अन्य

चिनियाँ ट्राभल एजेन्सीको प्याकेजबारे छानविन गर्न उपराष्ट्रपति कार्यालयको माग

काठमाडौं- चीनको एक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटाउने गरि नेपाल भ्रमण प्याकेज बनाएको भन्दै उपराष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ।

चीनको छेन्दुमा रहेको भनिएको ताहाल होलिडे नामक ट्राभल कम्पनीले उपराष्ट्रपति पुनलाई जोडेर विच्याटमार्फत नेपाल भ्रमण सम्बन्धी प्याकेज कार्यक्रम सार्वजनिक गरेको थियो। उपराष्ट्रपतिको सचिवालयको एक विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनलाई जोडेर गरिएको गलत प्रचारबारे अध्ययन र छानवीन गर्न नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावासको समेत ध्यानाकर्षण गराएको छ।

यसबारेमा सत्य तथ्य अध्ययन तथा आवश्यक छानवीन गर्न परराष्ट्र मन्त्रालय, बेईजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ राजदूतावासको ध्यानाकर्षण गराइएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।  

७४९९ युआन (चिनियाँ मुद्रा) को प्याकेजभित्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेट पनि गराइने भन्दै उक्त ट्राभलले आफ्नो भ्रमण प्याकेज सार्वजनिक गरेको थियो।

प्रकाशित: २० पुस २०७३ ११:०८ बुधबार

चिनियाँ ट्राभल एजेन्सीको प्याकेजबारे छानविन गर्न उपराष्ट्रपति कार्यालयको माग