अन्य

लाेकमानका विषयमा निर्णय गर्ने दिन अाएकाे छैन: परराष्ट्रमन्त्री महत

काठमाडौँ-परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गरेका छन्। 

‘लोकमानसिंह कार्कीबारे निर्णय गर्ने दिन आइसकेको छैन । निर्णय गर्ने दिनसम्म पार्टीले निर्णय दिन्छ,’ नुवाकोट–काठमाडौं पत्रकार समाजले राजधानीमा मंगलबार गरेको कार्यक्रममा महतले भने, ‘निर्णय गर्ने दिन नआइकन हामीले भने पनि निर्णय हुँदैन । जुनबेला निर्णय गर्ने दिनआउँछ त्यस दिन निर्णय गर्छौं ।’ यद्यपि उनले महाअभियाेगकाे पक्ष र विपक्ष केमा निर्णय गर्ने भन्ने बारेमा केही खुलाएनन्।

महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उनले तर्क गरे ।   महतले महाअभियोगको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने धारणासमेत राखे ।

“लोकतन्त्रमा सबैले विधिको शासनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ, त्यसका लागि सबै राजनीतिक दलले राजनीतिक सद्भाव र सहयोग गर्नुपर्छ, उनले भने।  
कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङ, , एमाले नेता एवं पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, सांसद एवं कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ, कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका सांसद जगदीश्वरनरसिंह केसीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित: ९ कार्तिक २०७३ ०६:४३ मंगलबार

लाेकमानका विषयमा निर्णय गर्ने अाएकाे छैन परराष्ट्रमन्त्री महत