अन्य

३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै, एसएसपी श्याम खत्री पक्राउ

काठमाडौं-  केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले एसएसपी श्याम खात्रीलाई पक्राउ गरेको छ। अबैध साडे ३३ किलो सुन प्रकरणमा आरोपी देखिए पछि उनलाई ब्युरोले अन्सन्धानको लागि पक्राउ गरेको हो।

ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले घटनाको अनुसन्धानको क्रममा खत्रीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएको बताए

ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले घटनाको अनुसन्धानको क्रममा खत्रीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएको बताए। खत्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए। सुन प्रकरण पछि उनलाई हेडक्वार्टर तानिएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव र एसएसपी खत्रीबीच बारम्बार सम्पर्क भएको देखिए पछि उनी शंकाको घेरामा परेका थिए। यादव यस अघि नै सुन प्रकरणमा पक्राउ परेका छन्। स्रोतका अनुसार पक्राउ परेकाहरुले पनि एसएसपी खत्रीको संलग्नताबारे बयान दिए पछि उनलाई सिआइवीले पक्राउ गरेको हो।

प्रकाशित: २३ माघ २०७३ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App