अन्य

बाढी पहिरो प्रभावितलाई थप १५ हजार दिने सरकारको निर्णय

काठमाडौं–सरकारले बाढी पहिरो पीडित परिवारलाई दसैं खर्च स्वरुप १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न समयमा गएको बाढी पहिरो पीडितलाई दसैंमा नै थप १५ हजार रुपैयाँ दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

यसअघि पाढी पहिरो प्रभावितलाई दश हजार रुपैयाँ दिइसकिएको छ।  यसैगरी मन्त्रिपरिषद बैठकले दसैं तिहार जस्ता चाडबाडको समयमा वन फडानी तीव्र हुने गरेको भन्दै यसपटक दसैं तिहारको अवधिमा वन फडानी रोक्न ४ सय ५० वन रक्षकलाई परिचानल गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: २० आश्विन २०७३ ०७:३३ बिहीबार

बाढी पहिरो प्रभावितलाई १५ दिने सरकारको निर्णय