अन्य

भेषवाकर र आलमको दवाबमा केन्या १५५ मै 'अलअाउट'

काठमाडौं— नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी छ। टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको नेपालले पाहुना टोलीलाई पहिलो इनिङमा दवाब राख्न सफल भएको छ।

नेपाली बलरको दवाबमा परेको केन्या ४६.१ ओभरमै १५५ रन बनाउँदै अलआउट हुन पुग्यो। अब जितका लागि नेपालले १५६ रन बनाउनु पर्नेछ।

निर्धारित ५० अाेभरको खेलमा नेपाली बलरको दवाबमा परेको केन्या ४६.१ ओभरमै १५५ रन बनाउँदै अलआउट हुन पुग्यो। अब जितका लागि नेपालले १५६ रन बनाउनु पर्नेछ।

अघिल्लो १० ओभरमा केन्याले २ विकेट गुमाएर २६ रन बनाउन सक्यो। केन्याली ओपनर ब्याट्सम्यानहरु जम्न खोज्दै गर्दा  महबुब आलमले दवाब सिर्जना गरे। नेपालका लागि उनले पहिलो र दोस्रो विकेट लिए। केन्याको १४ रन हुँदा उनले पहिलो विकेट लिएका थिए। लगातार त्यसपछि उनले दोस्रो विकेट पनि ढाले। ७ ओभर बलिङ गरेका उनले ५ मेडन ओभर राख्दै ११ रन दिए।

केन्यालाई दवाबमा राख्न महत्वपूर्ण भूमिका शरद भेषावकरको रह्यो। २८ रन दिएर उनले चार विकेट लिए।

आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

घरेलु मैदानमा पाएको सुनौलो अवसरलाई शनिबार नेपालले सदुपयोग गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले केन्यालाई ५ विकेटको नतिजा सुम्पियो। नेपाललाई सहज रूपमा एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि केन्यालगायतका बाँकी सबै खेल जित्नैपर्ने अवस्था थियो। तर शनिबार पटकपटक वर्षाले प्रभावित खेलमा नेपाल घरेलु मैदानमा निरीह बनेपछि त्यो बाटो पनि कठिन बनेको छ।

शनिबारको खेलपछि कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले भने, ‘हाम्रो ढोका बन्द भयो भनेर भन्न मिल्दैन। तर आजको खेलबाट हामीले धेरै सिकेका छौं। आज हाम्रो ब्याटिङ कमजोर रहे पनि बलरले राम्रो रह्यो तर विश्वकपको सपना देख्ने हो भने हाम्रा ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्र्नुपर्छ।’

अब नेपालले बाँकी सबै खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ। केन्याबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।

प्रकाशित: ३० फाल्गुन २०७३ ०७:०१ सोमबार

भेषवाकर आलमको दवाबमा केन्या १५५ मै अलअाउट