अन्य

भिसी र डिन हटाउने काम प्रधानमन्त्रीको

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले भिसी र डिन हटाउने काम प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताएका  छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र  चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामाका विषयमा सरकार र डा. केसीका प्रनितिधिबीच कुरा नमिलेपछि केसीले अनशन जारी राखेका छन्।

चिकित्सा शिक्षमा सुधारसहित दश बुँदे माग राख्दै अनसनरत केसीको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि केसीलाई भेट्न स्वास्थ्यमन्त्री थापा टिचिङ अस्पताल पुगेका हुन्। करिव आधा घण्टा भएको भेटमा मन्त्री थापाले त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने बताएका थिए।

मन्त्री थापाले उपकुलपति र डिन हटाउने विषयबाहेकका बाँकी मागका विषयमा भने आफूले द्रूतगतिका काम गरिरहेको बताएको डा. केसीका सहयोगी किशोर केसीले जनाए। मन्त्री थापाका प्रेस संयोजक जिवन भण्डारीका अनुसार  स्थास्थ्यमन्त्री   डा. केसीका मागका विषयमा आज बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गर्ने बताएका थिए।

प्रकाशित: १४ मंसिर २०७३ ०७:०० मंगलबार

भिसी डिन हटाउने काम प्रधानमन्त्रीको