अन्य

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्। 

बारपाकका भूकम्प प्रभावितको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले भने, ‘ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन मेरो तर्फबाट पुरै सहयोग र साथ रहनेछ।’ जिल्लाका सांसदसहित आएको टोलीले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिँदै ज्ञापनपत्र समेत पेश गरेको थियो।

 

प्रकाशित: १२ भाद्र २०७३ ०४:३९ आइतबार

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता