अन्य

लोकमान आफैले तारेख बुझे

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सातदिन भित्र उपस्थित हुन दिएको आदेशको म्याद तामेली आज आफैले बुझेका छन्। सर्वोच्च अदालतले यसअघि पठाएको तामेल नबुझेका कारण आफै उपस्थित हुन दिएको म्याद तामेली आफै बुझेका हुन्। सर्वोच्च अदालतका तामेलदार बालकृष्ण पौडलले टंगाल पुगेर कार्कीको हातमा म्याद तामेल थमाएका हुन्।

सर्वोच्च अदालतले निलम्बित प्रमुख आयुक्त कार्कीको म्याद तामेलीमा अवरोध पुर्याउनेलाई सात दिनभित्र आफैं अदालतमा हाजिर हुन मंगलबार आदेश जारी गरेको थियो।
त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की आज वारेसमार्फत सर्वोच्च अदालतमा हाजिर भएका छन्।

कार्कीको तर्फबाट अधिवक्ता तेजबहादुर कटवालले वारेसनामा मार्फत तारेख बुझेका हुन्। कार्की विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले योग्यता र नियुक्ति सम्बन्धी मुद्दा एक वर्ष अघि दायर गरेका थिए। कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला सर्वोच्चले गत भदौ ३१ मा पुनरावलोकनको अनुमति दिएको थियो। मूल मुद्दामा कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने निर्णय कानुनसम्मत भए÷नभएको र जनआन्दोलनपछिको सरकारले गरेको निर्णयबारे मंसिर १६ गते बहस हुने भएको हो।

 

प्रकाशित: २५ कार्तिक २०७३ ११:३८ बिहीबार

लोकमान आफैले तारेख बुझे