अन्य

किताब माग्न ज्ञापन पत्र

बाजुरा- शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि बाजुरामा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तकबिनै अध्ययन गर्नु पर्ने समस्याले विद्यार्थीको पढ्न पाउने अधिकारको हनन भएको भन्दै किताबको माग राखेर शिक्षा कार्यालयमा नागरिक समाजले ज्ञापन पत्र बुझाएको छ।
नागरिक समाजले अपुग पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको हो । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक सत्रको तीन महिनासम्म पनि पाठ्यपुस्तक उपलब्ध नभएपछि थप जिम्मेवार बनाउन नागरिक समाजले तीन बुँदे मागसहित जिल्ला शिक्षा अधिकारी ी नगेन्द्रप्रसाद रेग्मी समक्ष ज्ञापन पत्र बुझाएको हो । विभिन्न सरोकारवाला पक्षसँग गरिएको छलफल, अन्तत्र्रिmया तथा रेडियो÷पत्रपत्रिकामा प्रकाशित÷प्रशारित समाचारमा पनि पाठ्यपुस्तक अभावको सवाल जोडदार उठेको र जिल्ला शिक्षा अधिकारी रेग्मीले नै पाठ्यपुस्तक अभाव रहेको स्वीकार गरिसकेको विषयलाई समाधान गर्न माग गरिएको छ ।
लक्ष्मी माध्यमिक विद्यालय मार्तडीका शिक्षक भानुभक्त जोशीले भने, ‘विद्यार्थीका हातमा पुस्तकै छैन, कसरी पढाउने ?’ उनले विद्यार्थीलाई पुस्तकबिनै तीन महिना कथा सुनाए जस्तै पाठ पढाएर सुनाएको बताए । सदरमुकाम मार्तडी भित्रकै विद्यालयमा पाठ्य पुस्तक नपुगेको विषय लाजमर्दो मात्र नभई राज्यका निकायले गर्ने कार्यशैलीको समग्र झल्को दिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।‘अहिलेसम्म विद्यार्थीले पुस्तकबिनै पढे,’ नागरिक समाजका संयोजक जुद्धबहादुर रावलले प्रतिप्रश्न गर्दै भने, ‘सदरमुकामकै विद्यार्थीको हातमा पुस्तक छैन भने दुर्गमका विद्यार्थीको हालत झन कस्तो होला ?’
    समाजले पाठ्यपुस्तक उपलब्ध नभएको विद्यालयको अनुगमन गरी तत्काल पूर्तिका लागि पहल गर्नुपर्ने, पाठ्य पुस्तक खरिद नगर्ने विद्यालय वा व्यक्तिमाथि छानबिन गरेर कारबाही गरिनु पर्ने र असार मसान्त भित्र सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराइ पढ्न पाउने अधिकारको ग्यारेन्टी गरिनु पर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो ।    फागुन महिना भित्रै विद्यालयको खातामा रकम दिएको शिक्षा कार्यालयले दाबी गरे पनि अधिकांश विद्यालयमा अझै पाठ्यपुस्तक पुगेकै छैन। जिल्ला शिक्षा अधिकारी रेग्मीले आफूले सबै विद्यार्थीका हात हातमा पुस्तक पु¥याउन सक्दो पहल गर्ने आश्वासन दिए।

 

प्रकाशित: २० असार २०७३ ०४:४० सोमबार

किताब माग्न ज्ञापन पत्र