिक समाएर हजुरआमाहरुलाई खाना खुवाएको, उनीहरुको सरसफाई गरिदिएको र घरको सफाई गरेको देख्न पाइन्छ ।
अभिभावकको समिपमा रहनु पर्ने बालिका एक्लै हजुरआमाहरुको स्याहार सुसार गर्दै बस्नुपरेको छ । उनी दिनभरी नै वृद्धावस्थाका अभिभावकलाई खाना पकाउँदै, घरको सरसफाई गर्दै र स्याहार गर्छिन् । मम्मीले घर छोडेर अर्कैसँग विवाह गरेर गएकै कारण चीनको हिमाली ग्रामिण इलाका जुन्यीमा घर भएकी एनाले यस्तो दिन गुजार्नुपरेको हो । उनका बुबा उनी कलिलै छँदा जेल परेका थिए । बुबा जेल किन परे उनलाई थाहा छैन । बुबा जेल परेपछि नै मम्मीले पुनः विवाह गरिन् । मम्मी हिँडेपछि हजुरआमा र जिजु हजुरआमाको स्याहार एनाकै काँधमा प¥यो ।

रिर्पोटहरुमा जनाइए अनुसार उनी सबेरै उठ्छिन् र हिमाली भेगमा रहेको जिमा गाउँमा रहेको ढुंगाले छापेको घरमा हजुरआमाहरुलाई खानेकुरा तयार गर्न तल्लिन हुन्छिन् । ताजा तरकारीका लागि उनी छिमेकीको बारीमा पुग्छिन् । उनको दयनिय अवस्था देखेरै छिमेकीहरुले उनलाई सहयोग गर्दै आएका हुन् । ल्याइएका तरकारीलाई केलाएर स्टोभमा बसाएर पकाउँछिन् । स्टोभमा तरकारी बसाउन उनलाई हम्मेहम्मे हुन्छ । उनका साना हातले अग्लो ठाउँको स्टोभ भेट्दैनन् । त्यसैले उनले मेचमा उभिएर खानेकुरा पकाउँछिन् ।

हजुरआमाहरुलाई बाथरुम जान समेत एनाकै सहयोग चाहिन्छ । वृद्धावस्थाका हजुरआमाहरु प्रायजसो ओछ्यानबाट हिँडडुल गर्ने अवस्थामा पनि नभएको मेल अनलाइनले बताएको छ । एनााकी हजुरआमा हाडजोर्नीकी बिरामी भएकी र  जिजु हजुरआमा ९२ वर्षकी भएको त्यहाँ पुगेका पत्रकारले लेखेका छन् । उमेर सानो भएपनि उनलाई हजुरआमाहरुको सहयोग गर्नुपर्दा कुनै गुनासो छैन । पत्रकारको प्रश्नमा उनी हाँस्दै भन्छिन्, ‘म हजुरआमाहरुलाई खुसी र स्वस्थ भएको हेर्न चाहन्छु ।’ एनाको परिवारलाई अन्य कसैले सहयोग गर्दै आएको छ, छैन भन्ने कुरा खुलाइएको छैन । अन्ना तीन महिनाकी हुँदा उनका बुबालाई

बिनाकारण जेल लगिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
–एनाले बिरामी हजुरआमाहरुलाई चपस्टिकबाट खाना खुवाउँदै ।
–सम्पूर्ण घरायसी काम एनाले नै गर्नुपर्छ ।
–९२ वर्षे जिजु हजुरआमालाई बाथरुम जान सहयोग गर्दै एना ।
–हजुरआमाको खुट्टा धोइदिँदै एना ।
–तरकारी काट्दै एना । उनी दुई हजुरआमाहरुकी एक्लो सहारा हुन् ।
–खानेकुरा पकाउने तयारी गर्दै एना ।
–होचो कदकै कारण उनलाई खानेकुरा पकाउन गाह्रो हुन्छ । उनी मेचमा उभिएर खानेकुरा पकाउँछिन् ।
–छिमेकीको बारीमा तरकारी टिप्दै एना । आवश्यकता पर्दा उनलाई छिमेकीले तरकारी टिप्न दिन्छन् ।
–हजुरआमाको मुख पुछिदिँदै एना ।
–जब उनीजस्ता बालिकाहरु खेल्न, पढ्न व्यस्त हुन्छन् उनी भने बिहानदेखि घरायसी कामकाज गर्नुपर्छ ।
–जेल परेका बुबाको तस्बिर नियाल्दै एना ।
–सानी भएपनि एना मनकारी छिन् । बेला बेला बुबालाई सम्झदै उनी भक्कानिन्छिन् ।
                                                                                         (एजेन्सीको सहयोगमा)

 

प्रकाशित: १९ चैत्र २०७३ ०४:०६ शनिबार

हजुरआमाहरुकी एक्लो सहारा