अन्य

डेनमार्कका राजकुमार गोरखामा

गोरखा- डेनमार्कका राजकुमार योकिम प्रिन्स आइतबार गोरखा आएका छन्। उनी आवद्ध रहेको केयर नेपाल नामक संस्थाले भूकम्पपछि गोरखामा गरेको कामको अवलोकन गर्ने क्रममा उनले खोप्लाङमा महिला समूहले गरेको सामुहिक तरकारी खेती र गाँखु स्वास्थ्य चौकी भबनको निरीक्षण गरे।

१३ गते नेपाल आएका उनी आज बिहान गाडीबाटै गोरखा आए। दश दिन सम्म बिभिन्न जिल्लामा केयर नेपालले गरेको कामको अध्ययन अवलोकन गरेर डेनमार्क फर्कने कार्यक्रम रहेको केयर नेपाल गोरखाका प्रमुख माधव ढकालले जानकारी दिए। उनी सँगै डेनमार्कबाट केयर नेपालका सञ्चालक, सञ्चाकर्मी लगायतको टोली सहभागी छ। खोप्लाङमा कृषकहरु सँग अन्तक्रिया गर्दै उनले कृषि उत्पादन, बजारको अवस्था, कच्ची सडकका कारण हुने समस्या लगायतबारे जानकारी लिएका थिए। खोप्लाङमा खाना खाएर उनी गाँखुमा स्वास्थ्य चौकीको पहिलेको अवस्था ? भूकम्प्पछि भोग्नुपरेको समस्या ? बिरामीको चाप ? जनशक्ति र उपकरणको अवस्थाका बारेमा जानकारी लिन पुगे। यस्तै केयर नेपालले गाँखुको नयाँ साँघुमा निर्माण गरेको तरकारी संकलन केन्द्र र नमुना घरको पनि अवलोकन गरेका थिए। आज उनी तनहुँको पर्यटकीय ठाउँ बन्दिपुरमा बास बस्ने र सोमवार पोखरा जाने कार्यक्रम छ।

 

प्रकाशित: १५ फाल्गुन २०७३ ११:५७ आइतबार

डेनमार्कका राजकुमार गोरखामा