अन्य

दसैंमा पन्छी ब्यापार (फोटो फिचर)

काठमाडौं- सामान्य समयमा भन्दा दसैंमा धेरै मासु खपत हुने गर्छ। विशेषगरी खसी, बोका र हिमाली च्याङग्राको मासु दसैंमा बढी प्रयोग गरिने भए पनि कुखुरा, हाँस, लौकाट जस्ता पन्छीको ब्यापार पनि यो समयमा बढ्ने गर्छ। नवरात्रीमा बोका, राँगा, भाले र हाँस बली दिने चलन पनि रहँदै आएको छ। यसले पनि पशुपन्छिको ब्यापार यो समयमा हुने गर्छ। अन्य समयमा भन्दा झण्डै ६ गुणाले दसैंमा मासुको ब्यापार हुने ब्यवासायीहरु बताउँछन्।

अरु बेला बचाएर भए पनि दसैंमा धेरै मासु खाने परम्परा अझै छ। दसैंमा च्याङग्रा नेपाली बजारबाट मात्र नभएर तिब्बतबाट समेत ल्याउने गरिन्छ भने भारतीय बजारबाट खसी बोका आउने गर्छन्।

अहिले सहरमा खसी बोकाको मात्र ब्यापार भइरहेको छैन। सडक छेउमा कुखुरा, हाँस र लौकाट विक्री गर्ने ब्यापारी र किन्नेहरुको पनि भिड छ। ब्यवसायीका अनुसार लोकल कुखुराको मासु ७ सय ५० रुपैयाँ किलो, लौकाट जोडीको २५ सय र हाँस जोडीको १८ सय सम्म पर्ने गर्छ।

तस्बिरहरु: प्रशान्त लामिछाने

 

दसैंमा पन्छी ब्यापार फोटो फिचर