अन्य

डा. केसीको अपिलः महाअभियोगको विपक्षमा उभिने दल चिनेर बस्नुस्

काठमाडौं–डा. गोबिन्द केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्की माथिको महाअभियोग प्रस्ताव असफल पार्ने दलको बिरूद्धमा अनसन बस्ने चेतावनी दिएका छन्।

स्वास्थ्य क्षेत्रको सुधारसँगै अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्ध महाअभियोगको माग राखेर पटकपटक अनसन बस्दै आएका डा. केसीले महाअभियोग प्रस्तावका पक्षमा उभिएका एमाले र माअोवादीको स्रहाना गरे। नेपाली कांग्रेसको सकारात्मक निर्णय कुरेको भन्दै उनले कांग्रेसबाट प्रस्तावको पक्षमा स्वतस्फुर्त निर्णय आउँदा उसको साख जोगिने बताए।

‘महाअभियोग प्रस्ताव विफल पार्न खोजे, म त्यही दलको विरूद्धमा अनसन बस्छु,’ उनले चेतावनी दिए ‘जनताप्रति जवाफदेही नहुने दल चुनावमा पराजित हुनेछ।’ उनले महाअभियोगको विपक्षमा उभिने दल चिनेर बस्न जनतालाई अपिल पनि गरेका छन्।

तीन करोड नेपालीको खुसीका लागि जस्तोसुकै कष्ट भोग्न तयार रहेको भन्दै उनले भनेका छन् ‘म एकजनाले पीडा सहेर वा ज्यान गुमाएर करोडौं नेपालीको जीवनमा परिवर्तन हुन्छ भने, म हाँसिहाँसि मर्न तयार छु।’

डा. केसीसँग नागरिक शो का लागि टेकनारायण भट्टराईले गरेको संवादः

 

 

प्रकाशित: ११ कार्तिक २०७३ ०७:३१ बिहीबार

डा. केसीको अपिलः महाअभियोगको विपक्षमा उभिने दल चिनेर बस्नुस्