अन्य

पानीकाे निकास नहुँदा लहानमा डुबान

लहान–मंगलबार बिहानैदेखि परिरहेको वर्षाका कारण लहान बजार डुबान भएको छ। जिर्ण अवस्थामा पुगेका पानी निकासी नालाको पानीसमेत राजमार्गमा छताछुल्ल हुँदा बजार डुबानमा परेको हो। राजमार्ग, भित्री बजार र सरकारी अड्डामासमेत नाला र वर्षाको पानी पसेको छ। वर्षाको पानी जाम परेको नालाबाट निकासी नहुँदा रामार्ग पोखरी बनेको छ। राजमार्गमा तीन फिटसम्म जमेको पानी छेवैका पसल र घरमा पसेर डुबान भएको छ।
 ‘नालाको नियमित सफाई नहुँदा वर्षाको पानीसँगै मिसिएर नालाको फोहोर पसलमा पसेको छ,’ लहानका व्यपारी मनोज भगत भन्छन्,‘नागरपालिका सरसफाई कर मात्र लिन्छ सेवा दिँदैन।’ भित्री बजारमा वर्षौं पहिले निर्माण भएको सिंचाई नहर पछिल्लो समय फोहोर भन्डारण केन्द्र बनेको थियो।

वर्षा हुँदा नहरमा पानी भरिएर फोहोरसँगै छेउछाउका घरमा पसेको छ। ‘नागरवासी पानीको निकासले हैरान भइरहेपनि नगरपालिकाले आँखा बन्द गरेको छ,’ स्थानीय विष्णु पासवानले भने। राजमार्ग छेवैमा रहेको इलाका प्रहरी कार्यालय लहानभित्र पानी पसेर डुबान भएको छ । सडकमा जमेको पानी भित्र पस्दा सेवाग्राहीलाई आउजाउमा समस्या भएको छ ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App