अन्य

महोत्सव महिमा

भाउपन्थी

साहित्य महोत्सवहरू आयोजित हुनु उत्साहको विषय हो । साहित्यिक गतिविधि शून्यप्रायः हुँदै गइरहेको अवस्थामा कुनै एक साहित्य महोत्सव हुनुलाई पनि स्वागत गर्नुपर्ने हुन्छ । यसरी आयोजना हुने नेपाली साहित्य महोत्सवका सबै कार्यकारी पक्ष धन्यवादका पात्र छन् । तर, एउटा अप्रिय तथ्य यो पनि छ, यस्ता महोत्सवका प्रायोजकहरूमा साहित्यको ज्ञान नगण्य हुन्छ । प्रायोजकलाई प्रेरित गरेर महोत्सव आयोजन गर्ने सञ्चालकहरूमा पनि विभेदकारी दृष्टि हुने गरेको पाइन्छ । यो साहित्यिक महोत्सवहरूको नियति नै बनेको छ । विदेशका लेखकवृत्तमा परिचय स्थापना गर्ने र लोकप्रिय हुने लालसा तथा त्यहाँका साहित्यिक महोत्सवमा आमन्त्रित हुने लोभले यसको आयोजनमा कतिपय नेपाली साहित्यका असल लेखकहरू छुट्ने छन् । विदेशबाट निम्त्याइने अधिकांश लेखकहरूको पनि परिचय त्यहाँ राम्ररी रहेको हुन्न । प्रायोजकहरूको स्रोत–साधनका भरमा आफ्नै वृत्तका साहित्यकार बटुलेर महोत्सवको आयोजन गर्नेहरू हुन्छन् ।

साहित्यले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता हाम्रो जस्तो विकासशील र राजनीतिक अस्थिरता भएको मुलुकमा बढी टड्कारोका साथ अनुभव गरिन्छ ।

जस्तोसुकै कमजोर महोत्सव आयोजना गरे पनि तिनले साहित्यको धेरथोर भलो त गरेका हुन्छन् नै । आयोजना निर्विवाद हुन पनि सक्दैन, तर आयोजनाबारे निम्नस्तरको विवाद हुनबाट महोत्सव आयोजकहरू बच्नु श्रेयस्कर हुन्छ । महोत्सव साहित्यसँग सम्बद्ध छ भनेपछि नेपाली साहित्य जगत्मा त्यसप्रति उत्सुकता जाग्नु स्वाभाविक हुन्छ । नेपाली साहित्यले समाजमा एक आदर्श स्थान राख्छ । नेपाली साहित्यप्रति समाज आर्थिक लगानी गर्ने पक्षमा अनेक कारणले उदासीन छ, तापनि र भोकै पेट भए पनि साहित्यलाई आदर र सम्मानले हेर्ने गर्छ । साहित्यलाई आर्थिक लगानीका पक्षबाट मात्र हेर्नु उपयुक्त हुँदैन । तर, यताको समयमा पठन संस्कृति बढेर गएको भन्ने निजी क्षेत्रका प्रकाशक र तिनका छत्रछायामा हुर्केका लेखकहरूको दाबी छ । र, त्यो दाबी मान्दा नेपाली समाज साहित्यप्रति अझ फलदायी दायित्व निर्वाहमा सहमत छ भन्न सकिन्छ । 

नेपाली साहित्यले प्राप्त गर्ने आर्थिक लाभ अत्यन्त न्यून र नगण्य छ । तैपनि, यसतिर नहेरी समाजमा यसले रचनाको तिर्खाले प्रेरित भएर गर्ने लेखन र साहित्य जगत्लाई दिएको नेपाली समाजको धड्कन बोकेका उत्कृष्ट साहित्यक कृतिहरू हेर्दा तिनको चर्चा वा सम्मानमा यस्ता महोत्सवहरू गरून् भन्ने चाहना राख्नु अन्यथा होइन । नेपाली समाजको आर्थिक विपन्नताका सन्दर्भमा पनि साहित्यले निर्वाह गरेको भूमिका निश्चय पनि उच्च मूल्यांकनको अपेक्षा राख्छ । राज्य वा यस्ता महोत्सवका प्रायोजक–आयोजकहरूले साहित्यमा नयाँ प्रेरणा पैदा गर्न प्रकाशनको सुविधा उपलब्ध गराउने वा विभिन्न विधाका कृतिहरूलाई वार्षिक रूपमा पुरस्कृत गर्नेतिर सोच्दा राम्रो हुने  थियो । नेपाली साहित्यमा पुरस्कार हत्याउने लब्धप्रतिष्ठित लेखकहरूको अप्रत्यक्ष हतकण्डा छ र त्यसबाट त्यस्ता पुरस्कार वा प्रकाशन जोगिनु पनि पर्छ । तर, यस्ता महोत्सवहरूका आयोजकमा आफ्नै देशको साहित्यको मूल्यांकनको पक्षमा खासै जागरुकता पाइँदैन, बरु मुलुकमा एक–दुई आत्ममुग्ध ठूला लेखकको जमघट गराएर तिनका भरमा नेपाली सािहत्य विश्व साहित्यसमक्ष पुगेको दाबी गर्ने हतार भइरहेको हुन्छ । नेपाली साहित्यको लेखन पक्षको एक स्तरीय तुलना यस्ता साहित्य महोत्सवले गरेको पाइँदैपाइन्न । महोत्सवका आयोजकहरू आफ्नै परिचित र मालिस गर्न निपुण लेखकहरूका बीचमा फसेको पाइन्छ । यति हुँदाहुँदै पनि महोत्सव आपैm निकै उत्साहप्रद आयोजन हुने गर्छ । अन्ततः महोत्सव साहित्यकै नाममा आयोजित हुन्छ र साहित्यका विविध पक्षबारे कमबेसी चर्चापरिचर्चा पनि हुने नै गर्छ । साथै, देश–विदेशका सबैजसो विधाका नेपाली भाषी अनेपाली भाषी साहित्यकारहरूको जमघट र विचार विनिमयले नयाँ परिप्रेक्षहरू खुल्ने र वैचारिक रूपमा नयाँ प्रेरक तŒव हात लाग्ने गर्छ । नेपाली साहित्यले छिमेकलगायत विभिन्न देशमा लेखिइरहेका रचनाहरूको हाराहारीमा हेरेर आफूलाई सदैव नवीकृत गर्ने अवसर प्राप्त गर्छ । यो निर्विवाद छ तापनि महोत्सवमा यस्ता साहित्यहरू उपलब्ध गराउनेतिर पनि प्रयास हुनुपर्ने देखिन्छ ।

साहित्य स्वयंमा साहित्यकारको निजी अभिव्यक्ति हो भने यस अभिव्यक्तिले प्रकाशनपछि सामाजिक सन्दर्भ पनि प्राप्त गर्छ । तसर्थ, साहित्यलाई समाजसित आबद्ध गरेर हेर्ने गरिन्छ पनि । र, यसरी हेर्नु अति जरुरी पनि छ, त्यसको चर्चा महोत्सवमा गम्भीर रूपमा गरिनुपर्छ । आजको सन्दर्भमा विश्व साहित्यको समकक्ष हुनु त जरुरी नै छ, तर आफ्नै साहित्यका उच्च रचनाहरूको पहिचान र मूल्यांकन र तिनलाई पाठकसम्म पु¥याउनु पनि पर्ने कार्य आवश्यक हुन्छ । कुनै एक खबरपत्रले आफ्ना स्तम्भकारका लालनपालन–पोषणले हुर्के–बढेका दुई–चार जना लेखकका लागि मनग्गे ‘स्पेस’ उपलब्ध गराएका कारण ती लेखकले धेरै महŒव पाएजस्तो लाग्न सक्छ । तर, अन्ततः ती लेखकहरू पनि दैनिक अखबारका समाचार वा स्थानपूर्तिका सामग्रीमा सीमित भएर रहन गएका छन् । यो अन्यत्रका लेखकहरूका लागि खुसीको खबर हो, तर यस्तो दृष्टिकोणका कारण उपेक्षित साहित्यकारहरूको पक्षमा महोत्सवले आवाज उठाउने काम गरेको भए राम्रो हुन्थ्यो । महोत्सवका आयोजकहरू पनि तिनै अखबारका पृष्ठमा छाउने लोभले सीमित दृष्टि अपनाउन पुगेका देखिन्छन् ।    

नेपालमा साहित्यक महोत्सवहरू आयोजन गर्ने प्रचलन पुरानो भने होइन । साहित्यक सेमिनार वा सम्मेलनहरूको चाहिँ पुरानो परम्परा छ । सेमिनार, सम्मेलन र महोत्सवमा ताŒिवक फरक नभए पनि महोत्सव भन्ने नामले नयाँपन आभास गराउँछ । तर, साहित्यिक महोत्सवमा उमेरले युवा तर कत्ति पनि फरक नभएको पुरानो दृष्टि भएका र साहित्यको खासै सामाजिक भूमिका नखोज्ने युवा पक्ष मुखर हुने गरेको पाइन्छ । साहित्यले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता हाम्रो जस्तो विकासशील र राजनीतिक अस्थिरता भएको मुलुकमा बढी टड्कारोका साथ अनुभव गरिन्छ । हालका साहित्यिक महोत्सवहरू एक किसिमले फेसनकै रूपमा प्रचलित छन्, चाहे त्यो विदेशमा हुने गरेका महोत्सवहरू नै किन नहोऊन् ! महोत्सवहरूले कुनै पार्टीको महाधिवेशनको रूप लिनलिन खोजेको पनि पाइन्छ । यिनको आयोजन माथि भनिएका सामाजिक पक्ष र साहित्यिक विमर्शभन्दा प्रदर्शनकामी भएका छन् ।

यस्तो प्रवृत्तिले महोत्सवबाट अपेक्षा गरिने साहित्यलाई उसको सामाजिक–वैचारिक दायित्वप्रति सचेत गराउनुभन्दा केही फितलो मनोरञ्जनात्मक वैयक्तिक प्रचारको रूपतिर जान प्रेरित गरेको हुन्छ । साहित्यक महोत्सवले यस्ता पक्षलाई कम गर्नेतिर ध्यान पु¥याउनुपर्ने हो, तर त्यसो भएको पाइन्न वा हुने लक्षण पनि देखिन्न । प्रायोजक खोज्नु र त्यसलाई कार्यान्वयन गर्नुको प्राप्ति आखिर हो के त ? यस प्रवृत्तिलाई राजनीति संन्यासी हुन गरिन्न भत्रे कथनसित दाँजेर हेर्दा हुन्छ ।

साहित्यको उद्घाटनमा केही यस्ता विचारहरू पनि आए जसले साहित्यलाई स्वान्तसुखाय होइन, एक विमर्शको परिणाम अनुरूप लेखिने गर्नुपर्छ भन्न थालियो । अर्कोतिर साहित्यमा राजनीतिक विचार पक्षधरताले स्थान लिँदे आएको चिन्ता पनि व्यक्त गरियो । साहित्यमा राजनीति हुनुपर्छ वा हुनु हुन्न भन्ने बहस पुरानो भए पनि समसामयिक साहित्य लेखन वा साहित्यकारलाई राजनीतिक दलको पक्षधरताले गाँज्दै ल्याएको विषय चिन्ताजनक अवश्य हो । एउटा राजनीतिक दृष्टिले अभिप्रेरित भएर अर्को पक्षको धुलै उडाउने गरी गाली गर्ने प्रवृत्तिका लेखक पनि यहीँ नै छन् । तर, यस्तोमा दलीय विचार अनाबद्ध साहित्यको स्वतन्त्र भूमिका खोज्नु अपेक्षित छ र यो कार्य अहिलेको समयमा अत्यन्त उपयुक्त पनि छ । यहाँ राजनीति र साहित्यक परस्परमा प्रतिद्वन्द्वी नभए पनि यीबीच सधैँ प्रत्यक्ष वा अप्रत्यक्ष द्वन्द्वात्मक अवस्था विद्यमान छ । यो शाश्वतजस्तै छ, तर यसको उल्टो साहित्यले राजनीतिका अगाडि घुँडा टेक्ने प्रचलन आजको नेपाली साहित्यमा बढ्दै आएको छ । नेपाली समाज राजनीति विकृतिप्रति बढी वितृषित हुँदै यसले लोककल्याणका पक्षमा भनेको गर्दैन र नभनेको तर हानिकर काम गर्छ भन्ने मान्यता बढ्दै गरेको समयमा साहित्यले आफ्नो मूल शक्ति नराम्रोलाई राम्रोतिर र राम्रोलाई अझ राम्रोतिर भन्ने गति र यथार्थको निर्भीक अभिव्यक्ति भन्ने स्थापना कायम नराख्दा यो समाजभित्रै पनि साहित्यले दिने द्वन्द्वशक्ति शिथिल भइरहेको छ । हालको नेपाली साहित्यमा यो द्वन्द्वचेतनाको न्यूनता र अनुत्साह खट्किने विषय बनेको छ ।

महोत्सवले साहित्यबारे धेरै कुरा गर्न सक्छ, सक्थ्यो तर त्यसतिर आयोजकहरू खासै सचेष्ट रहेको पाइन्न । हरेक महोत्सवको नियति नै त्यही भएको छ । महोत्सवको प्रवृmति नै साहित्यकारहरूको भेला गराएर रमाइलोमा मग्न गराउनु जस्तो रहेको पाइन्छ । विविध विषयका कार्यपत्रहरू प्रस्तुत गरेपछि तिनमाथिको बहस र विमर्श आदिको प्रतिवेदन वा महोत्सवको साहित्यिक उपलब्धिलाई नेपाली साहित्य जगत्का अगाडि प्रस्तुत गर्ने प्रकाशनहरू समयमा आएको पाइन्न । प्रायोजकहरूले पनि यस्ता प्रकाशन गर्ने उपलब्धिमूलक कार्यहरू निर्धारित गर्नुपर्छ । महोत्सव आयोजन गरेको दिन र समापनका दिनका बीचको आयोजनयात्रा सुगमतापूर्वक सम्पन्न हुनु नै उपलब्धि मानिनुपर्छ भन्ने आग्रह हुन्छ । साहित्यिक महोत्सवमा हुनुपर्ने साहित्यसम्बन्धी चिन्तन र त्यसका समस्या केन्द्रित गहन विमर्शहरूको अभाव रहने गरेकै हुन्छ । यस्तो हुनुमा महोत्सवले धेरै छोटो समयमा धेरै विषयलाई एकै पटक बहसमा ल्याउने लोभ गर्नुले पनि हो भन्ने लाग्छ ।

महोत्सव आयोजनको साधन र स्रोत जुटाउने सामथ्र्य र दृष्टिको प्रशंसा गर्दागर्दैै पनि महोत्सवमा विधागत लेखनका समस्याहरूको वर्गीकरण र तिनमा आइरहेको वर्तमानको रूचिहीनताबारे चिन्तन गर्ने झमेला गरिएको छैन । वैदेशिक रोजगारमा गएकाहरूमध्ये राम्रा साहित्यकारका कलमबाट स्तरीय रचना आइरहेका छन् । ती डायस्पोरिक साहित्य होइनन्, तर एक नयाँ परिचय दिने नेपाली लेखन हुन् । यस्ता साहित्यकारलाई पनि समेट्ने प्रयास हुनुपर्छ र तिनलाई उचित मञ्च दिएर तिनका अनुभभवले दिएको वैदेशिक रोजगारका रोचक अनुभव र व्यथा व्यक्त हुने साहित्यबारे विनिमय हुनुपर्छ । साहित्यमा लेखिँदै गरेका विधाका प्रकाशित कृतिहरूको वार्षिक वा द्व्रैवार्षिक समालोचना, समीक्षा संकलन प्रकाशन गर्नमा महोत्सवका प्रायोजकहरूले रूचि देखाउनु आर्थिक सदुपयोग हुने छ । नेपाली साहित्यलाई एक सही परिप्रेक्ष्यमा बुझ्न र पढ्न पाठकसमक्ष त्यस्ता संकलन आउनु जरुरी छ । नेपाली साहित्यको गति र दिशाबारे समालोचना र समीक्षा गर्ने जाँगर देखाउने लेखक–समालोचक समूहको निर्माण र तिनको मूल्यांकनले अनुमोदित रचनाहरूको प्रकाशनतिर पनि महोत्सवका प्रायोजकहरूले रूचि देखाउनु लाभदायी हुन्छ । महोत्सवका लागि आर्थिक पक्ष जसरी उपलब्ध गराइन्छ त्यसरी नै यस्ता महŒवपूर्ण प्रकाशन अगाडि ल्याइदिनाले महोत्सवको गम्भीरता बढ्ने पक्का छ । युवा लेखनमा आइरहेको शिथिलता वा क्रियाशीलताबारे पनि व्यापक स्तरमा युवा लेखकहरूकै उपस्थिति वा प्रतिनिधित्वमा विनिमय हुनुपर्ने थियो । आजको साहित्यले युवा प्रतिभाहरूलाई आकर्षित गरिरहेको छ वा साहित्य लेखनप्रति तिनमा उदासीनता आइरहेको छ त्यसको विचार महोत्सवले गर्नुपर्ने थियो । कतैकहीँ त्यसो गरिएको भए पनि एउटा सरसरी बहसको सीमिततामा त्यो खुम्चिने गरेको छ । महोत्सवले बढी ख्यातिप्राप्त साहित्यकारहरूको उपस्थितिलाई जोड दिन्छ । ख्यातिप्राप्त साहित्यकारहरूको उपस्थितिले महोत्सवको आभा र प्रचार बढाइदिए पनि विचारोत्तेजकताको माहौल सिर्जना गर्न सक्दैन । अधिकांश महोत्वसमा देखिने यथार्थ हो यो । 

राजनीतिको शरणमा साहित्य

महोत्सवहरूमा यस्तो देखिने गरेको छ, आयोजकहरूले आआफ्नो वृत्तका साहित्यकारलाई सुविधा दिएर आमन्त्रण गर्छन् । त्यस प्रवृत्तिले बढी प्रश्रय पाउनाले पनि साहित्यमा बहसको दिशा त्यस्तै बूढो वृत्तले रूचाएको र समर्थन गरेको विषय वरिपरि रिङ्ने गरेको हुन्छ । साहित्यको बहसमा के हुनुपर्छ र के हुनु हुँदैन भन्नुभन्दा पनि बहसको गम्भीरता र तीव्रताले कुनै तरंग पैदा गर्दैन । राजनीतिमा वाम र प्रजातान्त्रिक विचारका पक्षधरहरूको उपस्थिति हुने नै गर्छ, तर तिनका बीच साहित्यबारे स्वतन्त्र विचार राख्ने साहित्यकारहरूको चिन्तन र विचारलाई महŒव दिने गरिँदैन ।

साहित्य किनारीकृत हुँदै गइरहेको यस्तो समयमा साहित्यले अस्तित्व रक्षाका लागि राजनीतिको शरणमा जाने हो भने त भन्नु केही बाँकी रहँदैन । साहित्यप्रति समर्पित भएर लड्ने पुस्ताको अभाव छ । अहिलेका विख्यात साहित्यकारहरू आफूले सुविधा पाएमा त्यो नै साहित्यले सुविधा पाएको भनेर लम्पसार पर्छन् !

महोत्सवले मुख्यतः साहित्यलाई लडाकु तेवर दिन सक्नुपर्छ । तर, त्यसो गर्नु आयोजकहरूको मनमाफिक नहुन पनि सक्छ । एउटा नरम रवैयाले महोत्सवलाई सञ्चालन गर्ने भित्री नीति तय भएको हुन सक्छ, जसले गर्दा आगामी वर्षहरूमा आयोजन गर्न प्रायोजक नहच्कियोस् । तर, महोत्सव साहित्यको हो भनेपछि साहित्यलाई हास्य–मनोरञ्जनका प्रसंगमा मात्र सीमित राखिनुको औचित्य छैन ।  कस्तै कठिन अवस्थामा पनि आफ्नो पहिचान बनाइराख्ने नेपाली साहित्यको विद्रोही परम्पराको जीवन्ततालाई पनि यसमा पुनर्जीवित गर्नुपर्छ । पहिले भैmँ साहित्यकारहरू त्रासको शासनमुनि छैनन् । पहिले कम संसाधनमा टिकेर साहित्यको परिवेशलाई फराकिलो बनाउने क्रियाकलाप वा अभिव्यक्तिको स्वतन्त्रता प्राप्तिका लागि आवाज उठाउने गरियो, तर त्यस्तो अवस्था पार गरी यता आइसकिएको छ । धेरै राजनीतिक विकृतिप्रति सजग रहँदै साहित्यले सामाजिक रूपान्तरणमा सशक्त भूमिका निर्वाह गर्न सक्छ । तर, साहित्यले लोकमुक्तिका लागि हालसम्म निर्वाह गरेका अनेक विद्रोहका प्रसंग उल्लेख्य भए पनि अकृतज्ञ राज्यबाट वर्तमानमा उपेक्षा मात्र पाएको छ । साहित्यले आफ्नो हकअनुसारको उचित सुविधा र स्पेस पाइरहेको छैन, त्यसको दाबी साहित्यकारहरूको जमघट हुने महोत्सवले गर्न सक्नुपर्छ ।

अकर्मण्य प्रज्ञा–प्रतिष्ठान

राज्यलाई झकझाउने काम साहित्यकारहरूको त्यस्तो महोत्सवीय जमघटले गरेन भने अरु कसले गरिदिने–कहाँ गरिदिने ? साहित्यकारहरूको प्रतिनिधि वा छाता भनिने संस्था सायदै छ देशमा ! नेपाल प्रज्ञा–प्रतिष्ठानमा एउटा साहित्य विधा मात्र छैन, अनेक विधाका प्रतिनिधि मिसिएर बनेको परिषद् छ । त्यसमाथि त्यहाँ कुलपति, उपकुलपति र सदस्यसचिवको भित्री सल्लाहअनुसार काम हुने गर्छ । प्रज्ञा–प्रतिष्ठानको साहित्यमा सीमित क्रियाकलाप छ । त्यसको नेतृत्वको अकर्मण्यताले पनि साहित्यलाई नोक्सान भइरहेको छ । साझा प्रकाशन अवसानको  अवस्थामा छ, यसले प्रकाशनको अभिभारा वहन गर्ने गरे पनि यसलाई हाल एक विचार विशेषको संवाहक बनाइएको छ । अथवा त्यस्ता संस्थाहरू राजनीतिक बाँडफाँटका कारण विचारविशेषका समूहहरूको कब्जामा छन् । दलीय बाँडफाँटका कारण विधागत कब्जा र त्यहाँ सतत विद्यमान रहने आन्तरिक विवादले साहित्यको स्वतन्त्र गतिविधिलाई जीवन्त हुन दिइरहेको छैन । राजनीतिक दल समर्थित बाहिरका लेखकहरूका संघ वा मञ्च वा अन्य किसिमका पदाधिकारीहरूले सम्बद्ध दलका नेतालाई प्रभाव पारेर दलीय कोटामा संस्थान–प्रतिष्ठानमा जाने गरेका छन् । रह्यो प्राध्यापकहरूको विषय, यिनको एउटा आँखा सदैव नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य पदतिर लागेको हुन्छ । महोत्सवहरूका भित्री नीति निर्माणमा पनि प्राध्यापकीय दृष्टिको रूढता पाइन्छ । स्वाभाविक छ, नेपाली भाषा–साहित्यको व्यावसायिक अध्ययन–अध्यापनको जिम्मा पाएकाहरूले नै त्यसबारे आधिकारिक निर्णय दिन सक्छन् भन्ने धारणा राज्यमा पनि छ । विशुद्ध लेखकीय वा साहित्यक समस्याहरूप्रति संवेदनशील भएर राज्यसमक्ष समस्या उठाउने साहित्यकारहरूले महोत्सवको मञ्च उपयोग गर्नु संगत हुन्छ । यस्तो अवस्थाप्रति महोत्सव संवेदनशील भएर साहित्यले राज्यबाट पाउनुपर्ने सुविधा र साधनहरूको मागलाई घोषणापत्रमार्पmत् जारी गरेर अघि ल्याउनुपर्ने थियो । साहित्यकारहरूको हकको कुरा हो यो ।

महोत्सव निजी प्रयासको आयोजन हुने गर्नाले पनि साहित्यका मागहरू राज्यका सामु ल्याउन हिचकिचाएको हुन सक्छ । आजका दिन साहित्यरकारबारे राज्यलाई बोध गराउनुपर्ने विषयहरू धेरै छन् । आफूलाई सबैभन्दा लोकतान्त्रिक भन्ने नेताहरूले नै बेलाबेला साहित्य अनुत्पादक गतिविधि हो भन्दै आएका छन् । नेपाली साहित्य र साहित्यकार सदैव लोकतन्त्रको पक्षमा उभिएका छन् । तर, साहित्यकारहरू र साहित्यलाई उपेक्षापूर्ण तरिकाले पृष्ठभूमिमा धकेलिएको छ । आज राज्यको सहयोगमा एउटै देशव्यापी साहित्य सम्मेलन भएको छैन । राज्यको ढुकुटीबाट चलेको नेपाल प्रज्ञा–प्रतिष्ठानबाट यस्तो देशव्यापी कार्य होला भन्नु दिवास्वप्न मात्रै हो । प्रतिष्ठानको परिषद्ले एउटै सदस्यले मिलेमतोमा बिनाकारण भाषालाई विकृत गराउँदा समेत समयमै नियन्त्रण गर्न सकेन भने अरू कुराको आश गर्न सकिन्न । महोत्सवले राज्यलाई आग्रह गर्न सक्थ्यो, साहित्यका लागि राज्यको पनि दायित्व छ, राज्य सचेच होस् र यसतर्पm यस्तोयस्तो कार्य गरोस्, राज्यले कर्तव्य बिर्सन मिल्दैन आदि । संस्वृmतिका नाममा नाचगानप्रति, खेलकुदप्रति राज्य संवेदनशील छ भने साहित्यप्रति एउटा नेपाल प्रज्ञा–प्रतिष्ठान खोलिदिएर राज्य भुसुक्कै निदाउन मिल्दैन । राज्यले स्वतन्त्र रूपमा साहित्य सेमिनार वा सम्मेलन वा महोत्सवको आयोजन गर्ने दृष्टि लिनुपर्छ ।

सरकार वास्तवमै साहित्यप्रति बेखरबर छ । साहित्यको प्रकाशन सुविधा र पुरस्कारको व्यवस्था धेरथोर निजी क्षेत्रले धानेको छ । सरकार यतातिर विमुख छ । राज्यले दिने पुरस्कारका निर्णायकमा बूढा लेखकहरूको आधिक्य रहन्छ जसले विद्वत्ताको आवरणमा जोखिम लिन हिचकिचाउँछन् । पाएसम्म उनीहरूले नै पुरस्कार लिने तिकडम भिडाउने गर्छन् । सरकारबाट स्थापित त्यस्ता पुरस्कारहरूको पनि दलीय भागबन्डा हुने गरेको छ । साहित्यको प्रकाशन वा पुरस्कारको कमजोर पक्षबारे पनि सरकारको कानमा हावा लागेको छैन । आजीवन लेखन कार्यमा संलग्न रहेर पनि कष्टपूर्ण जीवन बिताउनुपर्ने बाध्यता वा औषधि उपचार गराउन नसकेर कष्टपूर्ण तरिकाले अज्ञातमै अवसान हुने साहित्यकारहरूप्रति र सिर्जनशील साहित्यकारका लागि आवधिक सरसुविधाको व्यवस्था र लेखनको विकासका लागि सभा, सम्मेलन र सेमिनार आदि सरकारले केहीकेही गरेको छैन ।

विगतका जनआन्दोलनहरूमा मात्र होइन, राणाकाल र पञ्चायतकालदेखि नै जहानियाँ र हुकुमी शासनविरुद्ध साहित्यकारहरूले विद्रोहका ऐतिहासिक महŒवपूर्ण योगदान गरेका छन् । त्यसबाट पनि सरकारले साहित्यकारहरूप्रति सहानुभूतिशील हुने प्रेरणा लिन सक्छ । यस किसिमले राज्य साहित्यकारप्रति अनुत्तरदायी भइरहँदा आयोजित हुने महोत्सवहरूले राज्यलाई सजग गराइरहनु उचित हुन्छ । एउटा महोत्सव सकिएपछि त्यसले आगामी महोत्सवसम्म वहन गर्नुपर्ने दायित्वहरू वा त्यस्ता दायित्वलाई वहन गर्न साहित्यकारहरूको एक समिति गठन गरिएको पनि हुँदैन । महोत्सव सकिएपछि मेला पनि उठ्यो भन्ने गरिन्छ । महोत्सव साहित्यको नाममा हुन्छ भने साहित्यकार र लेखन–प्रकाशनका समस्याहरूबारे मात्र नभएर साहित्यप्रति राज्यले निष्पक्षताका साथ गर्नुपर्ने कर्तव्यको सूची पनि सरकारसमक्ष जारी गरेमा समयभित्र काम हुने आश गर्न सकिन्छ । बाह्य तामझामकै वातावरणमा महोत्सवहरू सीमित भएपछि त्यसले फल देला भन्ने अपेक्षा गर्न सकिन्न । महोत्सवमा साहित्यका नयाँ वादहरू, नयाँ पद्धतिहरू र अनेक विदेशी लेखकहरूको प्रशंसा गायन गरिन्छ जसले लेखनलाई फुट्टी प्रेरणा दिँदैन, तर त्यस्ता कार्यक्रम पनि गरिन्छ भने आफू उभिएको साहित्यको धरातललाई बलियो गराउनतिर पनि महोत्सवहरू सचेत हुनुपर्छ ।

प्रकाशित: २८ फाल्गुन २०७३ ०५:४८ शनिबार

महोत्सव महिमा