अन्य

गुर्जुधारामा भयानक दुर्घटना, एकको मृत्यु, चार घाइते

काठमाडौं – काठमाडौं आउँदै गरेको ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्।

ना ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेलभएपछि अनियन्त्रित साना सवारी साधनलाई ठक्कर दिँदै अर्को ट्रकसँग जुध्न पुगेको थियो। दुर्घटनामा बा १ ज ७९६७ नम्बरको ट्याक्सीसँग ठोक्किँदा चालक कान्छा लामाको मृत्यु भएको हो।

ट्रक र ट्याक्सीले बा ६९ प ६२८५ नम्बरको स्कुटरलाई ठक्कर दिएका छन्। घाइते स्कुटर चालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ट्याक्सी चालक पनौती काभ्रेका ४६ वर्षीय कान्छा लामाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। महानगरीय प्रहरी वृत थानकोटका प्रहरी सहायक निरीक्षक सत्यदेवी रेग्मीका अनुसार दुर्घटनापछि उनलाई त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्।

दूरसञ्चारचोकमा ट्रकको ब्रेक फेल भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कृष्ण पङ्गेनीले बताए। ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर छ।
तस्बिर सौजन्य: रोहन सुवेदी

 

गुर्जुधारामा भयानक दुर्घटना एकको मृत्यु घाइते