अन्य

भारतीय राजदूत कोरला नाकामा

कोरोला नाका नजिकको फोटो। तस्विरः टेकनारायण भट्टराई

मुस्ताङ—भारतीय राजदूत रणजित राय नेपाल र चीनको सीमा कोरला पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिएका छन्। भारतले नेपालमाथि नाकाबन्दी लाएपछि तत्कालीन केपी शर्मा ओली सरकारले सो नाका खोल्न कसरत गरेको थियो।

छ दिनसम्म मुस्ताङमा रहेर भारतीय राजदूतले नेपाल- चीन सीमाका विभिन्न गतिविधिबारे जानकारी लिएका थिए।

बसाइँका क्रममा उनले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्‌घाटन गरे। दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका उनले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्‌घाटन गरेका थिए।

कोरोला नाकास्थित नेपाल-चिन पिलर। तस्विरः टेकनारायण भट्टराई

यही असोज ८ मा उहाँले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे। स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताएका थिए।

मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ। असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङ्गेल गुम्बाको अवलोकनसमेत गरेका थिए।

सोही दिन राजदूत राय कोरला नाका पुगेका हुन्। नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला भारतीय राजदूतको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। लोमान्थाङ भ्रमणका क्रममा राजदूतसँगको टोलीको जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए। रासस

प्रकाशित: १२ आश्विन २०७३ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App