अन्य

शशांकको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यस्थिति बुझ्न प्रधामन्त्री केपी ओली ओम अस्पताल पुगेका छन्। ओम अस्पताल पुगेका प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्य स्थिति बारे जानकारी दिएका थिए। राससका अनुसार  प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा संलग्न चिकित्सकसँग भेट गरी कोइरालाको स्वास्थ्यस्थिति बारे जानकारी दिएको थिए।

कोइरालाको स्वास्थ्य उपचारमा गम्भीर भइ लाग्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए।  उनको स्वास्थ्य स्थिति बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायतका नेता ओम अस्पताल पुगेका छन्। अकस्मात विरामी भएपछि कोइलालाई ओम अस्पताल भर्ना गरिएको छ। उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ। कोइरालाको अवस्था अचेत रहेको छ।
 
    

 

प्रकाशित: २२ असार २०७३ ०५:१६ बुधबार

शशांकको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा