अन्य

लेखा समिति सभापतिमा माओवादीका उपाध्याय विजयी

लेखा समिति सभापतिमा निर्वाचित उपाध्याय। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं- सात महिनापछि लेखा समितिले सभापति पाएको छ। सोमबार भएको मतदानबाट कांग्रेस- माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन्।

कूल ३९ मत खसेको थियो। उपाध्यक्षले २३ मत पाए भने एमालेका पशुपति चौलागाईंलाई १६ मत पाए। राप्रपाका दिनेश श्रेष्ठ र भाष्कर भद्राले सत्तारुढ गठबन्धनको विपक्षमा मतदान गरेका थिए।

कूल ३९ मत खसेको थियो। उपाध्यक्षले २३ मत पाए भने एमालेका पशुपति चौलागाईंलाई १६ मत पाए।

समितिमा सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जामन्त्री भएपछि सो पद खाली थियो। सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने परम्परा तोड्दै सत्ता पक्षले सभापति अाफ्नो पक्षमा पारेको हो।

एमाले उम्मेद्वार चौलगाईंको प्रस्तावकमा शत्रुधन महतो रहेका थिए भने समर्थकमा एमालेकै राधकृष्ण कँडेल थिए। सभापतिका अर्का आकांक्षी उपाध्यायको प्रस्तावकमा नेपाली कांग्रेसका रामहरि खतिवडा र समर्थकमा माओवादीका टेकबहादुर बस्नेत थिए।

लेखा समितिमा नेपाली कांग्रेस र एमालेका १५/१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ सदस्य छन्। राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन्। लेखा समिति ५१ सदस्य हुने व्यवस्था छ। नेतृत्व पाउन २६ मत ल्याउनुपर्ने स्थिति थियो। उपस्थिति न्युन भएपछि २३ मत नै निर्णायक हुन पुगेको हो।

यसअघि तत्कालीन सभापति शर्मा पनि प्रतिपक्षी दलका तर्फबाट सभापति भएका थिए।  अन्य समितिमा सभापतिको दलीय भागबण्डा नमिलेको अवस्थामा शर्मा प्रतिपक्षको तर्फबाट सभापति भएका थिए। तर, शर्माअघि लेखा समिति सभापति रहेका कांग्रेसका रामकृष्ण यादवले पार्टी सरकारमा सामेल हुँदा पनि सो पद भने छाडेका थिएनन्।  माओवादीले यादवको नजिर देखाएर सभापतिमा उम्मेदवारी दिएका थिए।

प्रकाशित: १७ माघ २०७३ ०७:२० सोमबार

लेखा समिति सभापतिमा माओवादीका उपाध्याय