अन्य

शशांकको स्वास्थ्य परीक्षण गर्न भारतीय डाक्टर नेपालमा

काठमाडौं–अचानक विरामी भएपछि ओम अस्पतालमा उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइरालाको थप स्वास्थ्य परीक्षण गर्न भारतबाट डाक्टरको टोली आएको छ। अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स)का डक्टरको टोलीले शनिबार कोइरालाको स्वास्थ्य परीक्षण गरेको ओम अस्पतालका डाक्टर हरिकिशोर श्रेष्ठले जानकारी दिए। चार जनाको टोलीमा आएका उनीहरुको कोइरालको सम्पूर्ण स्वास्थ्य जाँच गरेका थिए। स्वास्थ्य परीक्षणपछि नेपाली डक्टरले गरेको उपचार पद्धटि सही रहेको भन्दै उपचारलाई केही दिन निरन्तरता दिन सुझाव दिएको डा. श्रेष्ठले जनाए।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोइरालाको स्वास्थ्यमा कक्रिम सुधार भइरहेको जनाए। उनका अनुसार खाना खाने थालेका छन् भने दोहोरो सम्बाद गर्न सक्ने भएका छन्। गत मंगलबार अचानक विरामी भएपछि महामन्त्री कोइरालाको ओम अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: २५ असार २०७३ ११:१४ शनिबार

शशांकको स्वास्थ्य परीक्षण गर्न भारतीय डाक्टर नेपालमा